चैत्र १७, २०८२ मंगलबार | ०१:५४:३३
चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट

भ्याली पब्लिक र एन्जल्स हार्ट च्याम्पियन

भ्याली पब्लिक ‘ए’

काठमाडौं । भ्याली पब्लिक ‘ए’ र आयोजक एन्जल्स हार्ट सातौं एन्जल्स हार्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको च्याम्पियन बनेका छन् ।

आइतबार सम्पन्न प्रतियोगितामा भ्याली पब्लिक ‘ए’ सिनियर गर्ल्स तथा एन्जल्स हार्ट जुनियर ब्वाइजमा पहिलो भए ।

मनमैजुस्थित आयोजक एन्जल्स हार्टको कोर्टमा भएको सिनियर गल्र्स फाइनलमा भ्याली पब्लिक ‘ए’ आफ्नै ‘बी’ टिमलाई २८-२० ले पराजित गर्यो । विजेताकी लोरिशा गौचनले नौ अंक जोडिन् । ग्रिनल्यान्ड तेश्रो भयो ।

जुनियर ब्वाइजको प्रतिस्पर्धात्मक फाइनलमा एन्जल्स हार्टले किङडम हिमालयलाई ३७-३१ ले हरायो । निर्धारित समयको खेल ३१-३१ को बराबरीमा सकिएको थियो । एन्जल्स हार्टका रुपेश पौडेलले १५ स्कोर गरे । ग्रिनफिल्डले तेस्रो स्थान हासिल गर्यो ।

 एन्जल्स हार्ट

जुनियर ब्वाइजमा एन्जल्स हार्टका रुपेश पौडेल तथा सिनियर गर्ल्समा भ्याली पब्लिक ‘ए’ की अनिता गुरुङ ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।

जुनियर ब्वाइजमा एन्जल्स हार्टका अदित पुन तथा सिनियर गर्ल्समा भ्याली पब्लिक ‘ए’ की लोरिशा गौचन उत्कृष्ट ‘थ्री प्वाइन्टर’ चुनिए । जुनियर ब्वाइजमा किङडमका जिग्मे लामा तथा सिनियर गर्ल्समा भ्याली पब्लिक ‘ए’ की दृष्य गुरुङ प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ता बने ।

साताव्यापी प्रतियोगितामा जुनियर ब्वाइजतर्फ १६ तथा सिनियर गर्ल्सतर्फ १३ टिमले  प्रतिस्पर्धा गरेका थिए ।

हिसान बास्केटबलमा टाइम आउट च्याम्पियन

टाइम आउट नेपाल प्रथम हिसान तारर्केश्वर एसइइ कप थ्री एक्स थ्री छात्र बास्केटबलमा आइतबार च्याम्पियन बनेको छ ।

एन्जल्स हार्टमै आइतबार भएको फाइनलमा टाइम आउटले श्री युवा क्लबलाई १९-१५ ले पराजित गर्यो ।

टाइम आउट

उपाधिसँगै टाइम आउटले १५ हजार तथा श्री युवा क्लबले १० हजार रुपैयाँ प्राप्त गरे । हिसान तार्केश्वर कमिटीद्वारा आयोजित दुई दिने प्रतियोगितामा ५० टिमले प्रतिस्पर्धा गरेका थिए ।

विजेतालाई तार्केश्वर नगरपालिकाकी उपमेयर श्रृजना बुर्लाकोटी अर्याल, एन्जल्स हार्ट एडुकेसन फाउन्डेसनका अध्यक्ष लीलबहादुर पुन, एन्जल्स हार्टका प्रिन्सिपल धनबहादुर पुनलगायतले  पुरस्कृत गरे ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो