मंसिर २२, २०८२ सोमबार | ०८:३३:०३
रियाल मड्रिड घरेलु मैदानमै पराजित जनकपुरविरुद्ध कर्णालीको रोमाञ्चक जित कर्णालीविरुद्ध कृष्णमूर्तीको अर्धशतक प्यारागन स्कुलमा खेलकुुद सप्ताह सुरु जनकपुरको खराब सुरुआत, अनिल र आसिफ दुबै ‘डक आउट’ जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य अन्नपूर्ण क्लबको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न इन्टर मियामीलाई पहिलो पटक एमएलएस कप अन्तिम समयमा सम्हालिन नक्सदा बराबरीमा रोकियो लिभरपुल बार्सिलोनाको जितमा फेरान टोरेसको ह्याट्रिक रियाल मड्रिड घरेलु मैदानमै पराजित जनकपुरविरुद्ध कर्णालीको रोमाञ्चक जित कर्णालीविरुद्ध कृष्णमूर्तीको अर्धशतक प्यारागन स्कुलमा खेलकुुद सप्ताह सुरु जनकपुरको खराब सुरुआत, अनिल र आसिफ दुबै ‘डक आउट’ जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य अन्नपूर्ण क्लबको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न इन्टर मियामीलाई पहिलो पटक एमएलएस कप अन्तिम समयमा सम्हालिन नक्सदा बराबरीमा रोकियो लिभरपुल बार्सिलोनाको जितमा फेरान टोरेसको ह्याट्रिक

प्रफुल, देवराज, प्रिन्स र क्षितिज सेमिफाइनलमा

काठमाडौं । ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलतर्फ नेपाली सेनाका प्रफुल महर्जन तथा एपिएफका देवराज राना, प्रिन्स दाहाल र क्षितिज खनाल सेमिफाइनलमा  प्रवेश गरेका छन् ।

प्रफुलले युनिटी ब्याडमिन्टन एकेडेमीका प्रियांशु क्षेत्रीलाई २१-७, २१-७ ले पराजित गरे । सेमिफाइनलमा प्रफुलले एपिएफका देवराज रानासँग प्रतिस्पर्धा गर्नेछन् । रानाले सेनाका सुप्रिम पन्तलाई २१-१८, २१-११ ले पराजित गरे ।

ललितपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा बालकुमारी रिमिक्स क्लबको सहआयोजनामा भएको प्रतियोगितामा एपिएफका प्रिन्स दाहालले सेनाका डेभिड थापा मगरलाई २१-१४, २१-९ ले पराजित गरे 

प्रिन्सले सेमिफाइनलमा एपिएफकै क्षितिज खनालको सामना गर्नेछन् । क्षितिजले सेनाकै सुविन श्रेष्ठलाई २१-१०, २१-४ ले निरास बनाए ।

ललितपुर महानगरपालिकाको मुख्य प्रायोजनमा भएको प्रतियोगिताको महिला एकलतर्फ सेनाका रसिला महर्जन, रिहाना शेरचन, शेष्ना श्रीपाली र अमिता गिरीले सेमिफाइनलको यात्रा तय गरे ।

रसिलाले एपिएफकी स्वर्लिन श्रेष्ठलाई २१-६, २१-९ ले पराजित गरिन् ।

रसिलाले फाइनल प्रवेशका लागि रिहाना शेरचनसंग प्रतिस्पर्धा गर्नेछिन् । रिहानाले पुलिसकी सुष्मा श्रेष्ठलाई २२-२०, १२-२१, २७-२५ ले  हराइन् ।

शेष्ना श्रीपालीले बालकुमारीकी श्रेया बज्राचार्यलाई २१-९, २१-१३ ले पराजित  गरिन् । उनले एमिफाइनलमा अमिता गिरीको सामना गर्नेछिन् । अमिताले आफ्नै क्लबकी विष्ण बिष्टलाई २१-१२, २१-७ ले निरास बनाइन् ।

यु-१७ पुरुष एकलतर्फ पुलिसका कविर के।सी।ले सेनाका सुदेश राजकोटीलाई २१-१०, २१-१५ र कठायत ब्याडमिन्टन एकेडेमीका अमन डंगोलले सेनाका सौर्य महर्जनललाई २१-१६, २१-१६ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाए ।

यसैगरी यही स्पर्धामा सेनाका सुविन श्रेष्ठ सितापाखा ब्याडमिन्टन क्लबका इमा तामाङलाई २१-१३, २१-१६ ले र कैलालीका शिशीर राना सेनाका दीप थिंग २१-१४, १५-२१, २१-१२ ले पराजित गर्दै अन्तिम-४ मा प्रवेश गरे ।

मास्टर्स ४५ प्लस युगलतर्फ कास्कीका प्रेमकुमार गुरुङ र राजेन्द्र वाग्ले, बालकुमारीका शान्ता डंगोल र कृष्ण श्रेष्ठ,  कास्कीका हिमाल गुरुङ र शम्भु श्रेष्ठ तथा स्पोर्टस हवका सनबहादुर साँवा र लाक्पा शेर्पाको जोडी सेमिफाइनलमा पुगे । 


भिडियो
APF VS NASRIN II MATCH PREVIEW II एपिएफले ‘कम्प्याक्ट’ फुटबल खेल्नुपर्छ II NABIN NEUPANE II SAFF
JAGAT TAMATA || दीपेन्द्र ‘गड गिफ्टेड’ खेलाडी हो । दीपेन्द्र जस्तो खेलाडी पाउनु नेपालको भाग्य हो ||
TRANSPORT UNITED विरुद्धको खेलअघि PAK CHAMPION KARACHI CITY का प्रशिक्षक र कप्तान SAFF CHAMPIONSHIP
TRANSPORT UNITED नेपालमा खेल्न मज्जा आउँछ, यहाँका समर्थक अमेजिङ छन् । TRANSPORT VS KARACHI CITY
SAFF CLUB CHAMPIONSHIP II APF VS NASRIN II के भन्छन् NASRIN का प्रशिक्षक र कप्तान ?
SAMBA, PREETI र GITA को अनुपस्थितीमा APF FC SAFF WOMENS CLUB CHAMPIONSHIP को उपाधि जित्न तयार छ
Drone View NPL Nepal Premier League Season -2 - Festival Of Himalayas