भैरहवा । सिद्धार्थ उद्योग वाणिज्य संघ रूपन्देहीका कृष्णप्रसाद घिमिरे र अशोक क्षेत्रीको जोडी डबल्स ब्याडमिन्टन प्रतियोगिताको च्याम्पियन बनेका छन् ।
आन्तरिक राजस्व कार्यालय भैरहवाद्धारा राष्ट्रिय कर सप्ताहको अवसरमा आयोजित प्रतियोगिताको फाइनलमा यो जोडीले राजस्व अनुसन्धान कार्यालय बुटवलका पोहल सिंह राना र तेजकुमार वलीको जोडीलाई २-० सेटले हरायो ।
कृष्ण र आशोकको जोडी २१-९, २१-२१ ले विजयी भयो । च्याम्पियनले ट्रफी, प्रमाण पत्र र १५ हजार रुपैयाँ प्राप्त गरे । उपविजेताले ट्रफी, प्रमाणपत्र र १० हजार रुपैयाँ पाए ।
त्यस्तै गरी आन्तरिक राजस्व कार्यालय भैरहवाका विकल्प भट्टराई तथा धनिश्वर अर्याल र भैरहवा भन्सार कार्यालयका मानबहादुर कुमाल र सन्तोष खड्काको जोडीले तेस्रो स्थान हासिल गरे ।
तेस्रो हुनेले ट्रफी, प्रमाणपत्र र ५ हजार रुपैयाँ हात पारे ।
विजेलाई कर सप्ताह समापन समारोहका दिन प्रमुख अतिथि रूपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे, आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख अधिकृत प्रेमराज पोख्रेललगायतले पुरस्कार वितरण गरे ।
दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा विभिन्न सरकारी एवं सरोकारवाला निकाय गरि १६ टिमको सहभागिता थियो ।