काठमाडौं। नेपाली ब्याडमिन्टन स्टार प्रिन्स दाहालले पेरिस ओलम्पिकको समूह चरणमा साविक विजेता डेनिस खेलाडी भिक्टर एक्सलसनविरुद्ध खेल्ने भएका छन्।
वर्ल्ड ब्याडमिन्टन फेडेरेसन(बिडब्लुएफ)ले शुक्रबार सार्वजनिक गरेको ‘ड्र’ अनुसार समूह ‘पी’ मा प्रिन्स र एक्सलसेनसँगै आयरल्याण्डका नियात न्युयेन तथा इजरायलका मिशा जिबेरमान छन्।
पेरिस ओलम्पिकमा पुरुष सिंग्लतर्फ ४१ खेलाडीले सहभागिता जनाउँदै छन्। उनीहरूलाई १३ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहका शीर्ष खेलाडीले क्वार्टरफाइनलमा स्थान बनाउने छन्।
१९ वर्षीया प्रिन्स ओलम्पिक खेल्ने पहिलो नेपाली ब्याडमिन्टन खेलाडी बन्दै छन्। उनले युनिभर्सालिटी कोटाबाट पेरिस ओलम्पिक खेल्ने अवसर पाएका हुन्।
जुनियरमा विश्व नम्बर १ भएका उनी विश्व ब्याडमिन्टन महासंघको वरीयतामा अहिले १७२औं स्थानमा छन्।
भिडियो
अस्ट्रेलियामा राष्ट्रिय खेलाडीले हप्तामा ५० घण्टा फार्ममा काम गर्छन, अनि १५ मिनेट फुटबल खेल्छन्
आफ्नो खेलमा धेरै निखार आएको महसुस गरेको छुः पूर्णिमा राई
सिनियर टोलीमा अटाउन डबल मिहिनेत चाहिन्छः मीना देउवा
साथीहरुसँग फेरि सँगै खेल्न पाउँदा खुसीको सीमा छैनः हिराकुमारी भुजेल
अन्तिम टोली छनोट गर्न 'टफ' छ मलाई ll HEAD COACH ll NATIONAL WOMEN'S FOOTBALL TEAM ll NABIN NEUPANE
राष्ट्रिय महिला टोलीले सकायो पहिलो चरणको प्रशिक्षण ll NEPAL NATIONAL WOMEN'S FOOTBALL TEAM TRAINING
ANFA का पूर्व अध्यक्ष GANESH THAPA VIETNAM बाट फर्किएकोराष्ट्रिय टोलीको स्वागत गर्न पुगे विमानस्थल