काठमाडौं। नेपाली ब्याडमिन्टन स्टार प्रिन्स दाहालले पेरिस ओलम्पिकको समूह चरणमा साविक विजेता डेनिस खेलाडी भिक्टर एक्सलसनविरुद्ध खेल्ने भएका छन्।
वर्ल्ड ब्याडमिन्टन फेडेरेसन(बिडब्लुएफ)ले शुक्रबार सार्वजनिक गरेको ‘ड्र’ अनुसार समूह ‘पी’ मा प्रिन्स र एक्सलसेनसँगै आयरल्याण्डका नियात न्युयेन तथा इजरायलका मिशा जिबेरमान छन्।
पेरिस ओलम्पिकमा पुरुष सिंग्लतर्फ ४१ खेलाडीले सहभागिता जनाउँदै छन्। उनीहरूलाई १३ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहका शीर्ष खेलाडीले क्वार्टरफाइनलमा स्थान बनाउने छन्।
१९ वर्षीया प्रिन्स ओलम्पिक खेल्ने पहिलो नेपाली ब्याडमिन्टन खेलाडी बन्दै छन्। उनले युनिभर्सालिटी कोटाबाट पेरिस ओलम्पिक खेल्ने अवसर पाएका हुन्।
जुनियरमा विश्व नम्बर १ भएका उनी विश्व ब्याडमिन्टन महासंघको वरीयतामा अहिले १७२औं स्थानमा छन्।
भिडियो
ICC T-20 WORLDCUP II विश्वकपको माहोलमा मुम्बई बन्यो नेपालमय II NEPAL VS WEST INDIES
इङल्यान्डपछि इटालीसँगको प्रदर्शन स्वीकार्न गाह्रो हुन्छ । तर विश्व क्रिकेटमा नोटिस हुन थालेका छौं ।
ANFA WOMEN'S CHAPMPIONSHIP-2082 || Gaighat FC Vs New Road Team (NRT)
पारस खड्का भन्छन्ः टियुमा जस्तै फिलिङ वाङ्खडेमा पाएका छौं । नेपालमै खेल भएजस्तो लागिरहेछ ।
मरिन ड्राइभमा गुञ्जियो नेपाल ! नेपाल ! NEPAL VS ITALY II ICC T 20 WORLD CUP II TEAM NEPAL
मुम्बईबाट सुदूरपश्चिमेली समर्थकको नेपाली टिमलाई सन्देशः खेल्नु पडो, लड्नु पडो, जित्नु पडो, जय नेपाल
अछामबाट ICC T-20 WCUP का खेल हेर्न मुम्बई पुगेका समर्थक भन्छन्ः नेपाली क्रिकेटको मायाले डोर्यायो ।
