कार्तिक २, २०८२ आइतबार | ०८:०७:१३
आर्सनलको जितमा ट्रोसार्डको निर्णायक गोल रोमाञ्चक जित निकाल्दै शीर्ष स्थानमा उक्लियो बार्सिलोना चेल्सीको सहज जित विश्वकप लिग-२ का लागि नेपाली टोली घोषणा एन्फालाई फेरि एएफसीको जरीवाना एन्फाले किन पिट्दै छ राष्ट्रिय लिगको डङ्का ? विश्वकप पुगेबाट गुलजार नेपाली क्रिकेट एसिया कपमा नेपालको फेरि निराशा फिफा विश्वकपमा आइसल्यान्डदेखि केप भर्डेसम्म फुटबलका फर्गुसनको आत्मकथाभित्रका नालीबेली आर्सनलको जितमा ट्रोसार्डको निर्णायक गोल रोमाञ्चक जित निकाल्दै शीर्ष स्थानमा उक्लियो बार्सिलोना चेल्सीको सहज जित विश्वकप लिग-२ का लागि नेपाली टोली घोषणा एन्फालाई फेरि एएफसीको जरीवाना एन्फाले किन पिट्दै छ राष्ट्रिय लिगको डङ्का ? विश्वकप पुगेबाट गुलजार नेपाली क्रिकेट एसिया कपमा नेपालको फेरि निराशा फिफा विश्वकपमा आइसल्यान्डदेखि केप भर्डेसम्म फुटबलका फर्गुसनको आत्मकथाभित्रका नालीबेली

ब्याडमिन्टनमा बागमती उत्कृष्ट

पोखरा । बागमती प्रदेशले प्रथम यु-१५ विद्यालय खेलकुदको ब्याडमिन्टनमा बिहीबार सर्वाधिक २ स्वर्ण र ३ कांस्य पदक जित्दै टिम च्याम्पियन बनेको छ ।

 दोश्रो स्थानको लुम्बिनीले २ स्वर्ण तथा तेश्रो भएको गण्डकीले १ स्वर्ण, ३ रजत र २ कांस्य पदक जिते । कोशी र कर्णाली पदकविहीन रहे ।

ब्याडमिन्टनमा सात प्रदेशबाट ५६ खेलाडीले विभिन्न ५ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । पाँचै स्पर्धाको फाइनल बिहीबार भएको थियो ।

पोखरा रंगशालास्थित ब्याडमिन्टन कभर्डहलमा भएको ब्वाइज फाइनलमा लुम्बिनीका सुविन श्रेष्ठले गण्डकीका सफल भुजेललाई २१-१७, २१-११ को सोझो सेटमा पराजित गरे । 

सो स्पर्धाको गर्ल्सको उपाधि भिडन्तमा बागमतीकी रिहाना शेरचनले कोशीकी निभा राईलाई २१-१०,२१-१९ ले हराइन् ।

 ब्वाइज डबल्समा लुम्बिनीका सुविनले सुदेश राजकोटीसंग मिलेर अर्को स्वर्ण पदक जिते । उक्त जोडीले फाइनलमा गण्डकीका सफल र गेजराजर कार्कीको जोडीमाथि १९-२१, २१-१६,२१-१३ को कठिन जित दर्ता गरे । 

सोही स्पर्धाको गर्ल्समा रिहानले पनि टीशारानी शाक्यसंग मिलेर दोहोरो स्वर्ण जित्न सफल  भइन् । उक्त जोडीले फाइनलमा गण्डकीका दिलाशा राणा र समृद्धि श्रेष्ठको जोडीलाई २१-१, २१-१६ ले हराए ।

मिक्स डबल्समा गण्डकीका सफल भुजेल र दिलाशा राणाको जोडी च्याम्पियन बने । सफल र दिलाशाको जोडीले फाइनलमा कोशीका सदिप राई र निभा राईको जोडीलाई २१-१५,२१-१२ को सोझो पराजित गरे ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, प्रदेश खेलकुद विकास परिषद्, बागमतीका सदस्यसचिव सूर्यलाल भण्डारी, राखेपका सदस्य अञ्जन धमलालगायतले पुरस्कृत गरे ।


भिडियो
अस्ट्रेलियामा राष्ट्रिय खेलाडीले हप्तामा ५० घण्टा फार्ममा काम गर्छन, अनि १५ मिनेट फुटबल खेल्छन्
आफ्नो खेलमा धेरै निखार आएको महसुस गरेको छुः पूर्णिमा राई
सिनियर टोलीमा अटाउन डबल मिहिनेत चाहिन्छः मीना देउवा
साथीहरुसँग फेरि सँगै खेल्न पाउँदा खुसीको सीमा छैनः हिराकुमारी भुजेल
अन्तिम टोली छनोट गर्न 'टफ' छ मलाई ll HEAD COACH ll NATIONAL WOMEN'S FOOTBALL TEAM ll NABIN NEUPANE
राष्ट्रिय महिला टोलीले सकायो पहिलो चरणको प्रशिक्षण ll NEPAL NATIONAL WOMEN'S FOOTBALL TEAM TRAINING
ANFA का पूर्व अध्यक्ष GANESH THAPA VIETNAM बाट फर्किएकोराष्ट्रिय टोलीको स्वागत गर्न पुगे विमानस्थल