फाल्गुन ४, २०८२ सोमबार | ०५:३०:१७
आरएस पोखराविरुद्ध रश्मी एक्लैको ११ गोल, एपिएफ सेमिफाइनलमा जावलाखेल आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा नेपाललाई हराउँदै वेस्ट इण्डिज सुपर ८ मा नेपाल युएईसँग पराजित दीपेन्द्रको अर्धशतकमा नेपालको सम्मानजनक योगफल नेपालले टस हार्यो युएईबाट नेपालले पायो १९० रनको लक्ष्य पुलिस सेमिफाइनलमा, क्वार्टरफाइनलमा संकटाको प्रतिद्धन्द्धी चर्च ब्वाइज पुलिसलाई हराउँदै आयोजक सहारा सेमिफाइनलमा आर्मीमाथि फराकिलो जित हासिल गर्दै मछिन्द्र झापा गोल्डकपको फाइनलमा आरएस पोखराविरुद्ध रश्मी एक्लैको ११ गोल, एपिएफ सेमिफाइनलमा जावलाखेल आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा नेपाललाई हराउँदै वेस्ट इण्डिज सुपर ८ मा नेपाल युएईसँग पराजित दीपेन्द्रको अर्धशतकमा नेपालको सम्मानजनक योगफल नेपालले टस हार्यो युएईबाट नेपालले पायो १९० रनको लक्ष्य पुलिस सेमिफाइनलमा, क्वार्टरफाइनलमा संकटाको प्रतिद्धन्द्धी चर्च ब्वाइज पुलिसलाई हराउँदै आयोजक सहारा सेमिफाइनलमा आर्मीमाथि फराकिलो जित हासिल गर्दै मछिन्द्र झापा गोल्डकपको फाइनलमा

ब्याडमिन्टनमा बागमती उत्कृष्ट

पोखरा । बागमती प्रदेशले प्रथम यु-१५ विद्यालय खेलकुदको ब्याडमिन्टनमा बिहीबार सर्वाधिक २ स्वर्ण र ३ कांस्य पदक जित्दै टिम च्याम्पियन बनेको छ ।

 दोश्रो स्थानको लुम्बिनीले २ स्वर्ण तथा तेश्रो भएको गण्डकीले १ स्वर्ण, ३ रजत र २ कांस्य पदक जिते । कोशी र कर्णाली पदकविहीन रहे ।

ब्याडमिन्टनमा सात प्रदेशबाट ५६ खेलाडीले विभिन्न ५ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । पाँचै स्पर्धाको फाइनल बिहीबार भएको थियो ।

पोखरा रंगशालास्थित ब्याडमिन्टन कभर्डहलमा भएको ब्वाइज फाइनलमा लुम्बिनीका सुविन श्रेष्ठले गण्डकीका सफल भुजेललाई २१-१७, २१-११ को सोझो सेटमा पराजित गरे । 

सो स्पर्धाको गर्ल्सको उपाधि भिडन्तमा बागमतीकी रिहाना शेरचनले कोशीकी निभा राईलाई २१-१०,२१-१९ ले हराइन् ।

 ब्वाइज डबल्समा लुम्बिनीका सुविनले सुदेश राजकोटीसंग मिलेर अर्को स्वर्ण पदक जिते । उक्त जोडीले फाइनलमा गण्डकीका सफल र गेजराजर कार्कीको जोडीमाथि १९-२१, २१-१६,२१-१३ को कठिन जित दर्ता गरे । 

सोही स्पर्धाको गर्ल्समा रिहानले पनि टीशारानी शाक्यसंग मिलेर दोहोरो स्वर्ण जित्न सफल  भइन् । उक्त जोडीले फाइनलमा गण्डकीका दिलाशा राणा र समृद्धि श्रेष्ठको जोडीलाई २१-१, २१-१६ ले हराए ।

मिक्स डबल्समा गण्डकीका सफल भुजेल र दिलाशा राणाको जोडी च्याम्पियन बने । सफल र दिलाशाको जोडीले फाइनलमा कोशीका सदिप राई र निभा राईको जोडीलाई २१-१५,२१-१२ को सोझो पराजित गरे ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, प्रदेश खेलकुद विकास परिषद्, बागमतीका सदस्यसचिव सूर्यलाल भण्डारी, राखेपका सदस्य अञ्जन धमलालगायतले पुरस्कृत गरे ।


भिडियो
ICC T-20 WORLDCUP II विश्वकपको माहोलमा मुम्बई बन्यो नेपालमय II NEPAL VS WEST INDIES
इङल्यान्डपछि इटालीसँगको प्रदर्शन स्वीकार्न गाह्रो हुन्छ । तर विश्व क्रिकेटमा नोटिस हुन थालेका छौं ।
ANFA WOMEN'S CHAPMPIONSHIP-2082 || Gaighat FC Vs New Road Team (NRT)
पारस खड्का भन्छन्ः टियुमा जस्तै फिलिङ वाङ्खडेमा पाएका छौं । नेपालमै खेल भएजस्तो लागिरहेछ ।
मरिन ड्राइभमा गुञ्जियो नेपाल ! नेपाल ! NEPAL VS ITALY II ICC T 20 WORLD CUP II TEAM NEPAL
मुम्बईबाट सुदूरपश्चिमेली समर्थकको नेपाली टिमलाई सन्देशः खेल्नु पडो, लड्नु पडो, जित्नु पडो, जय नेपाल
अछामबाट ICC T-20 WCUP का खेल हेर्न मुम्बई पुगेका समर्थक भन्छन्ः नेपाली क्रिकेटको मायाले डोर्यायो ।