फाल्गुन ४, २०८२ सोमबार | ०५:३०:१५
आरएस पोखराविरुद्ध रश्मी एक्लैको ११ गोल, एपिएफ सेमिफाइनलमा जावलाखेल आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा नेपाललाई हराउँदै वेस्ट इण्डिज सुपर ८ मा नेपाल युएईसँग पराजित दीपेन्द्रको अर्धशतकमा नेपालको सम्मानजनक योगफल नेपालले टस हार्यो युएईबाट नेपालले पायो १९० रनको लक्ष्य पुलिस सेमिफाइनलमा, क्वार्टरफाइनलमा संकटाको प्रतिद्धन्द्धी चर्च ब्वाइज पुलिसलाई हराउँदै आयोजक सहारा सेमिफाइनलमा आर्मीमाथि फराकिलो जित हासिल गर्दै मछिन्द्र झापा गोल्डकपको फाइनलमा आरएस पोखराविरुद्ध रश्मी एक्लैको ११ गोल, एपिएफ सेमिफाइनलमा जावलाखेल आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा नेपाललाई हराउँदै वेस्ट इण्डिज सुपर ८ मा नेपाल युएईसँग पराजित दीपेन्द्रको अर्धशतकमा नेपालको सम्मानजनक योगफल नेपालले टस हार्यो युएईबाट नेपालले पायो १९० रनको लक्ष्य पुलिस सेमिफाइनलमा, क्वार्टरफाइनलमा संकटाको प्रतिद्धन्द्धी चर्च ब्वाइज पुलिसलाई हराउँदै आयोजक सहारा सेमिफाइनलमा आर्मीमाथि फराकिलो जित हासिल गर्दै मछिन्द्र झापा गोल्डकपको फाइनलमा

पविन र निश्चल च्याम्पियन

काठमाडौं । नेपाली सेनाका पविन लिङ्गथेप र भोजपुरका निश्चल खत्रीको जोडी सातौं मेयरकप खुल्ला ब्याडमिन्टन प्रतियोगिताको च्याम्पियन बनेका छन् ।

भोजपुरमा भएको पुरुष युगल फाइनल खेलमा पविन र निश्चलको जोडीले नेपाली सेनाका नरेन्द्र बम र हिमाल चन्दको जोडीलाई २१-१८, २०-२२, २१-११ ले परातिज गर्याे । 

विजेताले ५० हजार र उपविजेताले २५ हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।

यस्तै तेस्रो स्थानमा रहने एपिएफका भोजबहादुर गुरुङ र भोजपुरका लाक्पा शेर्पा तथा संखुवासभाका सुनिल कार्की र भोजपुरका महेश खड्काको जोडीले नगद १२र१२ हजारका साथ मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।

मिक्स युगल खुल्लातर्फ पूर्वनम्बर एक भोजपुरकी नङ्गशल तामाङ र एपिएफका भोजबहादुर गुरुङको जोडीले उपाधि जिते । उक्त जोडीले संखुवासभाका सुनिल कार्की र इलामकी निसम सुब्बालाई २१-१७, २१-११ ले हराए ।

उदयपुरका बिनय चौधरी र फिदिमकी छाया केरुङ्ग तथा सेनाका नरेन्द्र बम र रिहाना शेरचनको जोडी संयुक्तरुपमा तेस्रो भए ।

विजेताले ५० हजार, उपविजेताले २० हजार र तेस्रो हुनेले १० हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।

प्रतियोगिताको यु-१५ गर्ल्सतर्फ सेनाकी रिहाना शेरचन आफ्नै क्लबकी सम्बृद्धि श्रेष्ठलाई २१-१६, २१-५ ले पराजित गर्दै च्याम्पियन बनिन्। तेस्रो स्थानमा बेलटार ब्याडमिन्टन एकेडेमीकी दिया राई र भोजपुरकी नदिरा तामाङ रहे ।

यस्तै ब्वाइजतर्फ सेनाका सुविन श्रेष्ठले आफ्नै क्लबका सुदेश राजकोटीलाई पराजित गर्दै उपाधि जिते । सुविनले सुदेशमाथि २१-१०, २१-१७ को जित निकालेका हुन् । एनटिएससीका सुजल चौधरी र भोजपुरका सदीप राई संयुक्त तेस्रो भए ।

सुविन श्रेष्ठ

यु-१५ तर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमश १५ हजार, १० हजार र ५ हजार रुपैयाँ सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।

९० वर्षमाथिको मास्टर्स युगलतर्फ भोजपुरका राम राई र दानबहादुर तामाङको जोडीले उपाधि हात पारे । उक्त जोडीले सुनसरी ब्याडमिन्टन एकेडेमीका भजनलाल चौधरी र सावन चौधरीको जोडीलाई २१-१८, २१-१९ ले पराजित गरे ।

तेस्रो स्थानमा एनटिएससीका सन्तोष कटुवाल र सुनिल परियारको जोडी तथा भोजपुरका जीवन बोगटी र एलबिएका राजेन्द्र महर्जन रहे ।

यो स्पर्धाको विजेताले ३० हजार,उपविजेताले  २० हजार र तेस्रो हुनेले १० हजार रुपैयाँ सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।

यस्तै पुरुष युगल ‘बी’ तर्फ दमक एनबिएका जुनुन राई र प्रकाश राइको जोडीले पाँचथरका कुशल बस्नेत र दर्पण केरुङ्गको जोडीलाई २१-१८, २१-१७ ले पराजित गरे ।

विजयी खेलाडीलाई नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ, महासचिव वीरेन्द्र श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितामा  १४५ खेलाडीको सहभागिता थियो ।

 


भिडियो
ICC T-20 WORLDCUP II विश्वकपको माहोलमा मुम्बई बन्यो नेपालमय II NEPAL VS WEST INDIES
इङल्यान्डपछि इटालीसँगको प्रदर्शन स्वीकार्न गाह्रो हुन्छ । तर विश्व क्रिकेटमा नोटिस हुन थालेका छौं ।
ANFA WOMEN'S CHAPMPIONSHIP-2082 || Gaighat FC Vs New Road Team (NRT)
पारस खड्का भन्छन्ः टियुमा जस्तै फिलिङ वाङ्खडेमा पाएका छौं । नेपालमै खेल भएजस्तो लागिरहेछ ।
मरिन ड्राइभमा गुञ्जियो नेपाल ! नेपाल ! NEPAL VS ITALY II ICC T 20 WORLD CUP II TEAM NEPAL
मुम्बईबाट सुदूरपश्चिमेली समर्थकको नेपाली टिमलाई सन्देशः खेल्नु पडो, लड्नु पडो, जित्नु पडो, जय नेपाल
अछामबाट ICC T-20 WCUP का खेल हेर्न मुम्बई पुगेका समर्थक भन्छन्ः नेपाली क्रिकेटको मायाले डोर्यायो ।