कार्तिक २, २०८२ आइतबार | ०८:०४:४५
आर्सनलको जितमा ट्रोसार्डको निर्णायक गोल रोमाञ्चक जित निकाल्दै शीर्ष स्थानमा उक्लियो बार्सिलोना चेल्सीको सहज जित विश्वकप लिग-२ का लागि नेपाली टोली घोषणा एन्फालाई फेरि एएफसीको जरीवाना एन्फाले किन पिट्दै छ राष्ट्रिय लिगको डङ्का ? विश्वकप पुगेबाट गुलजार नेपाली क्रिकेट एसिया कपमा नेपालको फेरि निराशा फिफा विश्वकपमा आइसल्यान्डदेखि केप भर्डेसम्म फुटबलका फर्गुसनको आत्मकथाभित्रका नालीबेली आर्सनलको जितमा ट्रोसार्डको निर्णायक गोल रोमाञ्चक जित निकाल्दै शीर्ष स्थानमा उक्लियो बार्सिलोना चेल्सीको सहज जित विश्वकप लिग-२ का लागि नेपाली टोली घोषणा एन्फालाई फेरि एएफसीको जरीवाना एन्फाले किन पिट्दै छ राष्ट्रिय लिगको डङ्का ? विश्वकप पुगेबाट गुलजार नेपाली क्रिकेट एसिया कपमा नेपालको फेरि निराशा फिफा विश्वकपमा आइसल्यान्डदेखि केप भर्डेसम्म फुटबलका फर्गुसनको आत्मकथाभित्रका नालीबेली

पविन र निश्चल च्याम्पियन

काठमाडौं । नेपाली सेनाका पविन लिङ्गथेप र भोजपुरका निश्चल खत्रीको जोडी सातौं मेयरकप खुल्ला ब्याडमिन्टन प्रतियोगिताको च्याम्पियन बनेका छन् ।

भोजपुरमा भएको पुरुष युगल फाइनल खेलमा पविन र निश्चलको जोडीले नेपाली सेनाका नरेन्द्र बम र हिमाल चन्दको जोडीलाई २१-१८, २०-२२, २१-११ ले परातिज गर्याे । 

विजेताले ५० हजार र उपविजेताले २५ हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।

यस्तै तेस्रो स्थानमा रहने एपिएफका भोजबहादुर गुरुङ र भोजपुरका लाक्पा शेर्पा तथा संखुवासभाका सुनिल कार्की र भोजपुरका महेश खड्काको जोडीले नगद १२र१२ हजारका साथ मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।

मिक्स युगल खुल्लातर्फ पूर्वनम्बर एक भोजपुरकी नङ्गशल तामाङ र एपिएफका भोजबहादुर गुरुङको जोडीले उपाधि जिते । उक्त जोडीले संखुवासभाका सुनिल कार्की र इलामकी निसम सुब्बालाई २१-१७, २१-११ ले हराए ।

उदयपुरका बिनय चौधरी र फिदिमकी छाया केरुङ्ग तथा सेनाका नरेन्द्र बम र रिहाना शेरचनको जोडी संयुक्तरुपमा तेस्रो भए ।

विजेताले ५० हजार, उपविजेताले २० हजार र तेस्रो हुनेले १० हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।

प्रतियोगिताको यु-१५ गर्ल्सतर्फ सेनाकी रिहाना शेरचन आफ्नै क्लबकी सम्बृद्धि श्रेष्ठलाई २१-१६, २१-५ ले पराजित गर्दै च्याम्पियन बनिन्। तेस्रो स्थानमा बेलटार ब्याडमिन्टन एकेडेमीकी दिया राई र भोजपुरकी नदिरा तामाङ रहे ।

यस्तै ब्वाइजतर्फ सेनाका सुविन श्रेष्ठले आफ्नै क्लबका सुदेश राजकोटीलाई पराजित गर्दै उपाधि जिते । सुविनले सुदेशमाथि २१-१०, २१-१७ को जित निकालेका हुन् । एनटिएससीका सुजल चौधरी र भोजपुरका सदीप राई संयुक्त तेस्रो भए ।

सुविन श्रेष्ठ

यु-१५ तर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमश १५ हजार, १० हजार र ५ हजार रुपैयाँ सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।

९० वर्षमाथिको मास्टर्स युगलतर्फ भोजपुरका राम राई र दानबहादुर तामाङको जोडीले उपाधि हात पारे । उक्त जोडीले सुनसरी ब्याडमिन्टन एकेडेमीका भजनलाल चौधरी र सावन चौधरीको जोडीलाई २१-१८, २१-१९ ले पराजित गरे ।

तेस्रो स्थानमा एनटिएससीका सन्तोष कटुवाल र सुनिल परियारको जोडी तथा भोजपुरका जीवन बोगटी र एलबिएका राजेन्द्र महर्जन रहे ।

यो स्पर्धाको विजेताले ३० हजार,उपविजेताले  २० हजार र तेस्रो हुनेले १० हजार रुपैयाँ सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।

यस्तै पुरुष युगल ‘बी’ तर्फ दमक एनबिएका जुनुन राई र प्रकाश राइको जोडीले पाँचथरका कुशल बस्नेत र दर्पण केरुङ्गको जोडीलाई २१-१८, २१-१७ ले पराजित गरे ।

विजयी खेलाडीलाई नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ, महासचिव वीरेन्द्र श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितामा  १४५ खेलाडीको सहभागिता थियो ।

 


भिडियो
अस्ट्रेलियामा राष्ट्रिय खेलाडीले हप्तामा ५० घण्टा फार्ममा काम गर्छन, अनि १५ मिनेट फुटबल खेल्छन्
आफ्नो खेलमा धेरै निखार आएको महसुस गरेको छुः पूर्णिमा राई
सिनियर टोलीमा अटाउन डबल मिहिनेत चाहिन्छः मीना देउवा
साथीहरुसँग फेरि सँगै खेल्न पाउँदा खुसीको सीमा छैनः हिराकुमारी भुजेल
अन्तिम टोली छनोट गर्न 'टफ' छ मलाई ll HEAD COACH ll NATIONAL WOMEN'S FOOTBALL TEAM ll NABIN NEUPANE
राष्ट्रिय महिला टोलीले सकायो पहिलो चरणको प्रशिक्षण ll NEPAL NATIONAL WOMEN'S FOOTBALL TEAM TRAINING
ANFA का पूर्व अध्यक्ष GANESH THAPA VIETNAM बाट फर्किएकोराष्ट्रिय टोलीको स्वागत गर्न पुगे विमानस्थल