काठमाडौं । ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले पेरिस ओलम्पिक २०२४ मा सहभागिता जनाउने भएका छन् ।
यससँगै १९ वर्षीय प्रिन्स ब्याडमिन्टनबाट ओलम्पिक खेल्ने पहिलो नेपाली खेलाडी बन्ने भएका छन्। विश्व ब्याडमिन्टन महासंघ (बिडब्लुएफ) ले शनिबार जारी गरेको विज्ञप्ति अनुसार प्रिन्सले युनिभर्सालिटी कोटाबाट ओलम्पिक खेल्ने पक्का भएको हो ।
प्रिन्ससँगै ब्याडमिन्टनको यस कोटामा पुरुषतर्फ सुरीनामका सोरेन ओप्ती र महिलातर्फ माल्दिभ्सकी अब्दुल रजाक फथिमाथले खेल्नेछन् ।
नेपाल ब्याडमिन्टन संघले ब्याडमिन्टन महासंघबाट प्रिन्सले ओलम्पिय खेल्न पाउने जानकारी प्राप्त भएको बताएको छ ।
अब ब्याडमिन्टन संघ, नेपाल ओलम्पिक कमिटि र वल्ड महासंघबीच कागजी प्रकृया पुरा भएपछि औपचारिक घोषणा गरिने बताइएको छ ।
भिडियो
ICC T-20 WORLDCUP II विश्वकपको माहोलमा मुम्बई बन्यो नेपालमय II NEPAL VS WEST INDIES
इङल्यान्डपछि इटालीसँगको प्रदर्शन स्वीकार्न गाह्रो हुन्छ । तर विश्व क्रिकेटमा नोटिस हुन थालेका छौं ।
ANFA WOMEN'S CHAPMPIONSHIP-2082 || Gaighat FC Vs New Road Team (NRT)
पारस खड्का भन्छन्ः टियुमा जस्तै फिलिङ वाङ्खडेमा पाएका छौं । नेपालमै खेल भएजस्तो लागिरहेछ ।
मरिन ड्राइभमा गुञ्जियो नेपाल ! नेपाल ! NEPAL VS ITALY II ICC T 20 WORLD CUP II TEAM NEPAL
मुम्बईबाट सुदूरपश्चिमेली समर्थकको नेपाली टिमलाई सन्देशः खेल्नु पडो, लड्नु पडो, जित्नु पडो, जय नेपाल
अछामबाट ICC T-20 WCUP का खेल हेर्न मुम्बई पुगेका समर्थक भन्छन्ः नेपाली क्रिकेटको मायाले डोर्यायो ।
