मंसिर २२, २०८२ सोमबार | ०८:३४:१०
रियाल मड्रिड घरेलु मैदानमै पराजित जनकपुरविरुद्ध कर्णालीको रोमाञ्चक जित कर्णालीविरुद्ध कृष्णमूर्तीको अर्धशतक प्यारागन स्कुलमा खेलकुुद सप्ताह सुरु जनकपुरको खराब सुरुआत, अनिल र आसिफ दुबै ‘डक आउट’ जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य अन्नपूर्ण क्लबको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न इन्टर मियामीलाई पहिलो पटक एमएलएस कप अन्तिम समयमा सम्हालिन नक्सदा बराबरीमा रोकियो लिभरपुल बार्सिलोनाको जितमा फेरान टोरेसको ह्याट्रिक रियाल मड्रिड घरेलु मैदानमै पराजित जनकपुरविरुद्ध कर्णालीको रोमाञ्चक जित कर्णालीविरुद्ध कृष्णमूर्तीको अर्धशतक प्यारागन स्कुलमा खेलकुुद सप्ताह सुरु जनकपुरको खराब सुरुआत, अनिल र आसिफ दुबै ‘डक आउट’ जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य अन्नपूर्ण क्लबको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न इन्टर मियामीलाई पहिलो पटक एमएलएस कप अन्तिम समयमा सम्हालिन नक्सदा बराबरीमा रोकियो लिभरपुल बार्सिलोनाको जितमा फेरान टोरेसको ह्याट्रिक

एलेस र विक्की क्वार्टरफाइनलमा

भक्तपुर । मध्यपुर ठिमी नगरपालिका वडा नं. ८ का एलेस चक्रधर र ४ का विक्की श्रेष्ठ भक्तपुरमा जारी दोश्रो भक्तपुर जिल्ला अन्तर वडा ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलतर्फ क्वार्टरफाइनल प्रवेश गरेका छन् ।

अन्तराष्ट्रिय ब्याडमिन्टन बिकास केन्द्र, लोकन्थलीद्वारा आयोजित प्रतियोगितामा एलेसले मध्यपुर १ का हरि खड्कालाई २१-१३, १६-२१, २१-१६ र विक्कीले मध्यपुर ५ का अंकित श्रेष्ठलाई २१-९, २१-१५ ले पराजित गरे ।

पुरुष एकलतर्फ नै क्वार्टरफाइनल प्रवेश गर्ने क्रममा सूर्यविनायक ५ का सरोज खड्काले मध्यपुर ८ का अष्टमान चक्रधरलाई २१-७, २१-१० हराउँदा मध्यपुर ७ का दशरथ बुढा, ३ का स्वर्णिम गिरी र ४ का संयोज बस्नेतले वाकओभर पाए ।

यसैगरी ब्वाईज यु-१५ एकलतर्फ भमध्यपुर ८ का सुगम कार्कीले ३ का अनिश बस्याललाई २१-११, २१-८ ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाए ।

पुरुष युगलतर्फ मध्यपुर ठिमी ७ का भिमराज कार्की र साजन न्यौपानेको जोडीले सूर्यविनायक ८ का राजेश खाइतु र शक्ति श्रेष्ठको जोडीलाई २१-१६, २१-१२, सूर्यविनायक ३ का आशिष निरौला र अशिष निरौलाको जोडीले मध्यपुर २ का कृष्ण थापा मगर र राजु श्रेष्ठको जोडीलाई १७-२१, २१-१७, २१-१४ ले हराउँदै क्वार्टरफाइनल यात्रा तय गरे ।

यसैगरी सूर्यविनायक ४ का नवराज सापकोटा र प्रेम तामांङको जोडी मध्यपुर ठिमी ५ का दीपक श्रेष्ठ र रमेश श्रेष्ठको जोडीलाई २१-७, २१-२ ले पराजित गर्दै क्वाटरफाईन पुग्यो ।

यसैगरि मास्टर्स युगल ४५ वर्ष माथिमा सूर्यविनायक ८ का डेन लामा र राकेश थापा मगरको जोडी, मध्यपुर १ का दीपक खनाल र मनिष पराजुली, सूर्यविनायक ४ का केशव कार्की र भजेश खड्का, मध्यपुर १ का मोहन कबे र श्याम बहादुर थकुला, मध्यपुरकै प्रेमभक्त जैना र सुरेश कुमारथा श्रेष्ठ,  सूर्यविनायक ४ का उमेश कार्की र उमेश खड्काको जोडी, ८ का दीपक बस्नेत र राजेश धिमसुको जोडी, मध्यपुर ८ का हरि धेके र पूर्णहरि होनाको जोडी क्वाटरफाईनलमा प्रवेश गरेका छन् । 


भिडियो
APF VS NASRIN II MATCH PREVIEW II एपिएफले ‘कम्प्याक्ट’ फुटबल खेल्नुपर्छ II NABIN NEUPANE II SAFF
JAGAT TAMATA || दीपेन्द्र ‘गड गिफ्टेड’ खेलाडी हो । दीपेन्द्र जस्तो खेलाडी पाउनु नेपालको भाग्य हो ||
TRANSPORT UNITED विरुद्धको खेलअघि PAK CHAMPION KARACHI CITY का प्रशिक्षक र कप्तान SAFF CHAMPIONSHIP
TRANSPORT UNITED नेपालमा खेल्न मज्जा आउँछ, यहाँका समर्थक अमेजिङ छन् । TRANSPORT VS KARACHI CITY
SAFF CLUB CHAMPIONSHIP II APF VS NASRIN II के भन्छन् NASRIN का प्रशिक्षक र कप्तान ?
SAMBA, PREETI र GITA को अनुपस्थितीमा APF FC SAFF WOMENS CLUB CHAMPIONSHIP को उपाधि जित्न तयार छ
Drone View NPL Nepal Premier League Season -2 - Festival Of Himalayas