फाल्गुन ४, २०८२ सोमबार | ०५:३४:०५
आरएस पोखराविरुद्ध रश्मी एक्लैको ११ गोल, एपिएफ सेमिफाइनलमा जावलाखेल आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा नेपाललाई हराउँदै वेस्ट इण्डिज सुपर ८ मा नेपाल युएईसँग पराजित दीपेन्द्रको अर्धशतकमा नेपालको सम्मानजनक योगफल नेपालले टस हार्यो युएईबाट नेपालले पायो १९० रनको लक्ष्य पुलिस सेमिफाइनलमा, क्वार्टरफाइनलमा संकटाको प्रतिद्धन्द्धी चर्च ब्वाइज पुलिसलाई हराउँदै आयोजक सहारा सेमिफाइनलमा आर्मीमाथि फराकिलो जित हासिल गर्दै मछिन्द्र झापा गोल्डकपको फाइनलमा आरएस पोखराविरुद्ध रश्मी एक्लैको ११ गोल, एपिएफ सेमिफाइनलमा जावलाखेल आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा नेपाललाई हराउँदै वेस्ट इण्डिज सुपर ८ मा नेपाल युएईसँग पराजित दीपेन्द्रको अर्धशतकमा नेपालको सम्मानजनक योगफल नेपालले टस हार्यो युएईबाट नेपालले पायो १९० रनको लक्ष्य पुलिस सेमिफाइनलमा, क्वार्टरफाइनलमा संकटाको प्रतिद्धन्द्धी चर्च ब्वाइज पुलिसलाई हराउँदै आयोजक सहारा सेमिफाइनलमा आर्मीमाथि फराकिलो जित हासिल गर्दै मछिन्द्र झापा गोल्डकपको फाइनलमा

राष्ट्रिय ब्याटमिन्टनः उपाधिका लागि प्रिन्स र प्रफुल भिड्ने

प्रिन्स दाहाल

काठमाडौं । एपिएफका प्रिन्स दाहाल र ललितपुरका प्रफुल महर्जन लि-निङ १३औं पुष्पलाल स्मृती राष्ट्रिय र्याङ्किङ ब्याडमिन्टन प्रतियोगिताको उपाधीका लागि भिड्ने भएका छन् ।

पुष्पलाल स्मृतीको अघिल्लो संस्करणमा प्रफुललाई हराएका प्रिन्स तेश्रो प्रधानमन्त्री कपमा प्रफुलसँग पराजित भएका थिए । त्यसयता ललितपुर जिल्ला ब्याडमिन्टन संघले आयोजना गरेको दोश्रो मेयर कप र स्पोर्टस हबद्वारा आयोजना गरिएको प्रथम प्रकास दाहाल स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा प्रफुललाई पराजित गर्दै प्रिन्सले उपाधी जितेका थिए ।

शुक्रबार भएको शीर्ष आठ पुरुष एकलतर्फ प्रिन्सले एपिएफकै देवराज रानालाई २१-७, २-१२ ले पराजित गर्दै फाइनलमा प्रफुलसँगको भेट पक्का गरे । प्रफुलले नेपाल पुलिस क्लबका सुनिल जोशीलाई २१-१४, २१-१३ ले पराजित गर्दै फाइनल यात्रा तय गरे ।

नेकपा एमालेको भातृसंस्था नेपाल खेलकुद महासंघ अन्तरगतको राष्ट्रिय ब्याडमिन्टन संघ, नेपालको आयोजनामा भएको प्रतियोगिताको महिला एकलको प्रतिस्पर्धामा ललितपुरकी रसिला महर्जनले नेपाल पुलिस क्लबकी निता लम्साललाई  २१-१६, २१-१६ ले पराजित गर्दै फाइनलमा स्थान बनाइन् ।

 रसिला महर्जन

रसिलाले उपाधीका लागि भोजपुरकी नङ्गशल तामाङको सामना गर्ने छिन् । नङ्गशलले पछिल्ला दुई संस्करणकी विजेता आर्मीकी अनुमाया राईलाई २१-१४, २४-२२ ले निरास बनाउँदै फाइनल यात्रा तय गरिन्  ।

यसैगरी मास्टर्स ४५ वर्ष माथिको युगल प्रतिस्पर्धामा रिभाईभका सुक्र पाख्रिन र भिम बहादुर थापा तथा पिस फिटनेश सेन्टरका संजय कपाली र अनिल थामसुहाङ्गको जोडी उपाधीका लागि भिड्ने भएका छन् ।

सुक्र र भिमको जोडीले ललितपुरका मधु गुरुङ र प्रकास राईको जोडीलाई १०-२१, २१-१६, २१-१८ ले तथा संजय र अनिलको जोडीले पाँचथरका दीपक आङ्गदम्बे र कुश्माका प्रेम गुरुङ्गको जोडीलाई २२-२०, २१-८ ले पराजित गरे ।

मास्टर्स ५५ वर्ष माथिको प्रतिस्पर्धामा पिस फिटनेश सेन्टरका गणेश राई र कर्णबहादुर शाहीको जोडीले फिटनेश पार्कका पुर्ण जोशी र उमेश केसीको जोडीलाई २१-१९, २६-२४ ले पराजित गर्दै उपाधीका लागि गुल्मीका राम गुरुङ र खगेन्द्र रेग्मीको जोडीसँगको भेट पक्का गरेका छन् ।

राम र खगेन्द्रको जोडीले ललितपुरका दिल कन्दङ्गवा र एपिएफका प्रेम श्रेष्ठको जोडीलाई २०-२२, २१-१८, २१-७ ले निरास बनाउँदै फाइनलमा स्थान सुरिक्ष गरे । 
 


भिडियो
ICC T-20 WORLDCUP II विश्वकपको माहोलमा मुम्बई बन्यो नेपालमय II NEPAL VS WEST INDIES
इङल्यान्डपछि इटालीसँगको प्रदर्शन स्वीकार्न गाह्रो हुन्छ । तर विश्व क्रिकेटमा नोटिस हुन थालेका छौं ।
ANFA WOMEN'S CHAPMPIONSHIP-2082 || Gaighat FC Vs New Road Team (NRT)
पारस खड्का भन्छन्ः टियुमा जस्तै फिलिङ वाङ्खडेमा पाएका छौं । नेपालमै खेल भएजस्तो लागिरहेछ ।
मरिन ड्राइभमा गुञ्जियो नेपाल ! नेपाल ! NEPAL VS ITALY II ICC T 20 WORLD CUP II TEAM NEPAL
मुम्बईबाट सुदूरपश्चिमेली समर्थकको नेपाली टिमलाई सन्देशः खेल्नु पडो, लड्नु पडो, जित्नु पडो, जय नेपाल
अछामबाट ICC T-20 WCUP का खेल हेर्न मुम्बई पुगेका समर्थक भन्छन्ः नेपाली क्रिकेटको मायाले डोर्यायो ।