कार्तिक २, २०८२ आइतबार | ०७:५८:५८
आर्सनलको जितमा ट्रोसार्डको निर्णायक गोल रोमाञ्चक जित निकाल्दै शीर्ष स्थानमा उक्लियो बार्सिलोना चेल्सीको सहज जित विश्वकप लिग-२ का लागि नेपाली टोली घोषणा एन्फालाई फेरि एएफसीको जरीवाना एन्फाले किन पिट्दै छ राष्ट्रिय लिगको डङ्का ? विश्वकप पुगेबाट गुलजार नेपाली क्रिकेट एसिया कपमा नेपालको फेरि निराशा फिफा विश्वकपमा आइसल्यान्डदेखि केप भर्डेसम्म फुटबलका फर्गुसनको आत्मकथाभित्रका नालीबेली आर्सनलको जितमा ट्रोसार्डको निर्णायक गोल रोमाञ्चक जित निकाल्दै शीर्ष स्थानमा उक्लियो बार्सिलोना चेल्सीको सहज जित विश्वकप लिग-२ का लागि नेपाली टोली घोषणा एन्फालाई फेरि एएफसीको जरीवाना एन्फाले किन पिट्दै छ राष्ट्रिय लिगको डङ्का ? विश्वकप पुगेबाट गुलजार नेपाली क्रिकेट एसिया कपमा नेपालको फेरि निराशा फिफा विश्वकपमा आइसल्यान्डदेखि केप भर्डेसम्म फुटबलका फर्गुसनको आत्मकथाभित्रका नालीबेली

राष्ट्रिय ब्याटमिन्टनः उपाधिका लागि प्रिन्स र प्रफुल भिड्ने

प्रिन्स दाहाल

काठमाडौं । एपिएफका प्रिन्स दाहाल र ललितपुरका प्रफुल महर्जन लि-निङ १३औं पुष्पलाल स्मृती राष्ट्रिय र्याङ्किङ ब्याडमिन्टन प्रतियोगिताको उपाधीका लागि भिड्ने भएका छन् ।

पुष्पलाल स्मृतीको अघिल्लो संस्करणमा प्रफुललाई हराएका प्रिन्स तेश्रो प्रधानमन्त्री कपमा प्रफुलसँग पराजित भएका थिए । त्यसयता ललितपुर जिल्ला ब्याडमिन्टन संघले आयोजना गरेको दोश्रो मेयर कप र स्पोर्टस हबद्वारा आयोजना गरिएको प्रथम प्रकास दाहाल स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा प्रफुललाई पराजित गर्दै प्रिन्सले उपाधी जितेका थिए ।

शुक्रबार भएको शीर्ष आठ पुरुष एकलतर्फ प्रिन्सले एपिएफकै देवराज रानालाई २१-७, २-१२ ले पराजित गर्दै फाइनलमा प्रफुलसँगको भेट पक्का गरे । प्रफुलले नेपाल पुलिस क्लबका सुनिल जोशीलाई २१-१४, २१-१३ ले पराजित गर्दै फाइनल यात्रा तय गरे ।

नेकपा एमालेको भातृसंस्था नेपाल खेलकुद महासंघ अन्तरगतको राष्ट्रिय ब्याडमिन्टन संघ, नेपालको आयोजनामा भएको प्रतियोगिताको महिला एकलको प्रतिस्पर्धामा ललितपुरकी रसिला महर्जनले नेपाल पुलिस क्लबकी निता लम्साललाई  २१-१६, २१-१६ ले पराजित गर्दै फाइनलमा स्थान बनाइन् ।

 रसिला महर्जन

रसिलाले उपाधीका लागि भोजपुरकी नङ्गशल तामाङको सामना गर्ने छिन् । नङ्गशलले पछिल्ला दुई संस्करणकी विजेता आर्मीकी अनुमाया राईलाई २१-१४, २४-२२ ले निरास बनाउँदै फाइनल यात्रा तय गरिन्  ।

यसैगरी मास्टर्स ४५ वर्ष माथिको युगल प्रतिस्पर्धामा रिभाईभका सुक्र पाख्रिन र भिम बहादुर थापा तथा पिस फिटनेश सेन्टरका संजय कपाली र अनिल थामसुहाङ्गको जोडी उपाधीका लागि भिड्ने भएका छन् ।

सुक्र र भिमको जोडीले ललितपुरका मधु गुरुङ र प्रकास राईको जोडीलाई १०-२१, २१-१६, २१-१८ ले तथा संजय र अनिलको जोडीले पाँचथरका दीपक आङ्गदम्बे र कुश्माका प्रेम गुरुङ्गको जोडीलाई २२-२०, २१-८ ले पराजित गरे ।

मास्टर्स ५५ वर्ष माथिको प्रतिस्पर्धामा पिस फिटनेश सेन्टरका गणेश राई र कर्णबहादुर शाहीको जोडीले फिटनेश पार्कका पुर्ण जोशी र उमेश केसीको जोडीलाई २१-१९, २६-२४ ले पराजित गर्दै उपाधीका लागि गुल्मीका राम गुरुङ र खगेन्द्र रेग्मीको जोडीसँगको भेट पक्का गरेका छन् ।

राम र खगेन्द्रको जोडीले ललितपुरका दिल कन्दङ्गवा र एपिएफका प्रेम श्रेष्ठको जोडीलाई २०-२२, २१-१८, २१-७ ले निरास बनाउँदै फाइनलमा स्थान सुरिक्ष गरे । 
 


भिडियो
अस्ट्रेलियामा राष्ट्रिय खेलाडीले हप्तामा ५० घण्टा फार्ममा काम गर्छन, अनि १५ मिनेट फुटबल खेल्छन्
आफ्नो खेलमा धेरै निखार आएको महसुस गरेको छुः पूर्णिमा राई
सिनियर टोलीमा अटाउन डबल मिहिनेत चाहिन्छः मीना देउवा
साथीहरुसँग फेरि सँगै खेल्न पाउँदा खुसीको सीमा छैनः हिराकुमारी भुजेल
अन्तिम टोली छनोट गर्न 'टफ' छ मलाई ll HEAD COACH ll NATIONAL WOMEN'S FOOTBALL TEAM ll NABIN NEUPANE
राष्ट्रिय महिला टोलीले सकायो पहिलो चरणको प्रशिक्षण ll NEPAL NATIONAL WOMEN'S FOOTBALL TEAM TRAINING
ANFA का पूर्व अध्यक्ष GANESH THAPA VIETNAM बाट फर्किएकोराष्ट्रिय टोलीको स्वागत गर्न पुगे विमानस्थल