फाल्गुन ४, २०८२ सोमबार | ०५:३१:१३
आरएस पोखराविरुद्ध रश्मी एक्लैको ११ गोल, एपिएफ सेमिफाइनलमा जावलाखेल आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा नेपाललाई हराउँदै वेस्ट इण्डिज सुपर ८ मा नेपाल युएईसँग पराजित दीपेन्द्रको अर्धशतकमा नेपालको सम्मानजनक योगफल नेपालले टस हार्यो युएईबाट नेपालले पायो १९० रनको लक्ष्य पुलिस सेमिफाइनलमा, क्वार्टरफाइनलमा संकटाको प्रतिद्धन्द्धी चर्च ब्वाइज पुलिसलाई हराउँदै आयोजक सहारा सेमिफाइनलमा आर्मीमाथि फराकिलो जित हासिल गर्दै मछिन्द्र झापा गोल्डकपको फाइनलमा आरएस पोखराविरुद्ध रश्मी एक्लैको ११ गोल, एपिएफ सेमिफाइनलमा जावलाखेल आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा नेपाललाई हराउँदै वेस्ट इण्डिज सुपर ८ मा नेपाल युएईसँग पराजित दीपेन्द्रको अर्धशतकमा नेपालको सम्मानजनक योगफल नेपालले टस हार्यो युएईबाट नेपालले पायो १९० रनको लक्ष्य पुलिस सेमिफाइनलमा, क्वार्टरफाइनलमा संकटाको प्रतिद्धन्द्धी चर्च ब्वाइज पुलिसलाई हराउँदै आयोजक सहारा सेमिफाइनलमा आर्मीमाथि फराकिलो जित हासिल गर्दै मछिन्द्र झापा गोल्डकपको फाइनलमा

राष्ट्रिय ब्याडमिन्टनः पविन र क्षितिज सेमिफाइनलमा

पविन लिङ्गथेप

काठमाडौं । त्रिभुवन आर्मी क्लबका पविन लिङ्गथेप र एपिएफका क्षितिज खनाल १३औं पुष्पलाल स्मृति राष्ट्रिय र्याङ्किङ ब्याडमिन्टन प्रतियोगिताको शीर्ष 
आठ बाहेकको पुरुष एकलमा  सेमिफाइनल प्रवेश गरेका छन् ।

नेकपा एमाको भातृ संगठन नेपाल खेलकुद महासंघ अन्तरगतको राष्ट्रिय ब्याडमिन्टन संघ, नेपालको आयोजनामा भएको प्रतियोगिताको बिहीबार सम्पन्न क्वार्टरफाइनलमा पविनले पाँचथरका दिवस शंकरलाई २१-१९, २१-१७ ले तथा क्षितिजले एपिएफकै अरुण अधिकारीलाई २१-१०, २१-१० ले पराजित गरे ।

यस्तै एपिएफका रोशन साउद र नखिपोटका विवेक चौधरीले पनि सेमिफाइनलमा स्थान बनाए । रोशनले एपिएफकै सुजन थापालाई २१-१४, २१-१४ र विवेकले एपिएफका भोज बहादुर गुरुङलाई ७-२१, २१-१९, २२-२० ले पराजित गरेका हुन् ।

चन्द्रागिरीस्थित महांकाल ब्याडमिन्टन क्लबको कभर्डहलमा भएको प्रतियोगिताको शीर्ष आठ बाहेकको महिला एकलतर्फ नेपाल पुलिसकी सुष्मा श्रेष्ठ, कास्कीकी दिलाशा राई, पोखरा स्पोर्टस ब्याडमिन्टन क्लबकी आयुष्मा नेपाल र बेलटार ब्याडमिन्टन एकेडेमीकी राजी राईले सेमिफाइनलान स्थान पक्का गरे ।

रोशन साउद

सुष्माले आर्मीकी विष्णा विष्टलाई २१-१७, १८-२१, २१-१७, दिलाशाले कैलालीकी एलिना सुनारलाई २१-१९, २४-२२, आयुष्माले ललितपुरकी श्रेया बज्राचार्यलाई १४-२१, २१-१०, २१-१८ र राजीले आर्मीकी शेष्ना श्रीपालीलाई २१-१६, १२-२१, २१-१५ ले पराजित गरे ।

यु-१३ गर्ल्सतर्फ ध्यपुरकी स्वर्लिन श्रेष्ठ, दीपक ब्याडमिन्टन एकेडेमीकी उपासना बोहरा, बेलटार एकेडेमीकी दिया राइ र दीपक ब्याडमिन्टन एकेडेमीकी अश्मिता खत्री  सेमिफाइनल पुगेका छन् ।

यस्तै यु-१७ ब्वाइजतर्फ एपिएफका अरुण अधिकारी, आर्मीका सुप्रिम पन्त र रिभाईभका किरण न्यौपाने सेमिफाइनल पुगे ।

मास्टर्स ४५ प्लसमा रिभाईभ लिजर पार्कका सुक्र पाख्रिन र भिम बहादुर थापा, ललितपुरका मधु गुरुङ र प्रकास राई, पाँचथरका दीपक आङ्गदम्बे र कुस्माका प्रेम गुरुङ  तथा पर्फेक्ट फिटनेश सेन्टरका संजय कपाली र अनिल थामसुहाङ्गको जोडीले पनि सेमिफायनलमा स्थान बनाए ।

खेलाडीको बिमा
राष्ट्रिय ब्याडमिन्टन संघ, नेपालले पहिलो पटक खेलाडीहरुका लागि बिमाको ब्यवस्था गरेको छ ।

प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेका खेलाडीहरुका लागि ५ लाख बराबरको दुर्घटना बिमा गरेको संघका सचिव पुर्णभक्त चित्रकारले जानकारी गराएका छन् ।

चित्रकारका अनुसार प्रतियोगिताका दौरान हुने दुर्घटनालाई मध्यनजार राख्दै खेलाडीहरुको दुर्घटना भएको खण्डमा उपचारका लागि खेलाडीहरुले उक्त बिमा उपयोगमा ल्याउन सक्ने छन् । प्रतियोगितामा कुल २७४ खेलाडीको सहभागिता रहेको छ ।
 


भिडियो
ICC T-20 WORLDCUP II विश्वकपको माहोलमा मुम्बई बन्यो नेपालमय II NEPAL VS WEST INDIES
इङल्यान्डपछि इटालीसँगको प्रदर्शन स्वीकार्न गाह्रो हुन्छ । तर विश्व क्रिकेटमा नोटिस हुन थालेका छौं ।
ANFA WOMEN'S CHAPMPIONSHIP-2082 || Gaighat FC Vs New Road Team (NRT)
पारस खड्का भन्छन्ः टियुमा जस्तै फिलिङ वाङ्खडेमा पाएका छौं । नेपालमै खेल भएजस्तो लागिरहेछ ।
मरिन ड्राइभमा गुञ्जियो नेपाल ! नेपाल ! NEPAL VS ITALY II ICC T 20 WORLD CUP II TEAM NEPAL
मुम्बईबाट सुदूरपश्चिमेली समर्थकको नेपाली टिमलाई सन्देशः खेल्नु पडो, लड्नु पडो, जित्नु पडो, जय नेपाल
अछामबाट ICC T-20 WCUP का खेल हेर्न मुम्बई पुगेका समर्थक भन्छन्ः नेपाली क्रिकेटको मायाले डोर्यायो ।