भाद्र १५, २०८२ सोमबार | ०६:१४:२२
नेपाल ‘ए’ अभ्यास ट्वान्टी-२० खेलमा आसामसँग पराजित ‘ए’ डिभिजन लिग पुस ९ गतेदेखि होम एण्ड अवे प्रणालीमा सञ्चालन गर्ने एन्फाको प्रस्ताव एपिएफको फराकिलो हार भुटानसँग बराबरीमा रोकियो नेपाल मधेश युनाइटेडका विदेशी खेलाडी नेपाल आइपुगे नेपाल-बंगलादेश रग्बी सिरिज भदौ अन्तिम साता हुने भुटानविरुद्ध दिक्षालाई पहिलो पटक मौका सेन्ट जेभियर्सलाई फुटसल उपाधि यु-१६ फुटबल लिगः हिमालयन शेर्पाको कठिन जित ‘लोगो दुरुपयोग नगर्न’ एनओसी तदर्थ समिति संयोजक प्रधानलाई ओसिएको चेतावनी नेपाल ‘ए’ अभ्यास ट्वान्टी-२० खेलमा आसामसँग पराजित ‘ए’ डिभिजन लिग पुस ९ गतेदेखि होम एण्ड अवे प्रणालीमा सञ्चालन गर्ने एन्फाको प्रस्ताव एपिएफको फराकिलो हार भुटानसँग बराबरीमा रोकियो नेपाल मधेश युनाइटेडका विदेशी खेलाडी नेपाल आइपुगे नेपाल-बंगलादेश रग्बी सिरिज भदौ अन्तिम साता हुने भुटानविरुद्ध दिक्षालाई पहिलो पटक मौका सेन्ट जेभियर्सलाई फुटसल उपाधि यु-१६ फुटबल लिगः हिमालयन शेर्पाको कठिन जित ‘लोगो दुरुपयोग नगर्न’ एनओसी तदर्थ समिति संयोजक प्रधानलाई ओसिएको चेतावनी

राष्ट्रिय ब्याडमिन्टनः पविन र क्षितिज सेमिफाइनलमा

पविन लिङ्गथेप

काठमाडौं । त्रिभुवन आर्मी क्लबका पविन लिङ्गथेप र एपिएफका क्षितिज खनाल १३औं पुष्पलाल स्मृति राष्ट्रिय र्याङ्किङ ब्याडमिन्टन प्रतियोगिताको शीर्ष 
आठ बाहेकको पुरुष एकलमा  सेमिफाइनल प्रवेश गरेका छन् ।

नेकपा एमाको भातृ संगठन नेपाल खेलकुद महासंघ अन्तरगतको राष्ट्रिय ब्याडमिन्टन संघ, नेपालको आयोजनामा भएको प्रतियोगिताको बिहीबार सम्पन्न क्वार्टरफाइनलमा पविनले पाँचथरका दिवस शंकरलाई २१-१९, २१-१७ ले तथा क्षितिजले एपिएफकै अरुण अधिकारीलाई २१-१०, २१-१० ले पराजित गरे ।

यस्तै एपिएफका रोशन साउद र नखिपोटका विवेक चौधरीले पनि सेमिफाइनलमा स्थान बनाए । रोशनले एपिएफकै सुजन थापालाई २१-१४, २१-१४ र विवेकले एपिएफका भोज बहादुर गुरुङलाई ७-२१, २१-१९, २२-२० ले पराजित गरेका हुन् ।

चन्द्रागिरीस्थित महांकाल ब्याडमिन्टन क्लबको कभर्डहलमा भएको प्रतियोगिताको शीर्ष आठ बाहेकको महिला एकलतर्फ नेपाल पुलिसकी सुष्मा श्रेष्ठ, कास्कीकी दिलाशा राई, पोखरा स्पोर्टस ब्याडमिन्टन क्लबकी आयुष्मा नेपाल र बेलटार ब्याडमिन्टन एकेडेमीकी राजी राईले सेमिफाइनलान स्थान पक्का गरे ।

रोशन साउद

सुष्माले आर्मीकी विष्णा विष्टलाई २१-१७, १८-२१, २१-१७, दिलाशाले कैलालीकी एलिना सुनारलाई २१-१९, २४-२२, आयुष्माले ललितपुरकी श्रेया बज्राचार्यलाई १४-२१, २१-१०, २१-१८ र राजीले आर्मीकी शेष्ना श्रीपालीलाई २१-१६, १२-२१, २१-१५ ले पराजित गरे ।

यु-१३ गर्ल्सतर्फ ध्यपुरकी स्वर्लिन श्रेष्ठ, दीपक ब्याडमिन्टन एकेडेमीकी उपासना बोहरा, बेलटार एकेडेमीकी दिया राइ र दीपक ब्याडमिन्टन एकेडेमीकी अश्मिता खत्री  सेमिफाइनल पुगेका छन् ।

यस्तै यु-१७ ब्वाइजतर्फ एपिएफका अरुण अधिकारी, आर्मीका सुप्रिम पन्त र रिभाईभका किरण न्यौपाने सेमिफाइनल पुगे ।

मास्टर्स ४५ प्लसमा रिभाईभ लिजर पार्कका सुक्र पाख्रिन र भिम बहादुर थापा, ललितपुरका मधु गुरुङ र प्रकास राई, पाँचथरका दीपक आङ्गदम्बे र कुस्माका प्रेम गुरुङ  तथा पर्फेक्ट फिटनेश सेन्टरका संजय कपाली र अनिल थामसुहाङ्गको जोडीले पनि सेमिफायनलमा स्थान बनाए ।

खेलाडीको बिमा
राष्ट्रिय ब्याडमिन्टन संघ, नेपालले पहिलो पटक खेलाडीहरुका लागि बिमाको ब्यवस्था गरेको छ ।

प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेका खेलाडीहरुका लागि ५ लाख बराबरको दुर्घटना बिमा गरेको संघका सचिव पुर्णभक्त चित्रकारले जानकारी गराएका छन् ।

चित्रकारका अनुसार प्रतियोगिताका दौरान हुने दुर्घटनालाई मध्यनजार राख्दै खेलाडीहरुको दुर्घटना भएको खण्डमा उपचारका लागि खेलाडीहरुले उक्त बिमा उपयोगमा ल्याउन सक्ने छन् । प्रतियोगितामा कुल २७४ खेलाडीको सहभागिता रहेको छ ।
 


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II PRAGATI NATH II MARQUEE PLAYER , POKHARA NINJAS II EWVL
MADHESH UNITED को तयारी तिब्र गतिमा II TRAINING VIDEO
नेपाली खेलाडिले बिदेशीबाट धेरै सिक्ने छन् ll Head Coach ll Kopila Upreti ll Madesh United
POKHARA NINJAS का RUPESH BISTA भन्छन्ः भलिबलले सन्तुष्टि दिन्छ । नेपाली भलिबल छोडेर कहीँ कतै जान्न
POKHARAमा खेल्न जान पाउँदा धेरै EXCITED छौ ll Marquee ll Niruta Thagunna ll Madhesh United
घरेलु कोर्ट मा खेल्न पाउँदा उत्साहित छौ ll Pragati Nath।।Marquee ll Pokhara Ninjas
टोलीमा तालमेल मिलिरहेको छ ll RUPESH BISTA ll Head Coach ll Pokhara Ninjas