कार्तिक २, २०८२ आइतबार | ०८:०९:४७
आर्सनलको जितमा ट्रोसार्डको निर्णायक गोल रोमाञ्चक जित निकाल्दै शीर्ष स्थानमा उक्लियो बार्सिलोना चेल्सीको सहज जित विश्वकप लिग-२ का लागि नेपाली टोली घोषणा एन्फालाई फेरि एएफसीको जरीवाना एन्फाले किन पिट्दै छ राष्ट्रिय लिगको डङ्का ? विश्वकप पुगेबाट गुलजार नेपाली क्रिकेट एसिया कपमा नेपालको फेरि निराशा फिफा विश्वकपमा आइसल्यान्डदेखि केप भर्डेसम्म फुटबलका फर्गुसनको आत्मकथाभित्रका नालीबेली आर्सनलको जितमा ट्रोसार्डको निर्णायक गोल रोमाञ्चक जित निकाल्दै शीर्ष स्थानमा उक्लियो बार्सिलोना चेल्सीको सहज जित विश्वकप लिग-२ का लागि नेपाली टोली घोषणा एन्फालाई फेरि एएफसीको जरीवाना एन्फाले किन पिट्दै छ राष्ट्रिय लिगको डङ्का ? विश्वकप पुगेबाट गुलजार नेपाली क्रिकेट एसिया कपमा नेपालको फेरि निराशा फिफा विश्वकपमा आइसल्यान्डदेखि केप भर्डेसम्म फुटबलका फर्गुसनको आत्मकथाभित्रका नालीबेली

राष्ट्रिय ब्याडमिन्टनः शीर्ष आठतर्फ सेमिफाइनल समिकरण पूरा

प्रिन्स दाहाल

काठमाडौं ।  लि-निङ १३ औं पुष्पलाल स्मृती राष्ट्रिय र्याङ्किङ ब्याडमिन्टन प्रतियोगिताको शीर्ष आठ  वरियतातर्फ सेमिफाइनल समिकरण पूरा भएको छ ।

पुरुष एकलतर्फ समूह ‘ए’ बाट एपिएफका प्रिन्स दाहाल र नेपाल पुलिसका सुनिल जोशी तथा समूह ‘बी’ बाट ललितपुरका प्रफुल महर्जन र एपिएफका देवराज रानाले सेमिफाइलनमा स्थान बनाए ।

यसैगरी महिलातर्फ समूह ‘ए’ बाट ललितपुरकी रशिला महर्जन र आर्मीकी अनुमाया राई तथा समूह ‘बी’ बाट भोजपुरकी नङ्गशल तामाङ र नेपाल पुलिसकी निता लम्साल सेमिफाइनल प्रवेश गरे ।

नेकपा एमालेको भातृ संस्था नेपाल खेलकुद महासंघ अन्तरगतको राष्ट्रिय ब्याडमिन्टन संघ, नेपालको आयोजनामा भएको प्रतियोगितामा बुधबार प्रिन्स पुलिसका जीवन आचार्यलाई २१-१८, २१-१३ ले पराजित गर्दै सेमिमा समूह विजेता बने । प्रिन्सले लिगका तीनै खेलमा जित हात पारे ।

देवराज राना

यस्तै अर्को खेलमा नेपाल पुलिसका सुनिल एपिएफका विजित थापा मगरलाई २१-१०, १७-२१, २१-१८ ले पराजित गर्दै लिगमा दुई जितका साथ समूह उपविजेता बने ।

प्रफुल नेपाल पुलिसका विष्णु कटुवाललाई २१-१५, २१-१७ ले पराजित गरे । उनले लिगमा आफ्ना तीनै खेलमा जित  निकाल्दै समूह विजेता बने ।

देवराजले नेपाल पुलिसका दीपक बोहरालाई २१-१२, २१-१५ ले पराजित गरे । समूह उपविजेता  देवराजले लिगका दुई खेलमा जित हात पारे ।

चन्द्रागिरीस्थित महांकाल ब्याडमिन्टन क्लबको कभर्डहलमा भएको प्रतियोगिताको महिलातर्फ ललितपुरकी रसिलाले आर्मीकी अनुमाया राईलाई १७-२१, २१-१६, २१-१२ ले पराजित गर्दै समूह विजेताको बनिन् ।

आजको लिग प्रतियोगितामा पराजित भए पनि अनु समूह उपविजेता बन्दै अगाडि  बढिन् । समूह ‘ए’ कै अर्को खेलमा मोरङकी सीमा राजवंशीले सर्लाहीकी निकिता लामालाई २१-८, २१-९ ले पराजित गरिन् ।

निता लम्साल

नङ्गशलले लिगको अन्तिम खेलमा आर्मीकी अमिता गिरीलाई २१-१०, २१-१३ ले पराजित गर्दै समूह विजेता बिनिन् । उनले आफ्नो समूहको तीनै खेलमा जित हात पारेकी पारिन् ।

अर्को खेलमा निताले एपिएफकी शोभा गौचनमाथि २१-११, २१-११ ले पराजित गरिन् । निता लिगमा दुई जितका साथ उपविजेता बनिन् । 


भिडियो
अस्ट्रेलियामा राष्ट्रिय खेलाडीले हप्तामा ५० घण्टा फार्ममा काम गर्छन, अनि १५ मिनेट फुटबल खेल्छन्
आफ्नो खेलमा धेरै निखार आएको महसुस गरेको छुः पूर्णिमा राई
सिनियर टोलीमा अटाउन डबल मिहिनेत चाहिन्छः मीना देउवा
साथीहरुसँग फेरि सँगै खेल्न पाउँदा खुसीको सीमा छैनः हिराकुमारी भुजेल
अन्तिम टोली छनोट गर्न 'टफ' छ मलाई ll HEAD COACH ll NATIONAL WOMEN'S FOOTBALL TEAM ll NABIN NEUPANE
राष्ट्रिय महिला टोलीले सकायो पहिलो चरणको प्रशिक्षण ll NEPAL NATIONAL WOMEN'S FOOTBALL TEAM TRAINING
ANFA का पूर्व अध्यक्ष GANESH THAPA VIETNAM बाट फर्किएकोराष्ट्रिय टोलीको स्वागत गर्न पुगे विमानस्थल