फाल्गुन ४, २०८२ सोमबार | ०५:३१:४६
आरएस पोखराविरुद्ध रश्मी एक्लैको ११ गोल, एपिएफ सेमिफाइनलमा जावलाखेल आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा नेपाललाई हराउँदै वेस्ट इण्डिज सुपर ८ मा नेपाल युएईसँग पराजित दीपेन्द्रको अर्धशतकमा नेपालको सम्मानजनक योगफल नेपालले टस हार्यो युएईबाट नेपालले पायो १९० रनको लक्ष्य पुलिस सेमिफाइनलमा, क्वार्टरफाइनलमा संकटाको प्रतिद्धन्द्धी चर्च ब्वाइज पुलिसलाई हराउँदै आयोजक सहारा सेमिफाइनलमा आर्मीमाथि फराकिलो जित हासिल गर्दै मछिन्द्र झापा गोल्डकपको फाइनलमा आरएस पोखराविरुद्ध रश्मी एक्लैको ११ गोल, एपिएफ सेमिफाइनलमा जावलाखेल आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा नेपाललाई हराउँदै वेस्ट इण्डिज सुपर ८ मा नेपाल युएईसँग पराजित दीपेन्द्रको अर्धशतकमा नेपालको सम्मानजनक योगफल नेपालले टस हार्यो युएईबाट नेपालले पायो १९० रनको लक्ष्य पुलिस सेमिफाइनलमा, क्वार्टरफाइनलमा संकटाको प्रतिद्धन्द्धी चर्च ब्वाइज पुलिसलाई हराउँदै आयोजक सहारा सेमिफाइनलमा आर्मीमाथि फराकिलो जित हासिल गर्दै मछिन्द्र झापा गोल्डकपको फाइनलमा

पुष्पलाल स्मृति ब्याडमिन्टन: प्रफुल र नङ्गशलको लगातार दोस्रो जित

प्रफुल महर्जन

काठममाडाैं । ललितपुरका प्रफुल महर्जन र भोजपुरकी नङ्गशल तामाङले १३औं पुष्पलाल स्मृति राष्ट्रिय र्याङ्किङ ब्याडमिन्टन प्रतियोगितामा शीर्ष आठको एकलतर्फ लगातार दोस्रो जित निकालेका छन् ।

मंगलबार प्रफुलले पुरुष एकलतर्फ एपिएफका देवराज रानालाई २१-१३, १३-२१, २१-१३ तथा नङ्गशलले महिला एकलमा एपिएफकी शोभा गौचनलाई २१-१६, २०-२२, २१-११ ले पराजित गरे ।

यस्तै पुरुष एकलतर्फ एपिएफका प्रिन्स दाहालले एपिएफकै विजित थापा मगरलाई २१-११, २१-११, नेपाल पुलिसका सुनिल जोशीले पुलिसकै जीवन आचार्यलाई २१-१३, २१-१७ र पुलिसका विष्णु कटुवालले  आफ्नै क्लबका दीपक बोहरालाई २१-१९, २१-१६ ले पराजित गरे ।

महिलातर्फ ललितपुरकी रसिला महर्जनले सर्लाहीकी निकिता लामालाई २१-६, २१-३, आर्मीकी अनुमाया राईले मोरङकी सिमा राजवंशीलाई २१-१८, २१-१६ र पुलिसकी निता लम्सालले आर्मीकी अमिता गिरीलाई २१-१४, २१-१७ ले हराए ।

एमाले निकट नेपाल खेलकुद महासंघ अन्तरगतको राष्ट्रिय ब्याडमिन्टन संघ, नेपालको आयोजना तथा चन्द्रगिरीस्थित महांकाल ब्याडमिन्टन क्लबको सहयोगमा भएको खेलको शीर्ष आठ बाहेकको पुरुष एकलतर्फ एपिएफका क्षितीज खनालले हुम्लाका दशरथ बुढालाई २१-८, २१-१०, आर्मीका सुविन श्रेष्ठले देवीनगर ब्याडमिन्टन क्लबका हेमन्त ऐरलाई २१-१९, २१-१०, आर्मीका लक्ष्मण रानाले पुलिसका हिरा राईलाई १७-२१, २१-९, २३-२१ र पुलिसका पुर्णबहादुर थापाले देवीनगर ब्याडमिन्टन क्लबका अमन भट्टलाई २१-१२, २१-१४ ले पराजित गर्दै प्रिक्वार्टरफाइनलमा स्थान बनाए ।

यस्तै प्रिक्वार्टरफाइनलमा स्थान बनाउने क्रममा आर्मीका पविन लिनथेपले सुर्खेतका अनिल मल्ललाई २१-१७, २१-१३, आर्मीकै अभय महराले पर्साका सत्यमविपिन मिश्रलाई २१-८, २१-११, आर्मीकै सन्तोष पनेरुले एपिएफका अमन महर्जनलाई २२-२०, २१-१८, पाँचथरका दिवश संकरले पुलिसका अविक श्रेष्ठलाई २१-१३, २२-२०, युनिग्लोब कलेजका सक्षम ढकालले पर्फेक्ट फिटनेश क्लबका दिनेश केसीलाई २१-६, २१-८, एपिएफका सुजन थापाले आर्मीका डेभिड थापा मगरलाई २१-१७, २१-१८, आर्मीका नरेन्द्र बलमे पर्साका कृष्णराज अडियालाई २१-१०, २१-५, एपिएफका रोशन साउदले आर्मीका सौर्य महर्जनलाई २१-१३, २१-९, कम्प्लिट हेल्थ क्लबका नगेन्द्र लिम्बुले देवीनगर ब्याडमिन्टन क्लबका गौरव तण्डुकारलाई २१-१३, २१-७, एपिएफका भोजबहादुर गुरुङले आर्मीका सुप्रिम पन्तलाई २१-१५, १७-२१, २१-१४, नखिपोटका विवेक चौधरीले आर्मीका हिमाल चन्दलाई १९-२१, २१-७, २१-१७ र एपिएफका अरुण अधिकारीले देवीनगर ब्याडमिन्टन क्लबका बबिश थापालाई १४-२१, २१-१४, २१-१९ ले पराजित गरे ।

नङ्गशल तामाङ

यु-१७ तर्फ आर्मीका इमा तामाङ, कीर्तिपुर ब्याडमिन्टन क्लबका सुजल चौधरी, कैलालीका शिषिर राना, महांकाल ब्याडमिन्टन क्लबका सफल भुजेल, धादिङका अश्विन मगर, कैलालीका रियांस चौधरी, एपिएफका अरुण अधिकारी, आर्मीका सन्तोष पन्त, आर्मीका सौर्य महर्जन, एपिएफका प्रदीप सोती, रिभाईभका किरण न्यौपाने, बाँकेका राजेश बिसी, एपिएफका प्रारम्भ सिमखडा, युनिग्लोबल कलेजका सक्षम ढकाल, देबीनगर ब्याडमिन्टन क्लबका तक्षत ढकाल र आर्मीका सुविन श्रेष्ठ आआफ्ना प्रतिद्वन्दीलाई पराजित गर्दै प्रिक्वार्टरफाईनल प्रवेश गरे  ।

पुरुष युगलतर्फ नखिपोटका विवेक चौधरी र आर्मीका डेभिड थापा मगरको जोडीले आर्मीका नरेन्द्र बम र हिमाल चन्दको जोडीलाई १८-२१, २१-११, २१-११, देवीनगर ब्याडमिन्टन क्लबका हेमन्त ऐर र अमन भट्टको जोडीले बालकुमारी रिमिक्स क्लबका दिपेन महर्जन र भुवन श्रेष्ठको जोडीलाई १९-२१, २१-१३, २२-२०, नेपाल बिद्युत प्राधिकरणका विनोद अधिकारी र भक्तराज जोशीको जोडीले रिभाईभका किरण न्यौपाने र अनन्त पाख्रिनको जोडीलाई २१-१०, २१-१८ ले पराजित गर्दै प्रिक्वार्टरफाइनमा स्थान पक्का गरे ।

यसैगरी पुलिसका सुनिल जोशी र अभिक श्रेष्ठको जोडी महांकाल ब्याडमिन्टन क्लबका माधव ढकाल र मंडला ब्याडमिन्टन क्लबका प्रनेश ढकाल,  पाँचथरका दिवश संकर र भोजपुरका शिाल तामाङको जोडीले आर्मीका सौर्य महर्जन र सुप्रिम पन्त, गजुरी ब्याडमिन्टन क्लबका समिर थापा मगर र अनिश रानको जोडीले बालकुमारी ब्याडमिन्टन क्लबका ससिन ढङ्गेल र सुमन शाक्य तथा चितवनका राजु थापा र एपिएफका सुजन थापाको जोडीले नेपाल बिद्युत प्राधिकरणका भक्तराज जोशी र खगेन्द्र शाहीको जोडीबाट वाकओभर प्राप्त गरे ।


भिडियो
ICC T-20 WORLDCUP II विश्वकपको माहोलमा मुम्बई बन्यो नेपालमय II NEPAL VS WEST INDIES
इङल्यान्डपछि इटालीसँगको प्रदर्शन स्वीकार्न गाह्रो हुन्छ । तर विश्व क्रिकेटमा नोटिस हुन थालेका छौं ।
ANFA WOMEN'S CHAPMPIONSHIP-2082 || Gaighat FC Vs New Road Team (NRT)
पारस खड्का भन्छन्ः टियुमा जस्तै फिलिङ वाङ्खडेमा पाएका छौं । नेपालमै खेल भएजस्तो लागिरहेछ ।
मरिन ड्राइभमा गुञ्जियो नेपाल ! नेपाल ! NEPAL VS ITALY II ICC T 20 WORLD CUP II TEAM NEPAL
मुम्बईबाट सुदूरपश्चिमेली समर्थकको नेपाली टिमलाई सन्देशः खेल्नु पडो, लड्नु पडो, जित्नु पडो, जय नेपाल
अछामबाट ICC T-20 WCUP का खेल हेर्न मुम्बई पुगेका समर्थक भन्छन्ः नेपाली क्रिकेटको मायाले डोर्यायो ।