कार्तिक २, २०८२ आइतबार | ०८:०७:१३
आर्सनलको जितमा ट्रोसार्डको निर्णायक गोल रोमाञ्चक जित निकाल्दै शीर्ष स्थानमा उक्लियो बार्सिलोना चेल्सीको सहज जित विश्वकप लिग-२ का लागि नेपाली टोली घोषणा एन्फालाई फेरि एएफसीको जरीवाना एन्फाले किन पिट्दै छ राष्ट्रिय लिगको डङ्का ? विश्वकप पुगेबाट गुलजार नेपाली क्रिकेट एसिया कपमा नेपालको फेरि निराशा फिफा विश्वकपमा आइसल्यान्डदेखि केप भर्डेसम्म फुटबलका फर्गुसनको आत्मकथाभित्रका नालीबेली आर्सनलको जितमा ट्रोसार्डको निर्णायक गोल रोमाञ्चक जित निकाल्दै शीर्ष स्थानमा उक्लियो बार्सिलोना चेल्सीको सहज जित विश्वकप लिग-२ का लागि नेपाली टोली घोषणा एन्फालाई फेरि एएफसीको जरीवाना एन्फाले किन पिट्दै छ राष्ट्रिय लिगको डङ्का ? विश्वकप पुगेबाट गुलजार नेपाली क्रिकेट एसिया कपमा नेपालको फेरि निराशा फिफा विश्वकपमा आइसल्यान्डदेखि केप भर्डेसम्म फुटबलका फर्गुसनको आत्मकथाभित्रका नालीबेली

पुष्पलाल स्मृति ब्याडमिन्टन अर्को साता

सांकेतिक तस्विर

काठमाडौं । पुष्पलाल स्मृति राष्ट्रिय र्याङकिङ ब्याडमिन्टन प्रतियोगिताको १३औं संस्करणअर्को सातादेखि हुने भएको छ ।

खेल सामाग्री उत्पादक संस्था लि-निङको मुख्य प्रायोजन रहेको प्रतियोगिता फागुन १४ देखि १९ गतेसम्म हुनेछ । नेकपा एमाले निकट भातृ संस्था नेपाल खेलकुद महासंघ अन्तर्गत रहेको राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा महांकाल ब्याडमिन्टन क्लब, चन्द्रगिरीको कभर्डहलमा हुने प्रतियोगितामा १२ विधा समावेश गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा नेपाल ब्याडमिन्टन संघको शीर्ष आठ वरियताका पुरुष/ महिलाको एकल, शीर्ष आठ वरियता बाहेकका पुरुष/ महिला एकल, पुरुष/ महिला युगल, यु-१७ ब्वाइज / गर्ल्स  एकल, भेट्रान्स ४५ वर्ष माथि र मास्टर्स ५५ वर्षमाथि,  यु-१३  ब्वाइज/ गर्ल्स एकल समावेश गरिएको छ ।

 शीर्ष आठ वरियताका खेलाडीहरुको प्रतिस्पर्धा दुई समूहमा विभाजन गरी लिग कम नकआउटका आधारमा खेलाइने छ ।

यस विधामा सहभागी प्रत्येक खेलाडीले  १५ हजार रुपैयाँ प्राप्त गर्ने र लिग चरणका प्रत्येक खेलमा जित हात पारे बापत थप नगद १५ सय प्राप्त रुपैयाँ गर्नेछन् ।

दुई समूहका शीर्ष दुईले सेमिफाइनलमा स्थान पक्का गर्नेछन् । विजेताले ५० हजार, उपविजेताले  ३० हजार र सेमिफाइनलिस्ट द्वयले १५ हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने संघका महासचिव सुनिलमान शाक्यले जानकारी गराएका छन् ।

शीर्ष आठ वरियता बाहेकका पुरुष/ महिला एकल तथा महिला युगलतर्फ शीर्ष तीन स्थान प्राप्त गर्नेले २० हजार, १० हजार र ५ हजार  रुपैयाँ प्राप्त गर्नेछन् ।

यस्तै पुरुष युगल, भेट्रान तथा मास्टर्सका शीर्ष तीन स्थान प्राप्त गर्नेले  ३० हजार, १५ हजार र ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । यु-१७ र यु-१३ विधामा शिर्ष तीन स्थान प्राप्त गर्नेलाई १५ हजार, ८ हजार र ४ हजार तथा शिर्ष तीन स्थान प्राप्त गर्नेले नगद ३० हजार, १५ हजार र ५ हजार रुपैयाँ प्रदान गरिनेछ ।

प्रिन्स सम्मानित हुने
राष्ट्रिय च्याम्पियन तथा शीर्ष रियताका प्रिन्स दाहाललाई प्रतियोगिताका दौरान सम्मान गरिने भएको छ ।

प्रिन्सलाई आयोजककोतर्फबाट पूर्व घोषित निर्णय बमोजि मोटरसाइकल सहित सम्मान गर्न लागिएको  आयोजक संघका अध्यक्ष वीरेन्द्र श्रेष्ठले जानकारी गराए ।

संघले प्रतियोगिताको सुरुवात गर्दा नैप्रतियोगिताको र्याङकिङतर्फ लगातार तीन संस्करणमा विजयी खेलाडीलाई मोटरसाइकल प्रदान गरिने घोषणाअनुरुप प्रिन्सलाई यस संस्करणमा सम्मान गर्न लागिएको हो ।

विश्व ब्याडमिन्टन जुनियरको वरियतमा शीर्षमा रहिसकेका प्रिन्सले पुष्पलाल स्मृती ब्याडमिन्टनको १०औं, ११औं र १२औं संस्करणमा उपाधि जितेका थिए । 
 


भिडियो
अस्ट्रेलियामा राष्ट्रिय खेलाडीले हप्तामा ५० घण्टा फार्ममा काम गर्छन, अनि १५ मिनेट फुटबल खेल्छन्
आफ्नो खेलमा धेरै निखार आएको महसुस गरेको छुः पूर्णिमा राई
सिनियर टोलीमा अटाउन डबल मिहिनेत चाहिन्छः मीना देउवा
साथीहरुसँग फेरि सँगै खेल्न पाउँदा खुसीको सीमा छैनः हिराकुमारी भुजेल
अन्तिम टोली छनोट गर्न 'टफ' छ मलाई ll HEAD COACH ll NATIONAL WOMEN'S FOOTBALL TEAM ll NABIN NEUPANE
राष्ट्रिय महिला टोलीले सकायो पहिलो चरणको प्रशिक्षण ll NEPAL NATIONAL WOMEN'S FOOTBALL TEAM TRAINING
ANFA का पूर्व अध्यक्ष GANESH THAPA VIETNAM बाट फर्किएकोराष्ट्रिय टोलीको स्वागत गर्न पुगे विमानस्थल