फाल्गुन ४, २०८२ सोमबार | ०५:३१:०३
आरएस पोखराविरुद्ध रश्मी एक्लैको ११ गोल, एपिएफ सेमिफाइनलमा जावलाखेल आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा नेपाललाई हराउँदै वेस्ट इण्डिज सुपर ८ मा नेपाल युएईसँग पराजित दीपेन्द्रको अर्धशतकमा नेपालको सम्मानजनक योगफल नेपालले टस हार्यो युएईबाट नेपालले पायो १९० रनको लक्ष्य पुलिस सेमिफाइनलमा, क्वार्टरफाइनलमा संकटाको प्रतिद्धन्द्धी चर्च ब्वाइज पुलिसलाई हराउँदै आयोजक सहारा सेमिफाइनलमा आर्मीमाथि फराकिलो जित हासिल गर्दै मछिन्द्र झापा गोल्डकपको फाइनलमा आरएस पोखराविरुद्ध रश्मी एक्लैको ११ गोल, एपिएफ सेमिफाइनलमा जावलाखेल आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा नेपाललाई हराउँदै वेस्ट इण्डिज सुपर ८ मा नेपाल युएईसँग पराजित दीपेन्द्रको अर्धशतकमा नेपालको सम्मानजनक योगफल नेपालले टस हार्यो युएईबाट नेपालले पायो १९० रनको लक्ष्य पुलिस सेमिफाइनलमा, क्वार्टरफाइनलमा संकटाको प्रतिद्धन्द्धी चर्च ब्वाइज पुलिसलाई हराउँदै आयोजक सहारा सेमिफाइनलमा आर्मीमाथि फराकिलो जित हासिल गर्दै मछिन्द्र झापा गोल्डकपको फाइनलमा

पुष्पलाल स्मृति ब्याडमिन्टन अर्को साता

सांकेतिक तस्विर

काठमाडौं । पुष्पलाल स्मृति राष्ट्रिय र्याङकिङ ब्याडमिन्टन प्रतियोगिताको १३औं संस्करणअर्को सातादेखि हुने भएको छ ।

खेल सामाग्री उत्पादक संस्था लि-निङको मुख्य प्रायोजन रहेको प्रतियोगिता फागुन १४ देखि १९ गतेसम्म हुनेछ । नेकपा एमाले निकट भातृ संस्था नेपाल खेलकुद महासंघ अन्तर्गत रहेको राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा महांकाल ब्याडमिन्टन क्लब, चन्द्रगिरीको कभर्डहलमा हुने प्रतियोगितामा १२ विधा समावेश गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा नेपाल ब्याडमिन्टन संघको शीर्ष आठ वरियताका पुरुष/ महिलाको एकल, शीर्ष आठ वरियता बाहेकका पुरुष/ महिला एकल, पुरुष/ महिला युगल, यु-१७ ब्वाइज / गर्ल्स  एकल, भेट्रान्स ४५ वर्ष माथि र मास्टर्स ५५ वर्षमाथि,  यु-१३  ब्वाइज/ गर्ल्स एकल समावेश गरिएको छ ।

 शीर्ष आठ वरियताका खेलाडीहरुको प्रतिस्पर्धा दुई समूहमा विभाजन गरी लिग कम नकआउटका आधारमा खेलाइने छ ।

यस विधामा सहभागी प्रत्येक खेलाडीले  १५ हजार रुपैयाँ प्राप्त गर्ने र लिग चरणका प्रत्येक खेलमा जित हात पारे बापत थप नगद १५ सय प्राप्त रुपैयाँ गर्नेछन् ।

दुई समूहका शीर्ष दुईले सेमिफाइनलमा स्थान पक्का गर्नेछन् । विजेताले ५० हजार, उपविजेताले  ३० हजार र सेमिफाइनलिस्ट द्वयले १५ हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने संघका महासचिव सुनिलमान शाक्यले जानकारी गराएका छन् ।

शीर्ष आठ वरियता बाहेकका पुरुष/ महिला एकल तथा महिला युगलतर्फ शीर्ष तीन स्थान प्राप्त गर्नेले २० हजार, १० हजार र ५ हजार  रुपैयाँ प्राप्त गर्नेछन् ।

यस्तै पुरुष युगल, भेट्रान तथा मास्टर्सका शीर्ष तीन स्थान प्राप्त गर्नेले  ३० हजार, १५ हजार र ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । यु-१७ र यु-१३ विधामा शिर्ष तीन स्थान प्राप्त गर्नेलाई १५ हजार, ८ हजार र ४ हजार तथा शिर्ष तीन स्थान प्राप्त गर्नेले नगद ३० हजार, १५ हजार र ५ हजार रुपैयाँ प्रदान गरिनेछ ।

प्रिन्स सम्मानित हुने
राष्ट्रिय च्याम्पियन तथा शीर्ष रियताका प्रिन्स दाहाललाई प्रतियोगिताका दौरान सम्मान गरिने भएको छ ।

प्रिन्सलाई आयोजककोतर्फबाट पूर्व घोषित निर्णय बमोजि मोटरसाइकल सहित सम्मान गर्न लागिएको  आयोजक संघका अध्यक्ष वीरेन्द्र श्रेष्ठले जानकारी गराए ।

संघले प्रतियोगिताको सुरुवात गर्दा नैप्रतियोगिताको र्याङकिङतर्फ लगातार तीन संस्करणमा विजयी खेलाडीलाई मोटरसाइकल प्रदान गरिने घोषणाअनुरुप प्रिन्सलाई यस संस्करणमा सम्मान गर्न लागिएको हो ।

विश्व ब्याडमिन्टन जुनियरको वरियतमा शीर्षमा रहिसकेका प्रिन्सले पुष्पलाल स्मृती ब्याडमिन्टनको १०औं, ११औं र १२औं संस्करणमा उपाधि जितेका थिए । 
 


भिडियो
ICC T-20 WORLDCUP II विश्वकपको माहोलमा मुम्बई बन्यो नेपालमय II NEPAL VS WEST INDIES
इङल्यान्डपछि इटालीसँगको प्रदर्शन स्वीकार्न गाह्रो हुन्छ । तर विश्व क्रिकेटमा नोटिस हुन थालेका छौं ।
ANFA WOMEN'S CHAPMPIONSHIP-2082 || Gaighat FC Vs New Road Team (NRT)
पारस खड्का भन्छन्ः टियुमा जस्तै फिलिङ वाङ्खडेमा पाएका छौं । नेपालमै खेल भएजस्तो लागिरहेछ ।
मरिन ड्राइभमा गुञ्जियो नेपाल ! नेपाल ! NEPAL VS ITALY II ICC T 20 WORLD CUP II TEAM NEPAL
मुम्बईबाट सुदूरपश्चिमेली समर्थकको नेपाली टिमलाई सन्देशः खेल्नु पडो, लड्नु पडो, जित्नु पडो, जय नेपाल
अछामबाट ICC T-20 WCUP का खेल हेर्न मुम्बई पुगेका समर्थक भन्छन्ः नेपाली क्रिकेटको मायाले डोर्यायो ।