माघ १७, २०८२ शनिबार | १२:२३:४२
पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट

एनभिए भलिबलः ढोरपाटनमाथि एपिएफको सहज जित

काठमाडौं । सशस्त्र प्रहरी बलको एपिएफ क्लबले शुक्रबार एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिगमा ढोरपाटन स्पोर्टस् क्लबलाई ३–० को सोझो सेटमा हराएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सम्पन्न पुरुषतर्फको अन्तिम खेलमा एपिएफले ढोरपाटनमाथि २५–१३, २५–१५, २५–१४ को सेटमा जित निकाल्यो ।

जितसँगै एपिएफले पाँच खेलबाट ९ अंक बनाएको छ । समान खेल खेलेको ढोरपाटनले एक अंक जोडेको छ । ढोरपाटनमाथि जितका बावजुद एपिएफको उपाधि जित्ने सम्भावना भने निकै कम छ ।

प्रतियोगितामा समान खेल खेलेको त्रिभुवन आर्मी क्लब र हेल्प नेपाल स्पोर्टस् क्लबले क्रमशः १५ र १४ अंक बनाउँदै उपाधि जित्ने दौडमा छन् ।

नेपाल भलिबल संघको आयोजनामा वैशाख १८ गतेदेखि सुरु भएको सात दिने प्रतियोगिताको शनिबार अन्तिम दिन हो ।

शनिबार पुरुषतर्फको पहिलो खेलमा बिहान आठ बजे गल्कोट र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा बिहान १० बजे नेपाल पुलिस क्लब र एपिएफ प्रतिस्पर्धा गर्नेछन् । पुरुषतर्फको अन्तिम खेलमा आर्मी र हेल्प नेपाल खेल्नेछन् । खेल दिउँसो दुई बजे हुनेछ ।

यस्तै, महिलातर्फको खेलमा दिउँसो १२ बजे आर्मी र पुलिस आमनेसामने हुनेछन् ।

प्रतियोगितामा महिलातर्फ एपिएफ, आर्मी, पुलिस, न्यु डायमन्ड, एभरेस्ट भलिबल क्लब गरी पाँच टिम सहभागी छन् । पुरुषतर्फ एपिएफ, आर्मी, पुलिस, हेल्प नेपाल, ढोरपाटन, गण्डकी र गल्कोट गरी सात टिम सहभागी छन् ।

कुल १२ टिमको सहभागिता रहेको प्रतियोगिताको महिला र पुरुषतर्फको सर्वाधिक अंक बनाउने टिमले छैटौं संस्करणको एनभिए क्लब लिगको उपाधि जित्नेछन् ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।