चैत्र ७, २०८२ शनिबार | २२:४५:३८
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

एनभिए भलिबलः ढोरपाटनमाथि एपिएफको सहज जित

काठमाडौं । सशस्त्र प्रहरी बलको एपिएफ क्लबले शुक्रबार एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिगमा ढोरपाटन स्पोर्टस् क्लबलाई ३–० को सोझो सेटमा हराएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सम्पन्न पुरुषतर्फको अन्तिम खेलमा एपिएफले ढोरपाटनमाथि २५–१३, २५–१५, २५–१४ को सेटमा जित निकाल्यो ।

जितसँगै एपिएफले पाँच खेलबाट ९ अंक बनाएको छ । समान खेल खेलेको ढोरपाटनले एक अंक जोडेको छ । ढोरपाटनमाथि जितका बावजुद एपिएफको उपाधि जित्ने सम्भावना भने निकै कम छ ।

प्रतियोगितामा समान खेल खेलेको त्रिभुवन आर्मी क्लब र हेल्प नेपाल स्पोर्टस् क्लबले क्रमशः १५ र १४ अंक बनाउँदै उपाधि जित्ने दौडमा छन् ।

नेपाल भलिबल संघको आयोजनामा वैशाख १८ गतेदेखि सुरु भएको सात दिने प्रतियोगिताको शनिबार अन्तिम दिन हो ।

शनिबार पुरुषतर्फको पहिलो खेलमा बिहान आठ बजे गल्कोट र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा बिहान १० बजे नेपाल पुलिस क्लब र एपिएफ प्रतिस्पर्धा गर्नेछन् । पुरुषतर्फको अन्तिम खेलमा आर्मी र हेल्प नेपाल खेल्नेछन् । खेल दिउँसो दुई बजे हुनेछ ।

यस्तै, महिलातर्फको खेलमा दिउँसो १२ बजे आर्मी र पुलिस आमनेसामने हुनेछन् ।

प्रतियोगितामा महिलातर्फ एपिएफ, आर्मी, पुलिस, न्यु डायमन्ड, एभरेस्ट भलिबल क्लब गरी पाँच टिम सहभागी छन् । पुरुषतर्फ एपिएफ, आर्मी, पुलिस, हेल्प नेपाल, ढोरपाटन, गण्डकी र गल्कोट गरी सात टिम सहभागी छन् ।

कुल १२ टिमको सहभागिता रहेको प्रतियोगिताको महिला र पुरुषतर्फको सर्वाधिक अंक बनाउने टिमले छैटौं संस्करणको एनभिए क्लब लिगको उपाधि जित्नेछन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो