चैत्र ८, २०८२ आइतबार | ०४:२१:५४
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

टाइगर कपः पुलिसकाे अपराजित यात्रा कायम

काठमाडौं । एपिएफ क्लबलाई ३-१ को सेटमा पराजित गर्दै टाइगर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ नेपाल पुलिस क्लबले अपराजित यात्रा कायम राखेको छ ।

पोखरामा जारी प्रतियोगितामा बुधबार एपिएफमाथि पुलिसले २१–२५, २५–२३, २३–२५, १९–२५ को सेटमा जित निकाल्यो ।

जितसँगै तीन खेलबाट आठ अंक जोडेको पुलिस तालिकाको शीर्ष स्थानमा छ । प्रतियोगितामा एपिएफले भने अहिलेसम्म खाता खोल्न सकेको छैन । तीनै खेलमा पराजित एपिएफ तालिकाको पुछारमा छ । प्रतियोगितामा हेल्प नेपाल चार अंकसहित दोस्रो स्थानमा छ । साविक विजेता गण्डकी प्रदेश र आर्मीले समान तीन अंक बनाएका छन् ।

यसअघि बुधबारै भएको पुरूषतर्फको पहिलो खेलमा हेल्प नेपालले त्रिभुवन आर्मी क्लबविरूद्व सोझो सेटमा जित निकालेको थियो ।

प्रतियोगितामा महिला, पुरुष दुबैतर्फ समान पाँच टोलीको सहभागीता छ । राउन्ड रोबिन पद्दतिमा माघ एक गतेसम्म चल्ने प्रतियोगितामा पुरूषतर्फ हेल्प नेपाल, नेपाल पुलिस, गण्डकी प्रदेश, त्रिभुवन आर्मी क्लब र एपिएफ सहभागी छन् । त्यस्तै महिलातर्फ आर्मी र न्यु डाइमण्डसँगै आयोजक टाइगर ग्रुप पोखरा, एपिएफ क्लब र नेपाल पुलिस क्लबको सहभागिता छ ।

प्रतियोगिताको दुबैतर्फका विजेताले समान तीन लाख र उपविजेताले एक लाख पचास हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । तेस्रो स्थान हासिल गर्नेले ७५ र चौथो टोलीले ३५ हजार नगद पाउनेछन् ।

यस्तै प्रतियोगिताको महिला र पुरूष सर्वोत्कृष्ट खेलाडीले समान २५ हजार, उत्कृष्ट सर्भर, सेटर, ब्लकर, लिब्रो, स्पाइकर र प्रशिक्षकले समान १० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो