माघ १८, २०८२ आइतबार | ११:५३:१३
फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग

टाइगर कपः पुलिसकाे अपराजित यात्रा कायम

काठमाडौं । एपिएफ क्लबलाई ३-१ को सेटमा पराजित गर्दै टाइगर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ नेपाल पुलिस क्लबले अपराजित यात्रा कायम राखेको छ ।

पोखरामा जारी प्रतियोगितामा बुधबार एपिएफमाथि पुलिसले २१–२५, २५–२३, २३–२५, १९–२५ को सेटमा जित निकाल्यो ।

जितसँगै तीन खेलबाट आठ अंक जोडेको पुलिस तालिकाको शीर्ष स्थानमा छ । प्रतियोगितामा एपिएफले भने अहिलेसम्म खाता खोल्न सकेको छैन । तीनै खेलमा पराजित एपिएफ तालिकाको पुछारमा छ । प्रतियोगितामा हेल्प नेपाल चार अंकसहित दोस्रो स्थानमा छ । साविक विजेता गण्डकी प्रदेश र आर्मीले समान तीन अंक बनाएका छन् ।

यसअघि बुधबारै भएको पुरूषतर्फको पहिलो खेलमा हेल्प नेपालले त्रिभुवन आर्मी क्लबविरूद्व सोझो सेटमा जित निकालेको थियो ।

प्रतियोगितामा महिला, पुरुष दुबैतर्फ समान पाँच टोलीको सहभागीता छ । राउन्ड रोबिन पद्दतिमा माघ एक गतेसम्म चल्ने प्रतियोगितामा पुरूषतर्फ हेल्प नेपाल, नेपाल पुलिस, गण्डकी प्रदेश, त्रिभुवन आर्मी क्लब र एपिएफ सहभागी छन् । त्यस्तै महिलातर्फ आर्मी र न्यु डाइमण्डसँगै आयोजक टाइगर ग्रुप पोखरा, एपिएफ क्लब र नेपाल पुलिस क्लबको सहभागिता छ ।

प्रतियोगिताको दुबैतर्फका विजेताले समान तीन लाख र उपविजेताले एक लाख पचास हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । तेस्रो स्थान हासिल गर्नेले ७५ र चौथो टोलीले ३५ हजार नगद पाउनेछन् ।

यस्तै प्रतियोगिताको महिला र पुरूष सर्वोत्कृष्ट खेलाडीले समान २५ हजार, उत्कृष्ट सर्भर, सेटर, ब्लकर, लिब्रो, स्पाइकर र प्रशिक्षकले समान १० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।