चैत्र १२, २०८२ बिहीबार | १९:४४:३५
पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै

टाइगर कपका लागि हेल्प नेपालमा तीन भारतीय राष्ट्रिय खेलाडी

काठमाडौं । आगामी सोमबारदेखि टाइगर कप आमन्त्रण खुल्ला क्लब च्याम्पियनसिपको दोस्रो संस्करण सुरू हुँदैछ ।

गत वर्ष विजेता गण्डकी प्रदेशले नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई हराउँदै उपाधि उचालेको थियो । राष्ट्रिय प्रतियोगितामा आफूलाई बलियो सावित गरेको हेल्प नेपाल क्लब यसपाली पहिलो पटक टाइगर कप खेल्दै छ ।

घरेलु लिगमा पनि भारतीय राष्ट्रिय टोलीका खेलाडीलाई कोर्टमा उतारेको हेल्प नेपालले टाइगर कपमा पनि त्यसलाई निरन्तरता दिनेछ । सोमबारदेखि सुरु हुने प्रतियोगिताको तयारी गरिरहेको हेल्प नेपालले दुई ओपन स्पाइकर र एक सेटरलाई भित्र्याउने सबै प्रक्रिया पूरा गरेको क्लबका अध्यक्ष बासु श्रेष्ठले खेलाडीलाई जानकारी दिए ।

‘प्रतियोगिताका लागि हामीले भारतीय राष्ट्रिय खेलाडीलाई अनुबन्ध गरेका छौं । उनीहरूसँग खेल्दा नेपाली खेलाडीलाई सहयोग हुने र विदेशी खेलाडीसँगको आफ्नो स्तर जाँच्न सहज हुन्छ भन्ने आश हामीले गरेका छौं,’ उनले भने, ‘तीनै जनाले राष्ट्रिय टोलीबाट खेलिसकेका छन् । उनीहरूका लागि हामीले टिकट पनि निश्चित गरिसकेका छौं ।’

गत वर्ष हेल्प नेपाललाई एनभिए च्याम्पियनसिपको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका अमित कुमार र विनित कुमारसँगै सेटर अप्पभु मुथुसामीलाई अनुबन्ध गरेको अध्यक्ष श्रेष्ठले बताए । एनभिएमा हेल्प नेपाललाई विजेता बनाउन भारतका यु २१ राष्ट्रिय भलिबल टोलीका पूर्व कप्तान अमित र विनितले  महत्वपूर्ण भूमिका खेलेका थिए ।

विगत दुई वर्षदेखि अमितले नेपालको घरेलु लिगमा सहभागी जनाइरहेका छन् । उनले गत वर्ष ओलम्पिक खेलेको भारतीय टोलीको कप्तानी गरेका थिए ।

विनितले पनि तीन वर्षदेखि एनभिए च्याम्पियनसिपमा हेल्प नेपालको प्रतिनिधित्व गरिरहेका छन् । अमित र विनितले नेपालमै भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा भारतको प्रतिनिधित्व गरेका थिए । उनीहरूकै उत्कृष्ट प्रदर्शनमा भारतले स्वर्ण पदक जितेको थियो ।

लामो समयदेखि नेपाली लिगको अनुभव बटुलिरहेका अमित र विनितबाहेक पहिलोपटक अप्पभुले सहभागी जनाउन लागेका हुन् ।

प्रतियोगिताका लागि भारतीय खेलाडी शनिबार नेपाल एयरलाइन्सबाट काठमाडौं आइपुग्ने छन् ।

पोखरामा आयोजना हुने ६ दिने प्रतियोगितामा पुरूषतर्फ साविक विजेता गण्डकी प्रदेशसँगै त्रिभुवन आर्मी, नेपाल पुलिस क्लब, सशस्त्र प्रशरी बल (एपिएफ) र हेल्प नेपाल स्पोर्टस क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

महिलातर्फ साविक विजेता नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, एपिएफ, न्यू डाइमन्ड एकेडेमी र टाइगर ग्रुप अफ पोखरा नेपालले प्रतिस्पर्धा गर्नेछन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो