माघ १५, २०८२ बिहीबार | २०:११:५४
साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो

टाइगर कपका लागि हेल्प नेपालमा तीन भारतीय राष्ट्रिय खेलाडी

काठमाडौं । आगामी सोमबारदेखि टाइगर कप आमन्त्रण खुल्ला क्लब च्याम्पियनसिपको दोस्रो संस्करण सुरू हुँदैछ ।

गत वर्ष विजेता गण्डकी प्रदेशले नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई हराउँदै उपाधि उचालेको थियो । राष्ट्रिय प्रतियोगितामा आफूलाई बलियो सावित गरेको हेल्प नेपाल क्लब यसपाली पहिलो पटक टाइगर कप खेल्दै छ ।

घरेलु लिगमा पनि भारतीय राष्ट्रिय टोलीका खेलाडीलाई कोर्टमा उतारेको हेल्प नेपालले टाइगर कपमा पनि त्यसलाई निरन्तरता दिनेछ । सोमबारदेखि सुरु हुने प्रतियोगिताको तयारी गरिरहेको हेल्प नेपालले दुई ओपन स्पाइकर र एक सेटरलाई भित्र्याउने सबै प्रक्रिया पूरा गरेको क्लबका अध्यक्ष बासु श्रेष्ठले खेलाडीलाई जानकारी दिए ।

‘प्रतियोगिताका लागि हामीले भारतीय राष्ट्रिय खेलाडीलाई अनुबन्ध गरेका छौं । उनीहरूसँग खेल्दा नेपाली खेलाडीलाई सहयोग हुने र विदेशी खेलाडीसँगको आफ्नो स्तर जाँच्न सहज हुन्छ भन्ने आश हामीले गरेका छौं,’ उनले भने, ‘तीनै जनाले राष्ट्रिय टोलीबाट खेलिसकेका छन् । उनीहरूका लागि हामीले टिकट पनि निश्चित गरिसकेका छौं ।’

गत वर्ष हेल्प नेपाललाई एनभिए च्याम्पियनसिपको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका अमित कुमार र विनित कुमारसँगै सेटर अप्पभु मुथुसामीलाई अनुबन्ध गरेको अध्यक्ष श्रेष्ठले बताए । एनभिएमा हेल्प नेपाललाई विजेता बनाउन भारतका यु २१ राष्ट्रिय भलिबल टोलीका पूर्व कप्तान अमित र विनितले  महत्वपूर्ण भूमिका खेलेका थिए ।

विगत दुई वर्षदेखि अमितले नेपालको घरेलु लिगमा सहभागी जनाइरहेका छन् । उनले गत वर्ष ओलम्पिक खेलेको भारतीय टोलीको कप्तानी गरेका थिए ।

विनितले पनि तीन वर्षदेखि एनभिए च्याम्पियनसिपमा हेल्प नेपालको प्रतिनिधित्व गरिरहेका छन् । अमित र विनितले नेपालमै भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा भारतको प्रतिनिधित्व गरेका थिए । उनीहरूकै उत्कृष्ट प्रदर्शनमा भारतले स्वर्ण पदक जितेको थियो ।

लामो समयदेखि नेपाली लिगको अनुभव बटुलिरहेका अमित र विनितबाहेक पहिलोपटक अप्पभुले सहभागी जनाउन लागेका हुन् ।

प्रतियोगिताका लागि भारतीय खेलाडी शनिबार नेपाल एयरलाइन्सबाट काठमाडौं आइपुग्ने छन् ।

पोखरामा आयोजना हुने ६ दिने प्रतियोगितामा पुरूषतर्फ साविक विजेता गण्डकी प्रदेशसँगै त्रिभुवन आर्मी, नेपाल पुलिस क्लब, सशस्त्र प्रशरी बल (एपिएफ) र हेल्प नेपाल स्पोर्टस क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

महिलातर्फ साविक विजेता नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, एपिएफ, न्यू डाइमन्ड एकेडेमी र टाइगर ग्रुप अफ पोखरा नेपालले प्रतिस्पर्धा गर्नेछन् ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।