काठमाडौं । लगातार दोस्रो जितसँगै इरानी टोलीले पोखरामा जारी प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ ।
पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा शुक्रबार भएको समूह ‘ए’ अन्तर्गतको खेलमा इरानी टोलीले गण्डकी प्रदेशलाई ३-१ को सेटले पराजित गर्यो ।
पहिलो सेट २५-१४ ले आफ्नो पक्षमा पारेको इरानी टोलीले दोस्रो सेट १७-२५ ले गुमाएको थियो । तर त्यसपछिका दुई सेटमा २५-१८, २७-२५ जित निकाल्दै टोलीले अन्तिम चारको यात्रा तय गर्यो ।
इरानी टोलीले यसअघि सशस्त्र प्रहरी बल (एपिएफ) लाई ३-१ को सेटले पराजित गरेको थियो । यो समूहको अन्तिम खेल गण्डकी प्रदेश र एपिएफबीच हुनेछ । उक्त खेलको विजेताले सेमिफाइनलमा स्थान सुरक्षित गर्नेछ ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
