माघ १५, २०८२ बिहीबार | ११:१६:४६
वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि

सतप्रतिशत नतिजासहित फाइनलमा पुगेको नेपालको उपाधि भिडन्त उज्वेकिस्तानसँग

काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टोलीले एसियन सेन्ट्रल जोन महिला तथा पुरुष च्यालेन्ज कपमा सतप्रतिशत जितसहित फाइनल यात्रा तय गरेको छ ।

बंगलादेशको ढाकास्थित सहिद सुरावर्दी कभर्डहलमा सोमबार भएको प्रतियोगिताको अन्तिम खेलमा किर्गिस्तानलाई सोझो सेटमा हराउँदै उपाधिका लागि उज्वेकिस्तानसँगको भिडन्त पक्का गरेको हो । साविक विजेता नेपालले किर्गिस्तानलाई २५–८, २५–१४ र २५–१७ मा हराएको हो ।

प्रतियोगितामा पाँच खेल खेलेको नेपाल १४ अंकका साथ शीर्ष स्थानमा छ । समान पाँच खेल खेलेको उज्वेकिस्तान १२ अंकका साथ दोस्रो स्थानमा छ ।

उपाधिका लागि नेपाली टोली र उज्वेकिस्तानले मंगलबार दिउँसो ११ः१५ मा प्रतिस्पर्धा गर्नेछन् ।

बिहीबार देखि जारी प्रतियोगितामा आफ्नो पहिलो खेलमा महिला टोलीले श्रीलंकासँग ३–२ को जित निकालेको थियो । यस्तै दोस्रो खेलमा माल्दिभ्स, तेस्रो खेलमा आयोजक बंगलादेश र चौंथो खेलमा उज्वेकिस्तानलाई सोझो सेटमा हराएको थियो ।

यसअघि महिला टोलीले बंगलादेशमा नै भएको एभिसी सेन्ट्रल जोनमा ऐतिहासिक स्वर्ण पदक जितेको थियो । प्रतियोगितामा साविक विजेता नेपालसहित आयोजक बंगलादेश, श्रीलंका, माल्दिभ्स, उज्वेकिस्तान र किर्गिस्तान गरी ६ टोलीको सहभागिता थियो ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।