माघ ९, २०८२ शुक्रबार | १०:४९:०४
पहिलो एकदिवसीयमा इङ्ल्यान्डलाई श्रीलंकाले हरायो अन्तिम खेलमा वेष्ट इन्डिजको जित एनआरटीले काँक्रेबिहारलाई हरायो, संकटा र फ्रेन्ड्सको खेल गोलरहित नेपालको चुनौती सकियो, माल्दिभ्स उपाधि नजिक चर्च ब्वाइजविरुद्ध एपिएफको सहज जित नेदरल्यान्ड्ससँग नेपालको दूर्भाग्यजनक हार नेपाललाई २ रनले हराउँदै नेदरल्यान्ड्स सुपर ६ मा नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य नेपालविरुद्ध टस जितेर नेदरल्यान्डस् ब्याटिङ गर्दै वेष्ट इन्डिजविरुद्धको शृंखला अफगानिस्तानलाई पहिलो एकदिवसीयमा इङ्ल्यान्डलाई श्रीलंकाले हरायो अन्तिम खेलमा वेष्ट इन्डिजको जित एनआरटीले काँक्रेबिहारलाई हरायो, संकटा र फ्रेन्ड्सको खेल गोलरहित नेपालको चुनौती सकियो, माल्दिभ्स उपाधि नजिक चर्च ब्वाइजविरुद्ध एपिएफको सहज जित नेदरल्यान्ड्ससँग नेपालको दूर्भाग्यजनक हार नेपाललाई २ रनले हराउँदै नेदरल्यान्ड्स सुपर ६ मा नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य नेपालविरुद्ध टस जितेर नेदरल्यान्डस् ब्याटिङ गर्दै वेष्ट इन्डिजविरुद्धको शृंखला अफगानिस्तानलाई

एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल प्रतियोगितामा नेपालको पहिलो जित

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीले शुक्रबार एसियन सेन्ट्रल जोन महिला तथा पुरुष  भलिबल प्रतियोगितामा  पहिलो जित हात पारेको छ ।

बंगलादेशको जारी प्रतियोगिताको दोस्रो खेलमा नेपालले उज्वेकिस्तानविरुद्ध टोलीले ३-१ को सेटमा जित हात पारेको हो ।

सुरुआती पहिलो सेट १८-२५ ले गुमाए पनि  नेपाली टोलीले दोस्रो सेटमा उत्कृष्ट पुनरागमन गर्दै २५-२१ ले सेट आफ्नो पक्षमा पार्यो ।

उज्वेकिस्तानमाथी हाबी बनेको टोलीले त्यसपछि लगातार तेस्रो सेट २५-२१ र चौथो सेट २५-२३ ले जित्दै नतिजा आफ्नो पक्षमा पार्यो ।

प्रतियोगितामा बिहीबार आफ्नो पहिलो खेलमा आयोजक बंगलादेशसँग निकै फितलो प्रदर्शन गरेको नेपाल सोझो सेटमा पराजित भएको थियो ।

नेपालले शनिबार आफ्नो तेस्रो खेलमा श्रीलंकाको सामना गर्नेछ ।