माघ १८, २०८२ आइतबार | १३:२२:३७
फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग

एनभिएलले खेलेरै पनि जीवन धान्न सकिन्छ भन्ने सन्देश दिनेछः अर्जुन नेपाली

काठमाडौं । नेपाली यु-२० राष्ट्रिय पुरुष भलिबल टाेलीका कप्तान अर्जुन नेपाललीले  नेपाल भलिबल लिग(एनभिएल) ले खेलेरै पनि जीवन धान्न सकिन्छ भन्ने सन्देश दिने बताएका छन् । 

मंगलबार नेपाल भलिबल लिग(एनभिएल)को लोगो र स्लोगन सार्वजनिक कार्यक्रमका दाैरान खेलाडी डटकमसँगको कुराकानीमा नेपालीले भने, ‘नेपाल भलिबल लिग हुनु राम्रो संकेत हो । यसले नेपालमा खेलेरै पनि जीवन धान्न सकिन्छ भन्ने सन्देश दिनेछ । यस्ता लिग हुँदै गए खेलाडीमा उत्साह थपिनुका साथै आउने पुस्तालाई खेलकुदमा लाग्न हौसला मिल्छ । एनभिएल उत्कृष्ट हुनेछ भन्ने विश्वास छ । विदेशी खेलाडी पनि आउने भएकाले उनीहरुबाट धेरै सिक्ने अवसर मिल्नेछ । यसले नेपाली भलिबलको विकासमा सहयोग पुर्‍याउनेछ।’

नेपालको पहिलो पुरुष फ्रेन्चाइज भलिबल प्रतियोगिता एनभिएलमा ६ टोलीको सहभागिता रहने छ । ९ दिन हुने प्रतियोगितामा कूल १६ खेल खेलाइने छ।

लिग चरणमा एक अर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोली फाइनल प्रवेश गर्नेछन् ।

प्रतियोगिताको मिति र टोली भने चाँडै सार्वजनिक गरिने आयोजकले जानकारी दियो । प्रतियोगिता आयोजनाका लागि गत असारमा नेपाल भलिबल संघ र केडिया ग्रुपबीच सात वर्षको सम्झौता भएको थियो ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।