चैत्र १६, २०८२ सोमबार | ०१:५९:५२
कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईलाई २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईलाई २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा

तस्बिरमा काभाको फाइनलः उपाधि भारतलाई, नेपाल फेरि एकपटक चुक्यो

काठमाडौं । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेशन्स लिगको चौथो संस्करण बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा सम्पन्न भएको छ ।

पाँच सेटसम्म चलेको फाइनल प्रतिस्पर्धामा नेपाली महिला टोलीले फेरि एकपटक भाग्यको साथ नपाउँदा भारतलाई नतिजा सुम्पँदै उपाधिबाट विमूख भयो ।

२०१९ मा यही कभर्डहलमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग)को फाइनलको रिप्लेका रुपमा सम्पन्न काभाको फाइनलमा पनि उस्तै नतिजा निस्कियो ।

सागमा पनि भारतले पाँच सेटसम्म चलेको फाइनलमा जित हासिल गर्दै उपाधि जितेको थियो ।

नेपाल निर्णायक पाँचौं सेटमा १५–५ को फराकिलो नतिजामा निराश हुँदा साग फाइनलको बदला लिने अवसरमा चुक्यो ।

यही प्रतियोगिताको समूह चरणको खेलमा शनिबार नेपालले भारतमाथि पाँच सेटको खेलमा ३–२ को जित हासिल गरेको थियो ।

निर्णायक खेलमा त्यसको बदला लिँदै भारतले उपाधि कव्जा गर्यो । नेपाल भने रजत पदकमा सीमित भयो ।

बंगलादेशमा सन् २०१९ र २०२१ मा सम्पन्न काभा महिला च्याम्पियनसिपको पहिलो दुई संस्करणमा स्वर्ण पदक जितेको नेपालले गतवर्ष त्रिपुरेश्वरमा कांस्य पदकमा चित्त बुझाएको थियो ।

पाँच टिम सहभागी प्रतियोगितामा बुधबार श्रीलंकामाथि सोझो सेटमा जित हासिल गर्दै इरानले तेस्रो स्थान हासिल गर्यो । श्रीलंका चौथो भयो भने माल्दिभ्स पुछारमा सीमित रहयो ।

प्रतियोगिताको उद्घाटन खेलमा श्रीलंकामाथि सोझो सेटमा जित हासिल गरेको नेपालले समूह चरणको अन्तिम खेलमा माल्दिभ्सलाई पनि ३–० कै नतिजामा निराश पारेको थियो ।

समूह चरणमा भारतलाई ३–२ को नतिजामा हराएको नेपाल इरानसँग त्यही अन्तरमा पराजित भएको थियो ।

उपविजेताको हैसियतमा सेमिफाइनल पुगेको नेपालले अन्तिम चारको खेलमा इरानसँग सोझो सेटमा जित हासिल गर्दै समूह चरणको बदला लिएको थियो ।

फाइनलमा पनि त्यही लयलाई कारम राख्ने लक्ष्यका साथ उच्च मनोबल लिएर कोर्ट छिरेको नेपालले त्यसअनुरुप नतिजा निकाल्न सकेन ।

पहिलो सेटमा २५–२३ को प्रतिस्पर्धात्मक जित हासिल गरेको नेपाल दोस्रो सेटमा १४–२५ ले निराश भयो ।

फेरि तेस्रो सेट नेपालले २५–२२ को अन्तरमा आफ्नो पक्षमा पार्यो ।

त्यसपछि चौथो सेट जित्ने पालो भारतको थियो । जहाँ भारत २५–२१ को नतिजा निकाल्दै खेललाई निर्णायक पाँचौं सेटमा धकेल्न सफल भयो ।

टाईब्रेकरको रुपमा रहेको पाँचौं सेटमा नेपाल निक्कै कमजोर रुपमा प्रस्तुत भयो । जसका कारण भारतले सहजै १५–५ को जित हासिल गर्यो ।

समग्रमा २५–२३, १४–२५, २५–२२, २१–२५, ५–१५ को नतिजा निकाल्दै भारतले लगातार दोस्रो पटक प्रतियोगिताको उपाधि जित्यो ।

भारतसँग लगातार दोस्रो पटक महत्वपूर्ण प्रतियोगिताको फाइनलमा चुकेपछि नेपालको काभामा तेस्रो उपाधि जित्ने सपना चकनाचुर भयो ।

जारी प्रतियोगितामा चोटका कारण नेपाली टोलीमा स्टार स्पाइकर प्रतिभा मालीको साथ थिएन ।

नेपालका मुख्य प्रशिक्षक जगदिश भट्टले योजनाअनुसार रिसिभ र सर्भिसमा प्रदर्शन गर्न नसक्दा हार भोग्नुपरेको प्रतिक्रिया दिए ।

उनले हारको जिम्मेवारी सम्पूर्ण रुपमा आफैले लिने पनि बताए । भट्टकै नेतृत्वमा नेपालले काभाका पहिलो दूई संस्करणमा स्वर्ण पदक जितेको थियो ।

यसैगरि नेपालकी कप्तान अरुणा शाहीले सोचेअनुसार प्रदर्शन हुन नसकेको प्रतिक्रिया दिइन ।

उनले पाँचौं सेटमा खेल पुगेपछि अत्याधिक दबाब महसुश भएको र त्यसलाई झेल्न नसकेको स्वीकारिन ।

नेपालले खेल जित्ने अपेक्षासहित काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, उपमेयर सुनिता शाक्य, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, पूर्वमन्त्री रामकुमारी झाँक्रीलगायतका राजनीतिज्ञहरु कभर्डहलमा उपस्थित थिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो