पुस ७, २०८२ मंगलबार | ०५:३९:०८
एन्फा यु-१६ युथ लिगः संकटाले भगवतीलाई हरायो तीन पाकिस्तानका खेलाडीले रुकुम पश्चिमबाट खेल्ने शेर्पाविरुद्ध मछिन्द्रको आधा दर्जन गोल, जावलाखेलको सहज जित एनभिए लिगमा २० टिम, विवादपछि गण्डकीले नखेल्ने म्यानचेस्टर युनाइटेडका कप्तान फर्नान्डेज घाइते अफ्रिका कप अफ नेशन्समा मोरक्कोको विजयी सुरुआत रोजर्सको दुई गोलमा युनाइटेडमाथि भिल्लाको जित १० खेलाडीमा सीमित भियारियालमाथि शीर्ष टोली बार्सिलोनाको जित अपराजित बायर्नमा केनको प्रभाव कायम इटालियन सिरी ‘ए’मा फियोरेन्टिनाको पहिलो जित एन्फा यु-१६ युथ लिगः संकटाले भगवतीलाई हरायो तीन पाकिस्तानका खेलाडीले रुकुम पश्चिमबाट खेल्ने शेर्पाविरुद्ध मछिन्द्रको आधा दर्जन गोल, जावलाखेलको सहज जित एनभिए लिगमा २० टिम, विवादपछि गण्डकीले नखेल्ने म्यानचेस्टर युनाइटेडका कप्तान फर्नान्डेज घाइते अफ्रिका कप अफ नेशन्समा मोरक्कोको विजयी सुरुआत रोजर्सको दुई गोलमा युनाइटेडमाथि भिल्लाको जित १० खेलाडीमा सीमित भियारियालमाथि शीर्ष टोली बार्सिलोनाको जित अपराजित बायर्नमा केनको प्रभाव कायम इटालियन सिरी ‘ए’मा फियोरेन्टिनाको पहिलो जित

तस्बिरमा काभाको फाइनलः उपाधि भारतलाई, नेपाल फेरि एकपटक चुक्यो

काठमाडौं । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेशन्स लिगको चौथो संस्करण बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा सम्पन्न भएको छ ।

पाँच सेटसम्म चलेको फाइनल प्रतिस्पर्धामा नेपाली महिला टोलीले फेरि एकपटक भाग्यको साथ नपाउँदा भारतलाई नतिजा सुम्पँदै उपाधिबाट विमूख भयो ।

२०१९ मा यही कभर्डहलमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग)को फाइनलको रिप्लेका रुपमा सम्पन्न काभाको फाइनलमा पनि उस्तै नतिजा निस्कियो ।

सागमा पनि भारतले पाँच सेटसम्म चलेको फाइनलमा जित हासिल गर्दै उपाधि जितेको थियो ।

नेपाल निर्णायक पाँचौं सेटमा १५–५ को फराकिलो नतिजामा निराश हुँदा साग फाइनलको बदला लिने अवसरमा चुक्यो ।

यही प्रतियोगिताको समूह चरणको खेलमा शनिबार नेपालले भारतमाथि पाँच सेटको खेलमा ३–२ को जित हासिल गरेको थियो ।

निर्णायक खेलमा त्यसको बदला लिँदै भारतले उपाधि कव्जा गर्यो । नेपाल भने रजत पदकमा सीमित भयो ।

बंगलादेशमा सन् २०१९ र २०२१ मा सम्पन्न काभा महिला च्याम्पियनसिपको पहिलो दुई संस्करणमा स्वर्ण पदक जितेको नेपालले गतवर्ष त्रिपुरेश्वरमा कांस्य पदकमा चित्त बुझाएको थियो ।

पाँच टिम सहभागी प्रतियोगितामा बुधबार श्रीलंकामाथि सोझो सेटमा जित हासिल गर्दै इरानले तेस्रो स्थान हासिल गर्यो । श्रीलंका चौथो भयो भने माल्दिभ्स पुछारमा सीमित रहयो ।

प्रतियोगिताको उद्घाटन खेलमा श्रीलंकामाथि सोझो सेटमा जित हासिल गरेको नेपालले समूह चरणको अन्तिम खेलमा माल्दिभ्सलाई पनि ३–० कै नतिजामा निराश पारेको थियो ।

समूह चरणमा भारतलाई ३–२ को नतिजामा हराएको नेपाल इरानसँग त्यही अन्तरमा पराजित भएको थियो ।

उपविजेताको हैसियतमा सेमिफाइनल पुगेको नेपालले अन्तिम चारको खेलमा इरानसँग सोझो सेटमा जित हासिल गर्दै समूह चरणको बदला लिएको थियो ।

फाइनलमा पनि त्यही लयलाई कारम राख्ने लक्ष्यका साथ उच्च मनोबल लिएर कोर्ट छिरेको नेपालले त्यसअनुरुप नतिजा निकाल्न सकेन ।

पहिलो सेटमा २५–२३ को प्रतिस्पर्धात्मक जित हासिल गरेको नेपाल दोस्रो सेटमा १४–२५ ले निराश भयो ।

फेरि तेस्रो सेट नेपालले २५–२२ को अन्तरमा आफ्नो पक्षमा पार्यो ।

त्यसपछि चौथो सेट जित्ने पालो भारतको थियो । जहाँ भारत २५–२१ को नतिजा निकाल्दै खेललाई निर्णायक पाँचौं सेटमा धकेल्न सफल भयो ।

टाईब्रेकरको रुपमा रहेको पाँचौं सेटमा नेपाल निक्कै कमजोर रुपमा प्रस्तुत भयो । जसका कारण भारतले सहजै १५–५ को जित हासिल गर्यो ।

समग्रमा २५–२३, १४–२५, २५–२२, २१–२५, ५–१५ को नतिजा निकाल्दै भारतले लगातार दोस्रो पटक प्रतियोगिताको उपाधि जित्यो ।

भारतसँग लगातार दोस्रो पटक महत्वपूर्ण प्रतियोगिताको फाइनलमा चुकेपछि नेपालको काभामा तेस्रो उपाधि जित्ने सपना चकनाचुर भयो ।

जारी प्रतियोगितामा चोटका कारण नेपाली टोलीमा स्टार स्पाइकर प्रतिभा मालीको साथ थिएन ।

नेपालका मुख्य प्रशिक्षक जगदिश भट्टले योजनाअनुसार रिसिभ र सर्भिसमा प्रदर्शन गर्न नसक्दा हार भोग्नुपरेको प्रतिक्रिया दिए ।

उनले हारको जिम्मेवारी सम्पूर्ण रुपमा आफैले लिने पनि बताए । भट्टकै नेतृत्वमा नेपालले काभाका पहिलो दूई संस्करणमा स्वर्ण पदक जितेको थियो ।

यसैगरि नेपालकी कप्तान अरुणा शाहीले सोचेअनुसार प्रदर्शन हुन नसकेको प्रतिक्रिया दिइन ।

उनले पाँचौं सेटमा खेल पुगेपछि अत्याधिक दबाब महसुश भएको र त्यसलाई झेल्न नसकेको स्वीकारिन ।

नेपालले खेल जित्ने अपेक्षासहित काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, उपमेयर सुनिता शाक्य, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, पूर्वमन्त्री रामकुमारी झाँक्रीलगायतका राजनीतिज्ञहरु कभर्डहलमा उपस्थित थिए ।


भिडियो
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA
SAFF क्लब च्याम्पियनसिपले अब हुने महिला लिगलाई सहयोग गर्न सक्छ ll Anita Basnet, Captain, APF FC
SAFF क्लबको ट्रफी एपीएफ क्लबका लागि मात्र होइन,समग्र नेपालको लागि पनि निकै महत्वपूर्ण छJibesh Pandey
Deleted video
जसरी पनि सी डिभिजनमा पुग्ने लक्ष्य थियो, अब बी डिभिजनको लक्ष्य छ ।I GHANASHYAM THAPA II NPJ SPORTING
सी डिभिजन छनोट च्याम्पियन नेपालगञ्ज ११ का प्रशिक्षक जनक केसीः यो पश्चिम नेपालकै ठूलो उपलब्धि हो ।I