काठमाडौं । गण्डकी र बागमती प्रदेश सहाना प्रधान स्मृति यु-१९ राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको च्याम्पियन बनेका छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा शनिबार सम्पन्न प्रतियोगितामा गण्डकीले पुरुष तथा बागमतीले महिलातर्फको उपाधि जिते ।
पुरुषतर्फको उपाधि भिडन्तमा गण्डकीले लुम्बिनी प्रदेशविरुद्ध ३-१ सेटको जित निकाल्यो । गण्डकीले खेल २५-१५,२०-२५, २५-२०, २५-२० ले आफ्नो पक्षमा पर्यो ।

यसैगरी महिलातर्फ पनि बागमतीले लुम्बिनीविरुद्ध ३-० को सोझो सेटमा जित निकाल्यो । बागमतीले खेल २५-२१, २५-१६, २५-१८ ले आफ्नो पक्षमा पार्यो ।
यसैगरी पुरुषतर्फ बागमतीलाई हराउँदै सुदूरपश्चिम तथा महिलातर्फ कोशीलाई हराउँदै गण्डकीले तेस्रो स्थान हासिल गरे ।
दुवैतर्फका शीर्ष तीनले ३ लाख, २ लाख, १ लाख रुपैयाँ प्राप्त गरेका छन् ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
