चैत्र ८, २०८२ आइतबार | ०२:१६:०९
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

एसियाली खेलकुदका लागि पुरुष भलिबल टोली चीन प्रस्थान

 काठमाडौं । १९ औं एसियाली खेलकुदमा सहभागी हुन नेपाली राष्ट्रिय पुरुष भलिबल टोली चीन प्रस्थान गरेको छ ।

यही सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म चीनको हाङझाउमा हुने एसियाली खेलकुदमा नेपालको पुरुष र महिला दुवै टिमले सहभागिता जनाउनेछ ।

 पुरुष भलिबलको प्रतिस्पर्धा भने सेप्टेम्बर १९ देखि नै सुरु हुने भएकोले नेपाली टोली चाँडै चीन गएको हो ।

पुरुष भलिबलको खेल सेप्टेम्बर १९ देखि २६ सम्म हुनेछ । समूह ‘बी’ मा नेपालले एसियन पावर हाउस इरान र बहराइनसँग खेल्नेछ ।

नेपालले सेप्टेम्बर १९ मा बहराइन तथा  सेप्टेम्बर २० मा  इरानसँग खेल्नेछ । समूहको  शीर्ष दुईमा रहन सके नेपालले नकआउट चरणको यात्रा तय गर्नेछ ।

यस पटक पुरुष भलिबलमा समूह चरणबाट बाहिरिने टोलीमले वरियताका लागि खेल खेल्न पाउने छैनन् ।

महिलातर्फका खेल भने  सेप्टेम्बर ३० देखि अक्टोबर ८ सम्म हुनेछ । जसमा नेपालले समूह चरणमा दक्षिण कोरिया र भियतनामको समान गर्नेछ ।

१९औं एसियाली खेलकुदमा नेपालबाट २९ खेलका २ सय ५३ खेलाडी सहभागी हुँदैछन् । एसियाली खेलकुदको इतिहासमा यस पटक नेपालले सबैभन्दा धेरै खेलाडी पठाउन लागेको हो ।

नेपाली पुरुष भलिबल टोली

मानबहादुर श्रेष्ठ (कप्तान), विशालबहादुर विक, टेकराज अवस्थी, दुर्गाबहादुर खड्का, रविन चन्द, विनोद चन्द, लोकेन्द्रराज गिरी, हेमन्तबहादुर मल्ल, सफल विक, मनिष मानन्धर, धिरोजकाजी बस्नेत, सम्राट भण्डारी

मुख्य प्रशिक्षक:  हान अबिङ, प्रशिक्षकः भरत यादव, व्यवस्थापकः  रोशन श्रेष्ठ
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो