माघ १८, २०८२ आइतबार | ००:३८:१३
रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ?

किंग्स कप भलिबलः सेमिफाइनल समीकरण पूरा

फाइल तस्बिर

काठमाडौं । दोस्रो किंग्स कप पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । बिहीबार समूह चरणका खेल सकिएपछि सेमिफाइनलमा पुग्ने चार टोलीको टुङ्गो लागेको हो ।  

समूह ‘ए’ बाट गण्डकी प्रदेश र आयोजक किंग्स क्लब ,काठमाडौं तथा समूह ‘बी’ बाट विभागीय टोलीहरु नेपाल एपिएफ क्लब र नेपाल पुलिसले सेमिफाइनलमा स्थान बनाएका छन् ।

नेपाल पुलिस र नेपाल एपिएफबीचको बिहीबार भएको पहिलो खेलमा एपिएफले ३-२ को सेटमा जित निकाल्यो । एपिएफले खेल २५-१०, १५-२५, १७-२५, २५-१८ र १५-१० ले आफ्नो पक्षमा पारेको हो । खराब प्रकाशका कारण बुधबार रोकिएको यो खेल बिहीबार खेलाइएको थियो ।

दिनको दोस्रो खेलमा कोशी प्रदेशले पहिलो जित दर्ता गर्ने क्रममा गणतान्त्रिक महासंघ नेपाललाई २२-२५,२५-२३, १८-२५,२५-१८ र १५-१२ ले पराजित गरेको थियो ।

भएको तेस्रो खेलमा गन्डकीले खोटाङ नेसनल युवा संघमाथि ३-० को सोझो सेटमा जित निकाल्यो । अपराजित रहँदै सेमिफाइनमा पुगेको गण्डकीले खेल २५-१७, २५-१५ र २५-१३ को अन्तरमा जित हात पारेको हो ।

चौथो खेलमा पुलिसले खोटाङलाई २५-२१,२५-१५ र २५-२० ले हरायो । पाँचौं खेलमा आयोजक किंग्स क्लबले जिएम समाजलाई ३-० को सोझो सेटमा पराजित गर्यो । किंग्सले २५-२०, २५-१९ र २५-२० ले आफ्नो पक्षमा पारेको हो ।

बिहीबारको अन्तिम खेलमा एपिएफले नेपाल गणतान्त्रिक महासंघलाई ३-२ को सेटमा पराजित गर्यो । एपिएफले १६-२५, २५-१३, २१-२५, २५-१६ र १५-१० को जित निकलेको थियो ।

शुक्रबार पहिलो सेमिफाइनलमा समूह ‘ए’ को विजेता गण्डकी र समूह ‘बी’ को उपविजेता पुलिसले प्रतिस्पर्धा गर्नेछन् । यसैगरी दोस्रो सेमिफाइनलमा समूह ‘बी’ को विजेता एपिएफ क्लब तथा समूह ‘ए’ को उपविजेता किंग्स क्लब आमने-सामने हुनेछन् । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।