चैत्र १७, २०८२ मंगलबार | ०१:४०:४६
चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट

किंग्स कप भलिबलः सेमिफाइनल समीकरण पूरा

फाइल तस्बिर

काठमाडौं । दोस्रो किंग्स कप पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । बिहीबार समूह चरणका खेल सकिएपछि सेमिफाइनलमा पुग्ने चार टोलीको टुङ्गो लागेको हो ।  

समूह ‘ए’ बाट गण्डकी प्रदेश र आयोजक किंग्स क्लब ,काठमाडौं तथा समूह ‘बी’ बाट विभागीय टोलीहरु नेपाल एपिएफ क्लब र नेपाल पुलिसले सेमिफाइनलमा स्थान बनाएका छन् ।

नेपाल पुलिस र नेपाल एपिएफबीचको बिहीबार भएको पहिलो खेलमा एपिएफले ३-२ को सेटमा जित निकाल्यो । एपिएफले खेल २५-१०, १५-२५, १७-२५, २५-१८ र १५-१० ले आफ्नो पक्षमा पारेको हो । खराब प्रकाशका कारण बुधबार रोकिएको यो खेल बिहीबार खेलाइएको थियो ।

दिनको दोस्रो खेलमा कोशी प्रदेशले पहिलो जित दर्ता गर्ने क्रममा गणतान्त्रिक महासंघ नेपाललाई २२-२५,२५-२३, १८-२५,२५-१८ र १५-१२ ले पराजित गरेको थियो ।

भएको तेस्रो खेलमा गन्डकीले खोटाङ नेसनल युवा संघमाथि ३-० को सोझो सेटमा जित निकाल्यो । अपराजित रहँदै सेमिफाइनमा पुगेको गण्डकीले खेल २५-१७, २५-१५ र २५-१३ को अन्तरमा जित हात पारेको हो ।

चौथो खेलमा पुलिसले खोटाङलाई २५-२१,२५-१५ र २५-२० ले हरायो । पाँचौं खेलमा आयोजक किंग्स क्लबले जिएम समाजलाई ३-० को सोझो सेटमा पराजित गर्यो । किंग्सले २५-२०, २५-१९ र २५-२० ले आफ्नो पक्षमा पारेको हो ।

बिहीबारको अन्तिम खेलमा एपिएफले नेपाल गणतान्त्रिक महासंघलाई ३-२ को सेटमा पराजित गर्यो । एपिएफले १६-२५, २५-१३, २१-२५, २५-१६ र १५-१० को जित निकलेको थियो ।

शुक्रबार पहिलो सेमिफाइनलमा समूह ‘ए’ को विजेता गण्डकी र समूह ‘बी’ को उपविजेता पुलिसले प्रतिस्पर्धा गर्नेछन् । यसैगरी दोस्रो सेमिफाइनलमा समूह ‘बी’ को विजेता एपिएफ क्लब तथा समूह ‘ए’ को उपविजेता किंग्स क्लब आमने-सामने हुनेछन् । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो