माघ १५, २०८२ बिहीबार | १६:२७:१२
वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि

नयाँ खेलाडीले अनुभव बटुल्न पाएः कप्तान अरुणा

फाइल फोटो

काठमाडाैं । नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान अरुणा शाहीले घरेलु कोर्टमै नेपालकाे सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला च्यालेन्ज कप भलिबल प्रतियोगिताको उपाधिमा ह्याट्रिक गर्ने सपना पूरा नभए पनि यसबाट नयाँ खेलाडीले राम्रो अनुवभर बटुल्ने अवसर प्राप्त गरेको बताएकी छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा आइतबार तेस्रो स्थानका लागि भएको खेलमा उज्वेकिस्तानलाई ३-१ को सेटमा पराजित गरेपछि अरुणाले प्रतियोगिताबाट नयाँ खेलाडीले राम्रो अनुभव बटुल्ने अवसर पाएको बताएकी हुन् ।

‘समग्रमा माथिल्ला टोलीसँग खेल्दा राम्रो अनुभव भयो । यसले आगमी प्रतियोगिताहरुमा सहज बनाउँछ । यसबाट धेरै सिकेका छौँ । घरेलु कोर्टमै ह्याट्रिक गर्ने सपना अधुरै रह्यो । तीन महिनापछि एसियन गेम्स खेल्दै छौं । त्यहाँ हाई लेभलका टिम हुन्छन्,’ अरुणाले भनिन्, ‘भारत र काजकिस्तानको खेलबाट टप खेलाडीसँग कसरी खेल्नु पर्छ भन्ने सिक्ने अवसर प्राप्त भयो । यहि टिम एसियन गेम्समा जान्छौं भन्ने छैन । अहिलेका कति खेलाडी हुन्छन् थाहा छैन । नयाँ खेलाडीबाट खुसी छु । उनीहरुले पहिलो प्रतियोगितामै राम्रो प्रदर्शन गरे । यो प्रतियोगिता नयाँ खेलाडीलाई अनुभव बटुल्ने राम्रो माध्यम बन्यो । सिनियर प्लेयरबाट खेल केही तलमाथी भयो ।समग्रमा भन्नु पर्दा राम्रो प्रदर्शन गरेका छौं ।’

यसैगरी प्रशिक्षक यान डि ब्रन्टले राम्रोसँग तयारी गर्न पाएको खण्डमा टोली अर्कै स्तरको बन्ने बताए ।

‘हामीले कांस्य जित्यौ । उज्वेकिस्तान ठिकै ठियो । हामीले दोस्रो सेटमा सर्भिस चेन्ज गर्यौ । त्यसपछी दबाब राख्यौ र सहज जित निकाल्यौ । अट्याकमा केही गल्ती भएको थियो,’ ब्रन्टले भने,‘ यो टोलीको भविष्य राम्रो छ । नयाँ खेलाडीको राम्रो सुरुआत छ। ४/५ जना टेक्निकल्ली रुपमा राम्रा छन् । एसियन गेम्सका लागि राम्रोसँग तयारी पाए उत्कृष्ट  प्रदर्शन गर्न सक्छौं । सबै खेलाडी सबै पोजिसनमा राम्रा छन् । टोली अर्को स्तरको बन्न सक्छ ।’

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।