चैत्र १६, २०८२ सोमबार | १८:०९:२५
लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य

नयाँ खेलाडीले अनुभव बटुल्न पाएः कप्तान अरुणा

फाइल फोटो

काठमाडाैं । नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान अरुणा शाहीले घरेलु कोर्टमै नेपालकाे सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला च्यालेन्ज कप भलिबल प्रतियोगिताको उपाधिमा ह्याट्रिक गर्ने सपना पूरा नभए पनि यसबाट नयाँ खेलाडीले राम्रो अनुवभर बटुल्ने अवसर प्राप्त गरेको बताएकी छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा आइतबार तेस्रो स्थानका लागि भएको खेलमा उज्वेकिस्तानलाई ३-१ को सेटमा पराजित गरेपछि अरुणाले प्रतियोगिताबाट नयाँ खेलाडीले राम्रो अनुभव बटुल्ने अवसर पाएको बताएकी हुन् ।

‘समग्रमा माथिल्ला टोलीसँग खेल्दा राम्रो अनुभव भयो । यसले आगमी प्रतियोगिताहरुमा सहज बनाउँछ । यसबाट धेरै सिकेका छौँ । घरेलु कोर्टमै ह्याट्रिक गर्ने सपना अधुरै रह्यो । तीन महिनापछि एसियन गेम्स खेल्दै छौं । त्यहाँ हाई लेभलका टिम हुन्छन्,’ अरुणाले भनिन्, ‘भारत र काजकिस्तानको खेलबाट टप खेलाडीसँग कसरी खेल्नु पर्छ भन्ने सिक्ने अवसर प्राप्त भयो । यहि टिम एसियन गेम्समा जान्छौं भन्ने छैन । अहिलेका कति खेलाडी हुन्छन् थाहा छैन । नयाँ खेलाडीबाट खुसी छु । उनीहरुले पहिलो प्रतियोगितामै राम्रो प्रदर्शन गरे । यो प्रतियोगिता नयाँ खेलाडीलाई अनुभव बटुल्ने राम्रो माध्यम बन्यो । सिनियर प्लेयरबाट खेल केही तलमाथी भयो ।समग्रमा भन्नु पर्दा राम्रो प्रदर्शन गरेका छौं ।’

यसैगरी प्रशिक्षक यान डि ब्रन्टले राम्रोसँग तयारी गर्न पाएको खण्डमा टोली अर्कै स्तरको बन्ने बताए ।

‘हामीले कांस्य जित्यौ । उज्वेकिस्तान ठिकै ठियो । हामीले दोस्रो सेटमा सर्भिस चेन्ज गर्यौ । त्यसपछी दबाब राख्यौ र सहज जित निकाल्यौ । अट्याकमा केही गल्ती भएको थियो,’ ब्रन्टले भने,‘ यो टोलीको भविष्य राम्रो छ । नयाँ खेलाडीको राम्रो सुरुआत छ। ४/५ जना टेक्निकल्ली रुपमा राम्रा छन् । एसियन गेम्सका लागि राम्रोसँग तयारी पाए उत्कृष्ट  प्रदर्शन गर्न सक्छौं । सबै खेलाडी सबै पोजिसनमा राम्रा छन् । टोली अर्को स्तरको बन्न सक्छ ।’

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो