चैत्र १३, २०८२ शुक्रबार | ०१:५९:४१
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

भारत र काजकिस्तानलाई हराउन गाह्रो छः प्रशिक्षक ब्रन्ट

फाइल तस्बिर

काठमाडौं ।  नेपाली महिला भलिबल टोलीका प्रशिक्षक यान डि ब्रन्टले अहिलो तयारीले भारत काजकिस्तान जस्ता बलिया टोलीलाई हराउन गाह्रो हुने बताएका छन् ।

सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला च्यालेन्ज कप भलिबल प्रतियोगिताको दोस्रो सेमिफाइनलमा काजकिस्तानसँग ३-२ को सेटमा पराजित भएपछि ब्रन्टले अहिलेको भारत र काजकिस्तानलाई हराउन गाह्रो हुने बताएका हुन् ।

‘सुरुआती तीन सेट राम्रो थियो । पहिलो सेट जितेको भए खेल सोझो सेटमा हाम्रो पक्षमा हुन्थ्यो। स्टोङ ब्ल्क भयो ।  रिसिभमा गुमायौ ५/६ अंक । धेरै गल्ती भयो । पाँचौं सेटमा नि गल्ती भयो । अट्याक राम्रो भए पनि रिसिभ भएन । भारत र काजकिस्तानका खेलाडी राम्रा छन् । ब्लक राम्रो गर्छन् । हामीले ब्लकबाट जम्मा एक तथा काउन्टरबाट २/३ अंक मात्र ल्याउन सक्यौं,‘ प्रशिक्षक ब्रन्टले भने ,‘डिफेन्स र सर्भिस पनि भएन । अुनभवी खेलाडी कम छन् । हामीले राम्रोसँग अभ्यास पनि गर्न पाएनौं । ट्याक्टिकल रुपमा उनीहरु राम्रा रहे । अहिलेको तयारीले हामीलाई भारत र काजकिस्तान हराउन गाह्रो छ । दोस्रो र तेस्रो सेटमा अट्याक र सर्भिस राम्रो भएको थियो । अग्लो टिमविरुद्ध अट्याकमा गाह्रो हुन्छ । ’

यसैगरी कप्तान अरुणा शाहीले तयारी अनुसार टोलीले राम्रो प्रदर्शन गरेको बताइन् ।


‘पहिलो सेटमा ६/७ सर्भिस गुमायौँ । दोस्रो र तेस्रो सेटमा राम्रो कमब्याक भयो । चौथो सेटमा पछाडि रिसिभमा समस्या भयो । फाइनल पुग्नु मात्रै ठूलो हैन । लेभल के छ । कस्तो प्रदर्शन गर्यौ  त्यो पनि हेर्नु पर्छ । काजकिस्तान हामी भन्दा हाई लेभलको छ,‘ अरुणाले भनिन्,‘पहिलाको भन्दा राम्रो प्रदर्शन गरेका छौँ । फिजिकल टोलीविरुद्ध यो प्रदर्शन राम्रो हो । आज सर्भिस धेरै मिस भयो । अहिलेको टोली नै सबैभन्दा राम्रो हो । सोचेको जस्तो खेलेका थियौं । टोलीमा नयाँ खेलाडी छन् । कम समयको तयारीले यतीको प्रदर्शन गर्नु नराम्रो होइन । ब्लकमा समस्या छ ।’

काजकिस्तानसँग पराजित भएसँगै अघिल्ला दुवै संस्करणको विजेता नेपालले तेस्रो स्थानका लागि हुने खेलमा उज्वेकिस्तानको सामना गर्नुपर्ने भएको छ ।

यसैगरी उपाधिका लागि काजकिस्तान र भारत भिड्नेछन् । पहिलो सेमिफाइनलमा भारतले उज्वेकिस्तानलाई ३-० को सोझो सेटमापराजित गरेको थियो । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो