माघ १८, २०८२ आइतबार | १४:४१:५१
काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित

भारत र काजकिस्तानलाई हराउन गाह्रो छः प्रशिक्षक ब्रन्ट

फाइल तस्बिर

काठमाडौं ।  नेपाली महिला भलिबल टोलीका प्रशिक्षक यान डि ब्रन्टले अहिलो तयारीले भारत काजकिस्तान जस्ता बलिया टोलीलाई हराउन गाह्रो हुने बताएका छन् ।

सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला च्यालेन्ज कप भलिबल प्रतियोगिताको दोस्रो सेमिफाइनलमा काजकिस्तानसँग ३-२ को सेटमा पराजित भएपछि ब्रन्टले अहिलेको भारत र काजकिस्तानलाई हराउन गाह्रो हुने बताएका हुन् ।

‘सुरुआती तीन सेट राम्रो थियो । पहिलो सेट जितेको भए खेल सोझो सेटमा हाम्रो पक्षमा हुन्थ्यो। स्टोङ ब्ल्क भयो ।  रिसिभमा गुमायौ ५/६ अंक । धेरै गल्ती भयो । पाँचौं सेटमा नि गल्ती भयो । अट्याक राम्रो भए पनि रिसिभ भएन । भारत र काजकिस्तानका खेलाडी राम्रा छन् । ब्लक राम्रो गर्छन् । हामीले ब्लकबाट जम्मा एक तथा काउन्टरबाट २/३ अंक मात्र ल्याउन सक्यौं,‘ प्रशिक्षक ब्रन्टले भने ,‘डिफेन्स र सर्भिस पनि भएन । अुनभवी खेलाडी कम छन् । हामीले राम्रोसँग अभ्यास पनि गर्न पाएनौं । ट्याक्टिकल रुपमा उनीहरु राम्रा रहे । अहिलेको तयारीले हामीलाई भारत र काजकिस्तान हराउन गाह्रो छ । दोस्रो र तेस्रो सेटमा अट्याक र सर्भिस राम्रो भएको थियो । अग्लो टिमविरुद्ध अट्याकमा गाह्रो हुन्छ । ’

यसैगरी कप्तान अरुणा शाहीले तयारी अनुसार टोलीले राम्रो प्रदर्शन गरेको बताइन् ।


‘पहिलो सेटमा ६/७ सर्भिस गुमायौँ । दोस्रो र तेस्रो सेटमा राम्रो कमब्याक भयो । चौथो सेटमा पछाडि रिसिभमा समस्या भयो । फाइनल पुग्नु मात्रै ठूलो हैन । लेभल के छ । कस्तो प्रदर्शन गर्यौ  त्यो पनि हेर्नु पर्छ । काजकिस्तान हामी भन्दा हाई लेभलको छ,‘ अरुणाले भनिन्,‘पहिलाको भन्दा राम्रो प्रदर्शन गरेका छौँ । फिजिकल टोलीविरुद्ध यो प्रदर्शन राम्रो हो । आज सर्भिस धेरै मिस भयो । अहिलेको टोली नै सबैभन्दा राम्रो हो । सोचेको जस्तो खेलेका थियौं । टोलीमा नयाँ खेलाडी छन् । कम समयको तयारीले यतीको प्रदर्शन गर्नु नराम्रो होइन । ब्लकमा समस्या छ ।’

काजकिस्तानसँग पराजित भएसँगै अघिल्ला दुवै संस्करणको विजेता नेपालले तेस्रो स्थानका लागि हुने खेलमा उज्वेकिस्तानको सामना गर्नुपर्ने भएको छ ।

यसैगरी उपाधिका लागि काजकिस्तान र भारत भिड्नेछन् । पहिलो सेमिफाइनलमा भारतले उज्वेकिस्तानलाई ३-० को सोझो सेटमापराजित गरेको थियो । 
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।