पुस २८, २०८२ मंगलबार | २०:४०:२६
साफ महिला फुटसल च्याम्पियनसिपः श्रीलंकासँग बराबरीमा रोकियो नेपाल साफ महिला फुटसल च्याम्पियनसिपः श्रीलंकाविरुद्ध पहिलो हाफमा नेपाललाई अग्रता साफ महिला फुटसल च्याम्पियनसिपः पाकिस्तान र भुटानले खेल्यो बराबरी साफ महिला फुटसल च्याम्पियनसिपः माल्दिभ्सविरुद्ध भारतको सहज जित युभेन्ट्सको पाँच गोल रोनाल्डोको अल नासर पराजित लगातार खराब प्रदर्शनपछि रियालले हटायो प्रशिक्षक सुखद सुरुआतको लक्ष्यमा नेपाल, श्रींलकासँग खेल्दै पोखरा स्पोर्टस अवार्ड वैशाख १८ मा हुने सिन्धुपाल्चोक जिल्ला फुटबल कार्यालयमा तालाबन्दी साफ महिला फुटसल च्याम्पियनसिपः श्रीलंकासँग बराबरीमा रोकियो नेपाल साफ महिला फुटसल च्याम्पियनसिपः श्रीलंकाविरुद्ध पहिलो हाफमा नेपाललाई अग्रता साफ महिला फुटसल च्याम्पियनसिपः पाकिस्तान र भुटानले खेल्यो बराबरी साफ महिला फुटसल च्याम्पियनसिपः माल्दिभ्सविरुद्ध भारतको सहज जित युभेन्ट्सको पाँच गोल रोनाल्डोको अल नासर पराजित लगातार खराब प्रदर्शनपछि रियालले हटायो प्रशिक्षक सुखद सुरुआतको लक्ष्यमा नेपाल, श्रींलकासँग खेल्दै पोखरा स्पोर्टस अवार्ड वैशाख १८ मा हुने सिन्धुपाल्चोक जिल्ला फुटबल कार्यालयमा तालाबन्दी

काजकिस्तान लगातार दोस्रो खेलमा विजयी

काठमाडौं । उपाधि दावेदार काजकिस्तानले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला च्यालेन्ज कप भलिबल प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ ।

काजकिस्तानले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा मंगलबार सम्पन्र दाेस्राे खेलमा श्रीलंकालाई ३-१ को सोटमा पराजित गरेको हो ।


पहिलोसेट २५-१६ ले आफ्नो पक्षमा पारेको काजकिस्तानले निकै प्रतिस्पर्धात्मक बनेको दोस्रो सेट २८-२६ ले जितेको थियो ।

तेस्रो सेट २५-१८ ले आफ्नो पक्षमा पार्दै श्रीलंकाले खेलमा फर्किने संकेत गरेको थियो । निकै रोमाञ्चक बनेको चौथो सेट २९-२७ ले जित्दै काजकिस्तानले खेल आफ्नो पक्षमा पारेको हो ।

लगातार दोस्रो जितसँगै समूह ‘बी’ को काजकिस्तानले ६ अंक जोड्दै सेमिफाइनल सम्भावनालाई बलियो बनाएको छ । लगातार दोस्रो पराजय ब्यहारेको श्रीलंका अंक विहिन छ ।

पहिलो खेलमा काजकिस्तानले माल्दिभ्सलाई ३-० को सोझो सेटमा हराउँदा श्रीलंका उज्वेकिस्तानसँथ ३-० कै सेटमा पराजित भएको थियो ।

समूह चरणको अन्तिम खेलमा बुधबार काजकिस्तानले उज्वेकिस्तान तथा श्रीलंकाले माल्दिभ्सको सामना गर्नेछन् ।

मंगलबार नै सम्पन्न पहिलो खेलमा भारतले किर्गिस्तानलाई ३-० को सोझो सेटमा हराएको थियो ।

यसैगरी मंगलबार नै दिउँसो ३ बजे नेपाल र बंगलादेश तथा साँझ ६ः३० बजे उज्वेकिस्तान र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ ।

 

 


 


भिडियो
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||