चैत्र १५, २०८२ आइतबार | ०२:०७:१२
दीपेन्द्र बेन्चमा भएको खेलमा इस्लामाबाद पराजित बेंगलुरुको विजयी सुरुवात सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण दीपेन्द्र बेन्चमा भएको खेलमा इस्लामाबाद पराजित बेंगलुरुको विजयी सुरुवात सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण

न्यु डायमन्ड कपः एभरेस्ट, धादिङ र ब्राइट फ्युचर सेमिफाइनलमा

काठमाडौं । एभरेस्ट मावि बुटवल, धादिङ स्पोर्टस क्लब धादिङ र ब्राइट फ्युचर मावि सलकपुर मोरङ काठमाडौंमा जारी बागमती प्रदेश न्यु डायमन्ड कप यु-१८ खुल्ला राष्ट्रिय महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

एभरेस्ट समूह ‘क’ को विजेता तथा धादिङ उपविजेता बनेर अन्तिम चारमा पुग्दा ब्राइट फ्युचर समूह ‘ख’ को उपविजेताको रुपमा अघि बढेको हो । समूह ‘ख’ बाट यसअघि नै आयोजक न्यु डायमन्ड युथ स्पोर्टस क्लब समूह विजेता बनेर सेमिफाइनलमा पुगिसकेको छ ।

पुरानो नैकापस्थित न्यु डायमन्डको निर्माणधीन कोर्टमा बिहीबार भएको खेलमा एभरेस्ट दोहोरो सफलता हात पार्दै समूह ‘क’ को विजेता बनेको हो ।

पहिलो खेलमा दुप्चेश्वर गाँउपालिका नुवाकोटलाई २५-४, २५-४ र २५-१० ले पराजित गरेको एभरेस्टले आफ्नो समूहको अन्तिम खेलमा नमोबुद्ध नगरपालिका काभ्रेलाई २५-१३, २५-८ र २५-८ ले पराजित गरेको थियो । यस जितसँगै एभरेस्टले तीन खेलबाट ९ अंक बटुल्यो ।

अर्को खेलमा धादिङ स्पोर्टस क्लबले नमोबुद्ध नगरपालिकालाई २५-१५, २५-१६ र २५-१८ ले पराजित गर्दै समूह उपविजेता बन्यो । धादिङले तीन खेलबाट ६ अंक बटुल्यो । बिहीबार दुई खेलमा हार बेहोरेको नमोबुद्धले तीन खेलबाट तीन अंक बटुलेर तथा दुप्चेश्वर जित तथा अंकविहीन हुँदै बाहिरियो ।

अर्को खेलमा ब्राइट फ्युचरले परोपकार आदर्श माविलाई २५-१४, २५-१४ र २५-२२ ले  पराजित गर्दै समूह ‘ख’ को उपविजेता बन्दै सेमिफाइनलमा पुग्न सफल भयो । ब्राइट फ्युचरले दुई खेलबाट तीन अंक जोड्यो । परोपकार अंक र जितविहीन हुँदै बाहिरियो ।

यससँगै च्याम्पियनसिपको सेमिफाइनल समिकरण पूरा भएको छ । अब सेमिफाइनलमा शुक्रबार समूह ‘क’ को विजेता एभरेस्ट र ‘ख’ को उपपिवजेता ब्राइट फ्युचरबीच तथा समूह ‘ख’ को विजेता डायमण्ड र ‘क’ को उपविजेता धादिङबीच प्रतिस्पर्धा हुनेछ ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो