माघ १६, २०८२ शुक्रबार | १६:३३:०४
साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो

न्यु डायमन्ड कपः एभरेस्ट, धादिङ र ब्राइट फ्युचर सेमिफाइनलमा

काठमाडौं । एभरेस्ट मावि बुटवल, धादिङ स्पोर्टस क्लब धादिङ र ब्राइट फ्युचर मावि सलकपुर मोरङ काठमाडौंमा जारी बागमती प्रदेश न्यु डायमन्ड कप यु-१८ खुल्ला राष्ट्रिय महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

एभरेस्ट समूह ‘क’ को विजेता तथा धादिङ उपविजेता बनेर अन्तिम चारमा पुग्दा ब्राइट फ्युचर समूह ‘ख’ को उपविजेताको रुपमा अघि बढेको हो । समूह ‘ख’ बाट यसअघि नै आयोजक न्यु डायमन्ड युथ स्पोर्टस क्लब समूह विजेता बनेर सेमिफाइनलमा पुगिसकेको छ ।

पुरानो नैकापस्थित न्यु डायमन्डको निर्माणधीन कोर्टमा बिहीबार भएको खेलमा एभरेस्ट दोहोरो सफलता हात पार्दै समूह ‘क’ को विजेता बनेको हो ।

पहिलो खेलमा दुप्चेश्वर गाँउपालिका नुवाकोटलाई २५-४, २५-४ र २५-१० ले पराजित गरेको एभरेस्टले आफ्नो समूहको अन्तिम खेलमा नमोबुद्ध नगरपालिका काभ्रेलाई २५-१३, २५-८ र २५-८ ले पराजित गरेको थियो । यस जितसँगै एभरेस्टले तीन खेलबाट ९ अंक बटुल्यो ।

अर्को खेलमा धादिङ स्पोर्टस क्लबले नमोबुद्ध नगरपालिकालाई २५-१५, २५-१६ र २५-१८ ले पराजित गर्दै समूह उपविजेता बन्यो । धादिङले तीन खेलबाट ६ अंक बटुल्यो । बिहीबार दुई खेलमा हार बेहोरेको नमोबुद्धले तीन खेलबाट तीन अंक बटुलेर तथा दुप्चेश्वर जित तथा अंकविहीन हुँदै बाहिरियो ।

अर्को खेलमा ब्राइट फ्युचरले परोपकार आदर्श माविलाई २५-१४, २५-१४ र २५-२२ ले  पराजित गर्दै समूह ‘ख’ को उपविजेता बन्दै सेमिफाइनलमा पुग्न सफल भयो । ब्राइट फ्युचरले दुई खेलबाट तीन अंक जोड्यो । परोपकार अंक र जितविहीन हुँदै बाहिरियो ।

यससँगै च्याम्पियनसिपको सेमिफाइनल समिकरण पूरा भएको छ । अब सेमिफाइनलमा शुक्रबार समूह ‘क’ को विजेता एभरेस्ट र ‘ख’ को उपपिवजेता ब्राइट फ्युचरबीच तथा समूह ‘ख’ को विजेता डायमण्ड र ‘क’ को उपविजेता धादिङबीच प्रतिस्पर्धा हुनेछ ।

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।