भाद्र २२, २०८१ शनिबार | १६:३६:१९
एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा यस्तो छ पारा ओलम्पिकमा नेपालको इतिहास पेरिस पारा ओलम्पिक खेलेकाहरू प्रदीप गोवर्धनः पलेशाको सफलतामा हैँसे गर्ने नायक कबड्डी संघले सुरु गर्यो निर्णायक तथा प्रशिक्षक तालिम हिमालयन तीज चेस:शान्ति च्याम्पियन अन्तर्राष्ट्रिय पदक विजेता रन्जित सम्मानित रवि शाही रेफ्री कमिसनको सदस्यमा चयन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा यस्तो छ पारा ओलम्पिकमा नेपालको इतिहास पेरिस पारा ओलम्पिक खेलेकाहरू प्रदीप गोवर्धनः पलेशाको सफलतामा हैँसे गर्ने नायक कबड्डी संघले सुरु गर्यो निर्णायक तथा प्रशिक्षक तालिम हिमालयन तीज चेस:शान्ति च्याम्पियन अन्तर्राष्ट्रिय पदक विजेता रन्जित सम्मानित रवि शाही रेफ्री कमिसनको सदस्यमा चयन

पलेशाको पुरस्कार रकममा कर नकाटिने

पलेशा गोबर्धनसँग प्रभानमन्त्री केपी शर्मा ओली ।

काठमाडौं । पारा ओलम्पिकमा नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाउने तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई सरकारले कर कट्टा नगरी ६५ लाख रुपैयाँ पुरस्कार दिने भएको छ । 

प्रधानमन्त्री निवास, बालुवाटारमा बुधबार आयोजित बधाई तथा सम्मान कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले पुरस्कार रकममा कुनै कर नकाटिने घोषणा गरे ।  

पेरिस पारा ओलम्पिकमा के-४४ अन्तर्गत महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा पलेशाले कांस्य पदक जितेकी थिइन् ।

उनी ओलम्पिकमा पदक जित्ने उनी पहिलो नेपाली खेलाडी  हुन् ।

प्रधानमन्त्री ओलीले यो उपलब्धी इतिहासमा लेखिने भन्दै अझ धेरै गर्न बाँकी रहेको बताए ।

‘यस पटक हामीले पारा ओलम्पिकमा सहभागितामा मात्रै सिमित भएनौं । पलेशाको जित नेपालीको जित हो । नेपालको इज्जत बढाएको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘यो उपलब्धी इतिहासमा लेखिने छ । तर एउटै उपलब्धीमा चित्त बुझाएर बस्नु हुँदैन । यो त सुरुआत मात्रै हो, अझ धेरै गर्न बाँकी छ ।’

प्रधानमन्त्री ओलीले प्रशिक्षक, व्यवस्थापक र सहभागी खेलाडीलाई पनि सम्मान गरेका थिए ।

गत शुक्रबार पेरिसस्थित ग्रान्ड प्यालेसमा रिपेचेजको कांस्य पदक भिडन्तमा पलेशाले सर्बियाकी मरिजा मिसेभलाई १५–८ ले पराजित गर्दै नेपाललाई ऐतिहासिक सफलता दिलाएकी थिइन् ।

रिपेचेजको पहिलो खेलमा पलेशाले फ्रान्सकी सोफी काभर्जनलाई २–१ ले हराएकी थिइन् ।

रिपेचेजअघि पहिलो चरणमा भेनुजुएलाकी भलेरिया मोराल्सलाई एक पक्षीय खेलमा ३१–० ले पराजित गर्दै क्वार्टरफाइनल पुगेकी पलेशा शीर्ष वरीयताकी ब्राजिलियन खेलाडी सिल्भाना फर्नान्डेजसँग ८–१० ले पछि परेकी थिइन् ।

 


भिडियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024