चैत्र १६, २०८२ सोमबार | १२:३६:०५
लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित

विल्सन, कश्यप र रिब्स च्याम्पियन

प्रतियोगिता विजेतालगायत ।

काठमाडौं ।विल्सन एकेडेमी, कश्यप र रिब्सले चौथो केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा  हनिबार च्याम्पिण्न बनेका छन् ।

विल्सनले सिनियर ब्वाइज, कश्यपले जुनियर ब्वाइज र रिब्सले सिनियर गर्ल्सको उपाधि जिते । तीनै टोलीले पहिलो पटक उपाधि उचालेका हुन् ।

बुद्धनगरस्थित आयोजक केएमसीको कोर्टमा भएको विल्सनले हेम्सविरुद्ध ४५-४१ रोमाञ्चक जित निकाल्यो । विल्सनको जितमा रेहान डंगोलले १९ अंक योगदान गरे ।

एलेन लामाको १३ अंक सहयोगमा कश्यपले नेरिक एकेडेमीलाई ३२-२९ साँधुरो अन्तरले हरायो ।

रिब्सले साबिक विजेता एनसिसीएसलाई ३५-२६ ले निरास बनायो । खेल दुई पटक अत्तिरिक्त समयमा गएको थियो । रिब्सकी सुप्रिया मल्लले १५ स्कोर गरिन् ।

फाइनलका सर्वाधिक स्कोरकर्ता रेहान, एलेन र सुप्रिया आ-आफ्नो विधामा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । सिनियर ब्वाइजमा गोदावरी रेसिडेन्सियल स्कुल, जुनियर ब्वाइजमा काठमाडौं शिक्षालय र सिनियर गर्ल्समा क्यान्भासले अनुशासित टिमको ट्रफी हात पारे ।

विजेतालाई बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री सुरजचन्द्र लामिछाने, नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापा, केएमसीका कार्यकारी निर्देशक ध्रुव भट्टराई, एसोसिएट निर्देशक प्रा.डा. मनोजकुमार थापा, शैक्षिक निर्देशक प्रा.डा. रमेशप्रसाद भट्टराई, प्रिन्सिपल द्वारिकानाथ अम्गाईंलगायतले पुरस्कृत गरे ।

प्रतियोगिताको सिनियर ब्वाइजमा १६, जुनियर ब्वाइजमा १२ र सिनियर गर्ल्समा आठ टिम सहभागी थिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो