माघ १५, २०८२ बिहीबार | १०:१३:३७
वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि

विल्सन, कश्यप र रिब्स च्याम्पियन

प्रतियोगिता विजेतालगायत ।

काठमाडौं ।विल्सन एकेडेमी, कश्यप र रिब्सले चौथो केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा  हनिबार च्याम्पिण्न बनेका छन् ।

विल्सनले सिनियर ब्वाइज, कश्यपले जुनियर ब्वाइज र रिब्सले सिनियर गर्ल्सको उपाधि जिते । तीनै टोलीले पहिलो पटक उपाधि उचालेका हुन् ।

बुद्धनगरस्थित आयोजक केएमसीको कोर्टमा भएको विल्सनले हेम्सविरुद्ध ४५-४१ रोमाञ्चक जित निकाल्यो । विल्सनको जितमा रेहान डंगोलले १९ अंक योगदान गरे ।

एलेन लामाको १३ अंक सहयोगमा कश्यपले नेरिक एकेडेमीलाई ३२-२९ साँधुरो अन्तरले हरायो ।

रिब्सले साबिक विजेता एनसिसीएसलाई ३५-२६ ले निरास बनायो । खेल दुई पटक अत्तिरिक्त समयमा गएको थियो । रिब्सकी सुप्रिया मल्लले १५ स्कोर गरिन् ।

फाइनलका सर्वाधिक स्कोरकर्ता रेहान, एलेन र सुप्रिया आ-आफ्नो विधामा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । सिनियर ब्वाइजमा गोदावरी रेसिडेन्सियल स्कुल, जुनियर ब्वाइजमा काठमाडौं शिक्षालय र सिनियर गर्ल्समा क्यान्भासले अनुशासित टिमको ट्रफी हात पारे ।

विजेतालाई बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री सुरजचन्द्र लामिछाने, नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापा, केएमसीका कार्यकारी निर्देशक ध्रुव भट्टराई, एसोसिएट निर्देशक प्रा.डा. मनोजकुमार थापा, शैक्षिक निर्देशक प्रा.डा. रमेशप्रसाद भट्टराई, प्रिन्सिपल द्वारिकानाथ अम्गाईंलगायतले पुरस्कृत गरे ।

प्रतियोगिताको सिनियर ब्वाइजमा १६, जुनियर ब्वाइजमा १२ र सिनियर गर्ल्समा आठ टिम सहभागी थिए ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।