काठमाडौं । चीनको हाङझाउमा जारी १९ औं एसियली खेलकुदमा बुधबार नेपालका तीनै तेक्वादो खेलाडी पराजित भएका छन् ।
लिन’ आन स्पोटस कल्चर एन्ड एग्जिबेसन सेन्टररमा सम्पन्न पुरुष ८० केजीमुनिमा ओमिद साहकसँग २-० ले पराजित हुँदा अभिषेक बरालको यात्रा अन्तिम ३२ मै सिमिति बन्यो ।
पुरुष ६८ केजीमुनिमा चाइनिज ताइपेइका यि जुयी चियुसँग २-० ले नै स्तब्ध बन्दा वीरबादुर महर अन्तिम १६ बाटै बाहिरिए ।
यसैगरी इन्द्रा बस्नेतको यात्रा पनि अन्तिम १६ बाट अगाडि बढ्न सकेन । उनी महिला ६७ केजी मुनिमा इरानमी भाकिली मिलिका मिरहुसेनीसँग २-० ले पराजित भइन् ।
पदकको निकै आशा गरिएको तेक्वान्दोमा यस पटक नेपाली खेलाडीले निकै निरासनजनक प्रदर्शन गरे । तेक्वान्दोमा अब नेपालको एउटा मात्र खेल बाँकी छ । पुरुष ८० केजी माथिमा ज्याकी यादवले बिहिबार जोर्डनका एनस सादेकको सामना गर्नेछन् ।
भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
