चैत्र १३, २०८२ शुक्रबार | ०१:११:०६
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

अन्तर्राष्ट्रिय तेक्वान्दोः शुभाङ्गीलाई स्वर्ण

पदक विजेता खेलाडीसहित निर्णायक

काठमाडौं । नेपाल प्रहरीकी शुभाङ्गी श्रेष्ठले ११ औं कोरियन एम्बासडर खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा शुक्रबार स्वर् णपदक जितेकी छन् ।

नेपालस्थित दक्षिण कोरियाली दूतावास र नेपाल तेक्वान्दो संघको संयुक्त आयोजनामा भइरहेको प्रतियोगिताको जुनियर महिला ५९ केजीमुनि फाइनलमा शुभाङ्गीले राजदेवी तेक्वान्दोकी प्रज्ञा परियारलाई पराजित गरिन् ।

सिनियर महिला ५४ केजीमुनि प्रहरीकी सीता तामाङ, जुनियर महिला ४४ केजीमुनि लैनचौर तेक्वान्दोकी लेग्डेन साङमो तामाङ तथा महिल र जुनियर महिला ६३ केजीमुनि ममता रिजालले स्वर्ण पदक जिते । जुनियर पुरुष ४५ केजीमुनि सुप्रिम वजगाईं शीर्ष स्थानमा रहे ।

सिनियर व्यक्तिगत महिला पुम्सेमा प्रहरीकी सीता तामाङ, जुनियर पुरुष टिम पुम्सेमा नुवाकोटका अपिल लामा, साजन तामाङ र केशव बराम, जुनियर महिला टिम पुम्से सैनिक, विजेश्वरीका एन्जिला मोक्तान, लक्ष्मी सुनाखरी मगर र निकिता राउत, जुनियर महिला पेयर पुम्सेमा हात्तिवन तेक्वान्दोकी रोस्लिन ओझाले स्वर्ण जिते ।

यसैगरी युकेन चौगुठी, सिनियर पेयर पुम्से ३० वर्षमाथि प्रहरीका सीता तामाङ र प्रेमकुमार दर्नाल, सिनियर पुरुष व्यक्तिगत पुम्से ३० वर्षमाथि नेपाल आर्मीका सन्जिवकुमार ओझा तथा १८–३० वर्ष सिनियर पुरुष व्यक्तिगत पुम्सेमा प्रहरीका जितबहादुर बोटले स्वर्णहात पारे ।

सिनियर महिला व्यक्तिगत पुम्सेको १८-३० वर्षमा आर्मीकी प्रशंसा क्षेत्री, सिनियर पुरुष टिम पुम्सेको ३० वर्षमाथि आर्मीका सन्जिवकुमार ओझा, रेजिन रिमाल र रामकुमार पोखरेल, सिनियर पेयर पुम्सेको १८-३० वर्षमा प्रहरीका निशा दर्नाल र अस्मिन राउत, सिनियर पुरुष टिम पुम्सेको १८-३० वर्षमा प्रहरीका जितबहादुर बोट, अञ्जन चौधरी र अस्मिन राउत तथा सिनियर महिला टिम पुम्सेको १८-३० वर्षमा प्रहरीका निशा दर्नाल, सविना घले र सुशिला राईले स्वर्ण चुमे ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो