माघ १७, २०८२ शनिबार | १७:३९:४३
नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने

टेबलटेनिसमा बागमती च्याम्पियन

टेबलटेनिसमा पदक विजेता

पोखरा । यु-१५ विद्यालय खेलकुद प्रतियोगिता अन्तर्गत टेबलटेनिसमा बागमती प्रदेश च्याम्पियन बनेको छ ।

५ स्पर्धा समावेश टेबलटेनिसमा बागमतीले स्वर्णमा ‘क्लिन स्विप’ गर्यो । बागमतीले थप ३ रजत र २ कांस्य पदक पनि हात पार्यो ।

दोस्रो स्थानको कोशीले २ रजत र २ कांस्य पदक प्राप्त गर्यो । ४ कांस्य पदक हात पारेको लुम्बिनी तेस्रो भयो । आयोजक गण्डकीले २ कांस्य पदक जित्यो ।  

बागमती प्रदेशका जयस्नु महर्जनले बिहीबार ३ स्वर्ण जिते । उनले छात्र सिंगल्स, डबल्स र मिक्स डबल्समा स्वर्ण पदक चुमे ।

पोखरा रंगशालास्थित कभर्डहलमा भएको छात्र सिंगल्स फाइनलमा जयस्नुले कोशीका सुशान्त मेहतालाई ८-११, ११-५, ११-२, ११-६ को सेटमा पराजित गरे । कोशीका गौतम तामाङ र लुम्बिनीका सुविन क्षेत्रीले कांस्य पदक प्राप्त गरे ।

 जयस्नु महर्जन

छात्रा सिंगल्समा बागमतीकी नर्मदा खाइतु च्याम्पियन बनिन् । उपाधि भिडन्तमा नर्मदाले कोशीकी सुलेखा ठाकुरलाई ११-९, ४-११, ११-५, १३-११ को सेटमा हराइन् । बागमतीका सुरम्य शाक्य र अर्शना महर्जन संयुक्तरुपमा तेश्रो स्थानमा रहे ।

विजेतालाई प्रदेश खेलकुद परिषद्, गण्डकीका सदस्यसचिव श्रीधर शर्मा र टेबलटेनिसका मुख्य प्रशिक्षक राजेन्द्र कपालीले पुरस्कार वितरण गरे  ।

  टेबलटेनिसमा सातै प्रदेशबाट समान २८ छात्र/ छात्रा गरी ५६ खेलाडी सहभागी थिए ।
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।