चैत्र ६, २०८२ शुक्रबार | ०५:३७:१८
राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित

स्वर्गिय पुष्परत्नले जिते सम्मान स्वर्ण

काठमाडौं । ललितपुरमा सञ्चालन भइरहेको पाँचौं ललितपुर महानगरपालिका मेयर कप अन्तर वडा रात्रिकालिन टेबल टेनिस प्रतियोगितामा एउटा दुखद घटना घट्यो। मूल आयोजक समितिका सचिव समेत रहेका पुष्परत्न शाक्यको ४० वर्षमाथि इभेन्टसमा प्रतिस्पर्धा गरिरहेकै बेला हृदयघातका कारण काेर्टमै  निधन भयो।

यो दुखद घटनापछि खेल एक हप्ता स्थगित भएर पुनः शुरु भएको छ । संयोग के रह्यो भने उनै स्वर्गिय पुष्परत्नले पुरुष टिम इभेन्टसमा स्वर्ण जितेका छन्।  

वडा ११ बाट खेलिरहेका स्वर्गिय पुष्परत्नको नाम निधन हुनु अगाडिनै टिम इभेन्टसको सूचीमा दर्ता थियो। त्यसपछि उनका टोलीका साथीहरुले पुष्परत्नको सम्मानस्वरुप उनको नामलाई  निरन्तरता दिने निर्णय गर्यो।

टोलीका साथीहरु नदिमरत्न शाक्य, राजेन्द्र वज्राचार्य र राजिप वज्राचार्यको टोलीले शनिबार फाइनलमा वडा १६ का मुकेश धाक्वा, रितम शाक्य, राजेन्द्र श्रेष्ठ, राजु शाक्य र किरणमुनि वज्राचार्यको टोलीसँग प्रतिस्र्धा गरेको थियो ।  

निकै प्रतिस्पर्धात्मक बनेको उक्त फाइनलमा वडा ११ ले वडा १६ लाई ३-२ ले पराजित गर्न सफल भयो। जितपछिको भावुक माहोलमा टोलीका सहयात्रीहरुले उक्त स्वर्ण स्वर्गिय पुष्परत्न प्रति समर्पित गरे।

टोलीका सदस्य नदिमरत्नले भने ‘स्वर्गिय पुष्परत्नले स्वास्थ्यका लागि खेल्न निकै जरुरी छ भन्ने सन्देश दिएर जानुभएको छ। हामी यो स्वर्ण उहाँमा समर्पित गर्न चाहन्छौं ।’ 

उक्त इभेन्टसमा वडा १२ र वडा ९ तेश्रो भए ।  प्रतियोगिताका अन्य इभेन्टसमा यु-१६ ब्वाइज सिंगल्समा वडा २० का इरिश शाक्यले स्वर्ण, वडा १८ का विशाल थापाले रजत तथा वडा ७ का मिजेन शाक्य र वडा १२ का सक्षम शाक्यले कांस्य पदक जिते ।

उक्त स्पर्धाको गर्ल्समा वडा ६ की अंकिता वज्राचार्य पहिलो, वडा ८ की सुरम्य शाक्य दोश्रो तथा वडा २० की युनिशा महर्जन र वडा १२ की इशान्भी महर्जनले कास्य पदक हात पारे ।

यु- १२ ब्वाइज सिंगल्समा वडा १६ का रिजन शाक्यले स्वर्ण, वडा १६ का स्वर्णिम शाक्यले रजत तथा वडा १२ का अयानराज शाक्य र वडा ९ का निर्भान वज्राचार्यले कांस्य पदक जिते । सो स्पर्धाको गर्ल्समा वडा १७ की अर्सना महर्जन पहिलो, वडा १६ की साइरा शाक्य दोश्रो तथा वडा १७ की अश्लेषा श्रेष्ठ र वडा १९ की निर्भी श्रेष्ठ तेश्रो भए ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो