माघ ३, २०८२ शनिबार | ११:२१:३२
युरोपका लिगहरूको उपाधि होडमा कस्को पल्ला भारी ? राष्ट्रिय लिग फुटबलका टप सिक्स प्रतिस्पर्धी विश्वकपमा पुग्न १० देशका महिला क्रिकेटर नेपाली भूमिमा भिड्दै मड्रिडमा एक्ल्याइएका प्रशिक्षक अलन्सो चासो नभएको राष्ट्रिय लिगमा छैन उत्साह एन्फा राष्ट्रिय लिगः अलिकको निर्णायक गोलमा मछिन्द्रले एनआरटीलाई हरायो साफ फुटसल च्याम्पियनसिपः पाकिस्तान र माल्दिभ्सको जित सरोज चम्किँदा नेपालले श्रीलंकालाई हरायो बलिया मछिन्द्र र एनआरटी प्रतिस्पर्धा गर्दै नेपाल र अमेरिका ‘वार्म अप’ खेल खेल्दै युरोपका लिगहरूको उपाधि होडमा कस्को पल्ला भारी ? राष्ट्रिय लिग फुटबलका टप सिक्स प्रतिस्पर्धी विश्वकपमा पुग्न १० देशका महिला क्रिकेटर नेपाली भूमिमा भिड्दै मड्रिडमा एक्ल्याइएका प्रशिक्षक अलन्सो चासो नभएको राष्ट्रिय लिगमा छैन उत्साह एन्फा राष्ट्रिय लिगः अलिकको निर्णायक गोलमा मछिन्द्रले एनआरटीलाई हरायो साफ फुटसल च्याम्पियनसिपः पाकिस्तान र माल्दिभ्सको जित सरोज चम्किँदा नेपालले श्रीलंकालाई हरायो बलिया मछिन्द्र र एनआरटी प्रतिस्पर्धा गर्दै नेपाल र अमेरिका ‘वार्म अप’ खेल खेल्दै

स्वर्गिय पुष्परत्नले जिते सम्मान स्वर्ण

काठमाडौं । ललितपुरमा सञ्चालन भइरहेको पाँचौं ललितपुर महानगरपालिका मेयर कप अन्तर वडा रात्रिकालिन टेबल टेनिस प्रतियोगितामा एउटा दुखद घटना घट्यो। मूल आयोजक समितिका सचिव समेत रहेका पुष्परत्न शाक्यको ४० वर्षमाथि इभेन्टसमा प्रतिस्पर्धा गरिरहेकै बेला हृदयघातका कारण काेर्टमै  निधन भयो।

यो दुखद घटनापछि खेल एक हप्ता स्थगित भएर पुनः शुरु भएको छ । संयोग के रह्यो भने उनै स्वर्गिय पुष्परत्नले पुरुष टिम इभेन्टसमा स्वर्ण जितेका छन्।  

वडा ११ बाट खेलिरहेका स्वर्गिय पुष्परत्नको नाम निधन हुनु अगाडिनै टिम इभेन्टसको सूचीमा दर्ता थियो। त्यसपछि उनका टोलीका साथीहरुले पुष्परत्नको सम्मानस्वरुप उनको नामलाई  निरन्तरता दिने निर्णय गर्यो।

टोलीका साथीहरु नदिमरत्न शाक्य, राजेन्द्र वज्राचार्य र राजिप वज्राचार्यको टोलीले शनिबार फाइनलमा वडा १६ का मुकेश धाक्वा, रितम शाक्य, राजेन्द्र श्रेष्ठ, राजु शाक्य र किरणमुनि वज्राचार्यको टोलीसँग प्रतिस्र्धा गरेको थियो ।  

निकै प्रतिस्पर्धात्मक बनेको उक्त फाइनलमा वडा ११ ले वडा १६ लाई ३-२ ले पराजित गर्न सफल भयो। जितपछिको भावुक माहोलमा टोलीका सहयात्रीहरुले उक्त स्वर्ण स्वर्गिय पुष्परत्न प्रति समर्पित गरे।

टोलीका सदस्य नदिमरत्नले भने ‘स्वर्गिय पुष्परत्नले स्वास्थ्यका लागि खेल्न निकै जरुरी छ भन्ने सन्देश दिएर जानुभएको छ। हामी यो स्वर्ण उहाँमा समर्पित गर्न चाहन्छौं ।’ 

उक्त इभेन्टसमा वडा १२ र वडा ९ तेश्रो भए ।  प्रतियोगिताका अन्य इभेन्टसमा यु-१६ ब्वाइज सिंगल्समा वडा २० का इरिश शाक्यले स्वर्ण, वडा १८ का विशाल थापाले रजत तथा वडा ७ का मिजेन शाक्य र वडा १२ का सक्षम शाक्यले कांस्य पदक जिते ।

उक्त स्पर्धाको गर्ल्समा वडा ६ की अंकिता वज्राचार्य पहिलो, वडा ८ की सुरम्य शाक्य दोश्रो तथा वडा २० की युनिशा महर्जन र वडा १२ की इशान्भी महर्जनले कास्य पदक हात पारे ।

यु- १२ ब्वाइज सिंगल्समा वडा १६ का रिजन शाक्यले स्वर्ण, वडा १६ का स्वर्णिम शाक्यले रजत तथा वडा १२ का अयानराज शाक्य र वडा ९ का निर्भान वज्राचार्यले कांस्य पदक जिते । सो स्पर्धाको गर्ल्समा वडा १७ की अर्सना महर्जन पहिलो, वडा १६ की साइरा शाक्य दोश्रो तथा वडा १७ की अश्लेषा श्रेष्ठ र वडा १९ की निर्भी श्रेष्ठ तेश्रो भए ।
 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate