चैत्र १२, २०८२ बिहीबार | १९:२६:५७
पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै

अन्तर वडा टेबल टेनिसः राजीव र सुस्मिता च्याम्पियन

काठमाडौं । भक्तपुर ५ का राजीव चिकवन्जार र ओखल्ढुंगा ७ की सुस्मिता खड्का तेश्रो अल नेपाल अन्तर वडा टेबल टेनिस प्रतियोगिताको खुला सिंगल्स च्याम्पियन बनेका छन् ।  राजीव पुरुष तथा सुस्मिता महिलातर्फ च्यासिम्पयन बनेका हुन् ।

स्पिन इभेन्ट प्रालिद्धारा आयोजित प्रतियोगिताको पुरुष सिंगल्स फाइनलमा राजीवले सिरहा २ का कृष्ण थापा मगरलाई ११-८, ११-७, १०-१२, ७-११, ११-९ को सेटमा पराजित गरे । वेल्कोटगढी ८ का गणन्जय दाहाल तथा सिन्धुपाल्चोक ६ का सुजन गडाल संयुक्त रुपमा तेश्रो स्थानमा रहे ।

सुमन खड्गीको मुख्य प्रायोजनामा भएको प्रतियोगिताको महिला सिंगल्सको उपाधि भिडन्तमा सुस्मिताले भुक्तपुर २ की मन्जु सुवाललाई ११-७, ११-७ , ११-१ को सोझो सेटमा पराजित गरिन् । कीर्तिपुर ६ की योङगी पौडेल र भक्तपुर ६ की यशस्वी अवालले तेश्रो स्थान हासिल गरे ।

पुरुष/ महिला सिंगल्समा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ३० हजार, १५ हजार र ७ हजार ५ सय रुपैयाँ प्राप्त गरे ।

सातदोबाटोस्थित कराते हलमा भएको प्रतियोगितामा जम्मा १० स्पर्धामा प्रतिस्पर्धा भएको थियो । अन्य स्पर्धाको यु–१६ ब्वाइज सिंगल्समा कीर्तिपुर ६ का जयस्नु महर्जन र गर्ल्समा कीर्तिपुर ६ की योङगी पौडेल तथा टिम इभेन्टको पुरुषमा ललिपतुर ६ र महिलामा भक्तपुर २ ले स्वर्ण हात पारे ।

त्यस्तै भेट्रान सिंगल्सको पुरुष ४० वर्षमाथि काठमाडौं २६ का चन्दन शाही, ५० वर्षमाथि ललितपुर ६ का राजेन्द्र कपाली र ६० वर्षमाथि धरानका राजन सुब्बा तथा महिला ४० वर्षमाथि काठमाडौं २९ की इन्दिरा पराजुलीले पहिलो स्थान हासिल गरे ।

टिम इभेन्टमा बाहेक अन्य स्पर्धामा पहिलो हुनेले १० हजार, दोश्रोले ५ हजार र तेश्रोले २ हजार ५ सय रुपैयाँ प्राप्त गरे । टिम इभेन्टमा भने नगद पुरस्कार थिएन ।

प्रतियोगितामा दिनेश बोहरा, रोज शाही, सिरा शाक्य र मेरिशा श्रेष्ठ उदीयमान खेलाडी घोषित भए ।

विजेतालाई बागमती प्रदेशका सांसद मिनकृष्ण महर्जन, आयोजक स्पिनका अध्यक्ष सुमन शाक्य लगायतले पुरस्कृत गरे । 

चार दिने प्रतियोगितामा करिब ४ सय खेलाडीले प्रतिस्पर्धा गरेको स्पिनका सचिव ज्याकी महर्जनले जनाएका छन् ।

अखिल नेपाल टेबलटेनिस संघको तत्वावधानमा भएको प्रतियोगिताको प्रायोजकमा ललितपुर महानगरपालिका, ललितपुर जिल्ला खेलकुद विकास समिति र गोदावरी नगरपालिका थिए । 

आधिकारिक बल डिएचएस तथा पोशाक गोर्खा एथलेटिक्सले प्रायोजन गरेका थिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो