माघ १६, २०८२ शुक्रबार | ०३:०१:४१
मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि

अन्तर वडा टेबल टेनिसः राजीव र सुस्मिता च्याम्पियन

काठमाडौं । भक्तपुर ५ का राजीव चिकवन्जार र ओखल्ढुंगा ७ की सुस्मिता खड्का तेश्रो अल नेपाल अन्तर वडा टेबल टेनिस प्रतियोगिताको खुला सिंगल्स च्याम्पियन बनेका छन् ।  राजीव पुरुष तथा सुस्मिता महिलातर्फ च्यासिम्पयन बनेका हुन् ।

स्पिन इभेन्ट प्रालिद्धारा आयोजित प्रतियोगिताको पुरुष सिंगल्स फाइनलमा राजीवले सिरहा २ का कृष्ण थापा मगरलाई ११-८, ११-७, १०-१२, ७-११, ११-९ को सेटमा पराजित गरे । वेल्कोटगढी ८ का गणन्जय दाहाल तथा सिन्धुपाल्चोक ६ का सुजन गडाल संयुक्त रुपमा तेश्रो स्थानमा रहे ।

सुमन खड्गीको मुख्य प्रायोजनामा भएको प्रतियोगिताको महिला सिंगल्सको उपाधि भिडन्तमा सुस्मिताले भुक्तपुर २ की मन्जु सुवाललाई ११-७, ११-७ , ११-१ को सोझो सेटमा पराजित गरिन् । कीर्तिपुर ६ की योङगी पौडेल र भक्तपुर ६ की यशस्वी अवालले तेश्रो स्थान हासिल गरे ।

पुरुष/ महिला सिंगल्समा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ३० हजार, १५ हजार र ७ हजार ५ सय रुपैयाँ प्राप्त गरे ।

सातदोबाटोस्थित कराते हलमा भएको प्रतियोगितामा जम्मा १० स्पर्धामा प्रतिस्पर्धा भएको थियो । अन्य स्पर्धाको यु–१६ ब्वाइज सिंगल्समा कीर्तिपुर ६ का जयस्नु महर्जन र गर्ल्समा कीर्तिपुर ६ की योङगी पौडेल तथा टिम इभेन्टको पुरुषमा ललिपतुर ६ र महिलामा भक्तपुर २ ले स्वर्ण हात पारे ।

त्यस्तै भेट्रान सिंगल्सको पुरुष ४० वर्षमाथि काठमाडौं २६ का चन्दन शाही, ५० वर्षमाथि ललितपुर ६ का राजेन्द्र कपाली र ६० वर्षमाथि धरानका राजन सुब्बा तथा महिला ४० वर्षमाथि काठमाडौं २९ की इन्दिरा पराजुलीले पहिलो स्थान हासिल गरे ।

टिम इभेन्टमा बाहेक अन्य स्पर्धामा पहिलो हुनेले १० हजार, दोश्रोले ५ हजार र तेश्रोले २ हजार ५ सय रुपैयाँ प्राप्त गरे । टिम इभेन्टमा भने नगद पुरस्कार थिएन ।

प्रतियोगितामा दिनेश बोहरा, रोज शाही, सिरा शाक्य र मेरिशा श्रेष्ठ उदीयमान खेलाडी घोषित भए ।

विजेतालाई बागमती प्रदेशका सांसद मिनकृष्ण महर्जन, आयोजक स्पिनका अध्यक्ष सुमन शाक्य लगायतले पुरस्कृत गरे । 

चार दिने प्रतियोगितामा करिब ४ सय खेलाडीले प्रतिस्पर्धा गरेको स्पिनका सचिव ज्याकी महर्जनले जनाएका छन् ।

अखिल नेपाल टेबलटेनिस संघको तत्वावधानमा भएको प्रतियोगिताको प्रायोजकमा ललितपुर महानगरपालिका, ललितपुर जिल्ला खेलकुद विकास समिति र गोदावरी नगरपालिका थिए । 

आधिकारिक बल डिएचएस तथा पोशाक गोर्खा एथलेटिक्सले प्रायोजन गरेका थिए ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।