चैत्र ७, २०८२ शनिबार | १६:२८:०८
आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने

मनिष र रोनिशालाई गोड स्पिन कप टेबल टेनिसको उपाधि

काठमाडौं । मनिष खरेल र रोनिशा महर्जनले प्रथम गोड स्पिन कप टेबल टेनिस प्रतियोगिताको उपाधि जितेका छन् ।

पुरुष एकलमा मनिषले आरिस महर्जनलाई पराजित गर्दै उपाधिमा कब्जा जमाउँदा महिला एकलमा मनिता सुनुवारलाई हराएर रोनिशा च्याम्पियन भइन ।

पुरुष एकलतर्फ सुमन शाक्य र जयराम महर्जन तेश्रो भए भने महिलामासनी अवाले र सुरम्या शाक्यले कांस्य पदक जिते ।

गोड स्पिन टेबल टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगिताको पुरुष एकल ६० वर्षमाथि भेट्रान्समा जगदिश्वर जोशीले स्वर्ण, उदयमोहन श्रेष्ठले रजत तथा रोशन प्रधान र खगेन्द्र ढकालले कांस्य पदक जिते ।

४० वर्षमाथि जयराम महर्जन पहिलो हुँदा उमेश मानन्धर दोस्रो तथा नरेश रावल र ज्ञानेश्वर महर्जन तेस्रो । यसैगरी ५० वर्षमाथिको इभेन्ट्समा किरण व्यञ्जन्कारले स्वर्ण पदक जित्दा नदिम शाक्यले रजत प्रकाश धाख्वा र किरणमुनि बज्राचार्यले कांस्य पदकमा चित्त  बुझाए ।

महिला एकल भेट्रानमा इन्दिरा पराजुलीले उपाधि जित्दा सविता बस्नेत केसी उपविजेता भइन । यसैगरी मन्दिरा शाक्य र सम्झना पोखरेल शाहले तेस्रो स्थान हासिल गरे ।

पुरुष युगलतर्फ सुभन शाह र समिर श्रेष्ठको जोडी पहिलो भयो । मनीष खरेल र प्रवीण श्रेष्ठको जोडी दोस्रो हुँदा सुमन शाक्य र आरिस महर्जन तथा जयराम महर्जन र निकेश जोशीको जोडीले तेस्रो स्थान हासिल गर्यो ।

विजेतालाई ललितपुर महानगरपालिका मेयर चिरीबाबु महर्जनलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो