माघ १९, २०८२ सोमबार | ०४:३७:१२
अंक दूरी बढाउँदै इन्टर पिएसजीलाई दुई अंकको अग्रता वेलिंघम एक महिना मैदान बाहिर हुने युनाइटेडको जित, सिटी टोटनहमसँग रोकियो नेपाल र भुटानलाई ‘अर्ली एक्जिट’को खतरा फ्रेन्ड्सविरुद्ध मनाङको रोमाञ्चक जित, आर्मीले श्री भगवतीलाई हरायो अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा अंक दूरी बढाउँदै इन्टर पिएसजीलाई दुई अंकको अग्रता वेलिंघम एक महिना मैदान बाहिर हुने युनाइटेडको जित, सिटी टोटनहमसँग रोकियो नेपाल र भुटानलाई ‘अर्ली एक्जिट’को खतरा फ्रेन्ड्सविरुद्ध मनाङको रोमाञ्चक जित, आर्मीले श्री भगवतीलाई हरायो अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

मनिष र रोनिशालाई गोड स्पिन कप टेबल टेनिसको उपाधि

काठमाडौं । मनिष खरेल र रोनिशा महर्जनले प्रथम गोड स्पिन कप टेबल टेनिस प्रतियोगिताको उपाधि जितेका छन् ।

पुरुष एकलमा मनिषले आरिस महर्जनलाई पराजित गर्दै उपाधिमा कब्जा जमाउँदा महिला एकलमा मनिता सुनुवारलाई हराएर रोनिशा च्याम्पियन भइन ।

पुरुष एकलतर्फ सुमन शाक्य र जयराम महर्जन तेश्रो भए भने महिलामासनी अवाले र सुरम्या शाक्यले कांस्य पदक जिते ।

गोड स्पिन टेबल टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगिताको पुरुष एकल ६० वर्षमाथि भेट्रान्समा जगदिश्वर जोशीले स्वर्ण, उदयमोहन श्रेष्ठले रजत तथा रोशन प्रधान र खगेन्द्र ढकालले कांस्य पदक जिते ।

४० वर्षमाथि जयराम महर्जन पहिलो हुँदा उमेश मानन्धर दोस्रो तथा नरेश रावल र ज्ञानेश्वर महर्जन तेस्रो । यसैगरी ५० वर्षमाथिको इभेन्ट्समा किरण व्यञ्जन्कारले स्वर्ण पदक जित्दा नदिम शाक्यले रजत प्रकाश धाख्वा र किरणमुनि बज्राचार्यले कांस्य पदकमा चित्त  बुझाए ।

महिला एकल भेट्रानमा इन्दिरा पराजुलीले उपाधि जित्दा सविता बस्नेत केसी उपविजेता भइन । यसैगरी मन्दिरा शाक्य र सम्झना पोखरेल शाहले तेस्रो स्थान हासिल गरे ।

पुरुष युगलतर्फ सुभन शाह र समिर श्रेष्ठको जोडी पहिलो भयो । मनीष खरेल र प्रवीण श्रेष्ठको जोडी दोस्रो हुँदा सुमन शाक्य र आरिस महर्जन तथा जयराम महर्जन र निकेश जोशीको जोडीले तेस्रो स्थान हासिल गर्यो ।

विजेतालाई ललितपुर महानगरपालिका मेयर चिरीबाबु महर्जनलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।