चैत्र ७, २०८२ शनिबार | २३:११:२१
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

अन्तर वडा टेबल टेनिसः भक्तपुर २ लाई स्वर्ण

अन्तर वडा टेबल टेनिसको पुरुष टिम इभेन्टमा विजेतालाई बुकी प्रदान गरिदै

काठमाडौं ।  भक्तपुर नगरपालिका वडा २ ले तेश्रो अल नेपाल अन्तर वडा टेबल टेनिस प्रतियोगिताको महिला टिम इभेन्टमा बिहीबार स्वर्ण जितेको छ ।

स्पिन इभेन्ट प्रालिको आयोजनामा भइरहेको प्रतियोगिताको फाइनलमा वडा २ ले ललितपुर महानगरपालिका वडा १२ लाई ३-० ले पराजित गरेको हो । भक्तपुर ५ र ललितपुर १७ तेस्रो स्थानमा रहे ।

 सिंगल्समा वडा २ की मन्जु सुवालले इशान्भी महर्जनलाई ११-४, ११-५ ,११-३ तथा अन्जु सुवालले रोशनी महर्जनलाई ११-६, ११-७ र ११-५ को सोझो सेटमा पराजित गरे ।

 डबल्समा मन्जु र क्यारिना सुवालको जोडीले इशान्भी र रोनिशाको जोडीलाई ९-११, ११-१, १२-१०, ११-५ ले हराए ।

सातदोबाटोको अन्तर्राष्ट्रिय खेलकुद परिसरस्थित कराते हलमा भइरहेको प्रतियोगिताको पुरुष टिम इभेन्टमा ललितपुर ६ पहिलो भयो । फाइनलमा ललितपुर ६ ले ललितपुर ७ लाई ३-१ ले हराएको हो । ललितपुर १२ र भक्तपुर ५ तेस्रो स्थानमा रहे ।

सिंगल्समा ललितपुर ६ का राजेन्द्र कपालीले डिकेन महर्जनलाई ११-७, ११-४, ११-५ तथा एलेक्स महर्जनलाई ११-४, ९-११, ११-७, ११-८ को सेटमा स्तब्ध बनाए । 

डबल्समा राजेन्द्र र सन्जिलको जोडीले एलेक्स र डिकेनको जोडीलाई ९-११, ११-४, ११-९, १२-१० ले निराश पारे । एलेक्सले सन्जिलमाथि ११-८, ११-७, ११-९ को जित दर्ता गरे ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो