चैत्र १२, २०८२ बिहीबार | २०:५६:२३
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

दोस्रो उमा खुला राष्ट्रिय कराते च्याम्पियनसिप सुरु,पहिलो दिन नौ स्वर्णको छिनोफानो

काठमाडौं । नेपाल गोजुकाई कराते डो संघको आयोजनामा दोस्रो संस्करणको उमा खुला राष्ट्रिय कराते च्याम्पियनसिप मंगलबारदेखि सुरु भएको छ ।


प्रतियोगिताको पहिलो दिन काता र कुमुते गरी नौ स्वर्णको छिनोफानो भयो । काता विधामा पुरुषतर्फ लुभु डोजोका सागर मोक्तानले स्वर्ण जितेका छन् । लुभुकै अनिल बलले रजत रजत हात पार्दा थैवका अन्जन मगर र ऋतम्भरा डोजोका सोहन मगरले कांस्य पदक जिते ।

महिलातर्फ मनमैजु डोजोकी पुष्पका लामाले स्वर्ण जितिन् । नेपाल हायासी हा डोजोकी निरुता श्रेष्ठले रजत तथा लुभु डोजोकी आयुशा राई र मानसिंह डोजोकी अनु मोक्तानले कांस्य पदक जिते ।

कुमुतेतर्फ पुरुषमा ४ र महिलामा ३ स्वर्णको छिनोफानो मंगलबार भयो । चावहिलस्थित स्मार्ट प्यालेसको हलमा आयोजित प्रतियोगितामा पुरुष ३० केजूमूनि तौलसमूहमा मनकामना डोजोका समीर रानामगरले थैव डोजोका अर्जुन सुनारलाई हराउँदै स्वर्ण हात पार्दा । नेशनल युनाइटेड स्कुलका आदित्य ठाकुर र ऋतम्भरा डोजोका चुङला शेर्पाले कांस्य पदक जिते ।

यसैगरी ३५ केजीमूनि तौलसमूहमा नागादेश डोजोका विप्लव श्रेष्ठले स्वर्ण जिते । उनले फाइनलमा आफ्नै डोजोका प्रदीप श्रेष्ठलाई पराजित गरे । यो तौलसूहमा ऋतम्भराका रेमन लामा र श्री कालिका सरन डोजोका दोर्जे तामाङले कांस्य हात पारे ।
 

४० केजीमूनि तौलसमूहको फाइनलमा लुभु डोजोका प्रविण रानामगरलाई पराजित गर्दै ऋतम्भराका राज तामाङले स्वर्ण जित्दा मित्रपार्क डोजोका निश्चल राई र ऋतम्भराका सोहन मगरले कांस्य पदक हात पारे ।

४५ केजीमूनि तौलसमूहमा तोयोकान कराँतेका दिलिप मगरले स्वर्ण जित्दा मनकामना डोजोका सुरेश सेर्पाली रजतमा सीमित रहे । लुभुका अनिल बल र तोयोकानका विवेक तामाङले यो तौलसमूहमा कांस्य जिते ।


यसैगरी महिलातर्फ ३० केजीमूनि तौलसमूहमा थैव डोजोकी जमुना घर्तीमगरले स्वर्ण जितिन् । उनले फाइनलमा श्री कालिका सरनकी लक्ष्मी वाइवालाई पराजित गरेकी हुन् । लुभुकी सञ्जु तामाङ र श्री कालिका सरनकी शिक्षा सुनुवारले कांस्य हात पारे ।

३५ केजीमूनि तौलसमूहमा मानसिंह डोजोकी अनु मोक्तानले मनमैजु डोजोकी प्रतीक्षा तामाङलाई हराएर स्वर्ण जितिन् । लुभुकी सरगम राई र श्री कालिका सरनकी शृष्टी लामाले यो तौलमा कांस्य जिते ।


४० केजीमूनि तौलसमूहमा नोपाल हायासी हा डोजोकी छुनु चाम्लिङ राईले स्वर्ण जित्दा मानसिंह डोजोकी काभ्या गदालले रजत तथा थैवकी नीमा तामाङ र नेशनल युनाइटेड स्कुलकी पेरिशा राईले कांस्य जिते ।


१८ स्वर्ण पदकका लागि भएको प्रतियोगितामा देशभरका १९ वटा डोजोबाट २ सय ५० जना खेलाडी सहभागी छन् । बाँकी स्वर्णको छिनोफानो बुधबार हुनेछ । प्रतियोगितामा महिला र पुरुषतर्फ ३०,३५,४०,४५,५०,५५ र ६० केजीमूनि तौलसमूह तथा ६० केजीमाथि खुला तौलसमूहमा प्रतिस्पर्धा भइरहेको छ । कातातर्फ महिला र पुरुष एकल विधा पनि समावेश छ ।

यसअघि वागमती प्रदेशसभा सदस्य श्रीराम लामिछानेले प्रतियोगिताको उदघाटन गरेका थिए । कार्यक्रममा वल्र्ड युनाइटेड मार्शल आर्ट (उमा) लण्डनबाट उपाध्यक्ष र छैटौं डानको उपाधि पाएका गोजुकाई करातेका महासचिव तथा प्रमुख सहायक प्रशिक्षक इन्द्रबहादुर शाही खड्गीलाई पनि शुभकामना तथा बधाई दिइएको थियो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो