माघ १७, २०८२ शनिबार | २३:४९:५१
रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ?

दोस्रो उमा खुला राष्ट्रिय कराते च्याम्पियनसिप सुरु,पहिलो दिन नौ स्वर्णको छिनोफानो

काठमाडौं । नेपाल गोजुकाई कराते डो संघको आयोजनामा दोस्रो संस्करणको उमा खुला राष्ट्रिय कराते च्याम्पियनसिप मंगलबारदेखि सुरु भएको छ ।


प्रतियोगिताको पहिलो दिन काता र कुमुते गरी नौ स्वर्णको छिनोफानो भयो । काता विधामा पुरुषतर्फ लुभु डोजोका सागर मोक्तानले स्वर्ण जितेका छन् । लुभुकै अनिल बलले रजत रजत हात पार्दा थैवका अन्जन मगर र ऋतम्भरा डोजोका सोहन मगरले कांस्य पदक जिते ।

महिलातर्फ मनमैजु डोजोकी पुष्पका लामाले स्वर्ण जितिन् । नेपाल हायासी हा डोजोकी निरुता श्रेष्ठले रजत तथा लुभु डोजोकी आयुशा राई र मानसिंह डोजोकी अनु मोक्तानले कांस्य पदक जिते ।

कुमुतेतर्फ पुरुषमा ४ र महिलामा ३ स्वर्णको छिनोफानो मंगलबार भयो । चावहिलस्थित स्मार्ट प्यालेसको हलमा आयोजित प्रतियोगितामा पुरुष ३० केजूमूनि तौलसमूहमा मनकामना डोजोका समीर रानामगरले थैव डोजोका अर्जुन सुनारलाई हराउँदै स्वर्ण हात पार्दा । नेशनल युनाइटेड स्कुलका आदित्य ठाकुर र ऋतम्भरा डोजोका चुङला शेर्पाले कांस्य पदक जिते ।

यसैगरी ३५ केजीमूनि तौलसमूहमा नागादेश डोजोका विप्लव श्रेष्ठले स्वर्ण जिते । उनले फाइनलमा आफ्नै डोजोका प्रदीप श्रेष्ठलाई पराजित गरे । यो तौलसूहमा ऋतम्भराका रेमन लामा र श्री कालिका सरन डोजोका दोर्जे तामाङले कांस्य हात पारे ।
 

४० केजीमूनि तौलसमूहको फाइनलमा लुभु डोजोका प्रविण रानामगरलाई पराजित गर्दै ऋतम्भराका राज तामाङले स्वर्ण जित्दा मित्रपार्क डोजोका निश्चल राई र ऋतम्भराका सोहन मगरले कांस्य पदक हात पारे ।

४५ केजीमूनि तौलसमूहमा तोयोकान कराँतेका दिलिप मगरले स्वर्ण जित्दा मनकामना डोजोका सुरेश सेर्पाली रजतमा सीमित रहे । लुभुका अनिल बल र तोयोकानका विवेक तामाङले यो तौलसमूहमा कांस्य जिते ।


यसैगरी महिलातर्फ ३० केजीमूनि तौलसमूहमा थैव डोजोकी जमुना घर्तीमगरले स्वर्ण जितिन् । उनले फाइनलमा श्री कालिका सरनकी लक्ष्मी वाइवालाई पराजित गरेकी हुन् । लुभुकी सञ्जु तामाङ र श्री कालिका सरनकी शिक्षा सुनुवारले कांस्य हात पारे ।

३५ केजीमूनि तौलसमूहमा मानसिंह डोजोकी अनु मोक्तानले मनमैजु डोजोकी प्रतीक्षा तामाङलाई हराएर स्वर्ण जितिन् । लुभुकी सरगम राई र श्री कालिका सरनकी शृष्टी लामाले यो तौलमा कांस्य जिते ।


४० केजीमूनि तौलसमूहमा नोपाल हायासी हा डोजोकी छुनु चाम्लिङ राईले स्वर्ण जित्दा मानसिंह डोजोकी काभ्या गदालले रजत तथा थैवकी नीमा तामाङ र नेशनल युनाइटेड स्कुलकी पेरिशा राईले कांस्य जिते ।


१८ स्वर्ण पदकका लागि भएको प्रतियोगितामा देशभरका १९ वटा डोजोबाट २ सय ५० जना खेलाडी सहभागी छन् । बाँकी स्वर्णको छिनोफानो बुधबार हुनेछ । प्रतियोगितामा महिला र पुरुषतर्फ ३०,३५,४०,४५,५०,५५ र ६० केजीमूनि तौलसमूह तथा ६० केजीमाथि खुला तौलसमूहमा प्रतिस्पर्धा भइरहेको छ । कातातर्फ महिला र पुरुष एकल विधा पनि समावेश छ ।

यसअघि वागमती प्रदेशसभा सदस्य श्रीराम लामिछानेले प्रतियोगिताको उदघाटन गरेका थिए । कार्यक्रममा वल्र्ड युनाइटेड मार्शल आर्ट (उमा) लण्डनबाट उपाध्यक्ष र छैटौं डानको उपाधि पाएका गोजुकाई करातेका महासचिव तथा प्रमुख सहायक प्रशिक्षक इन्द्रबहादुर शाही खड्गीलाई पनि शुभकामना तथा बधाई दिइएको थियो ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।