माघ १५, २०८२ बिहीबार | ०९:३१:१३
वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि

मेयर कप कराँतेमा रोशन र बुद्धलाई स्वर्ण पदक

काठमाडौं, (खेलाडी)- रोशन खत्री र बुद्ध मोक्तानले प्रथम अन्तर नगर मेयर कप कराँते तथा किक बक्सिङ प्रतियोगितामा आइतबार स्वर्ण पदक जितेका छन् ।

नेपाल सितोरियो कराँते संघको सहयोगमा शंखधर डोजोद्धारा आयोजित प्रतियोगितामा मन्थलीका रोशनले पुरुष ४५ केजी तथा बौद्ध डोजोका बुद्धले पुरुष ५० केजीमा स्वर्ण पदक हात पारे । 

मध्यपुर थिमी नगरपालिकाको बोडेमा रहेको कुमारी पार्टीमा आइतबार सुरु भएको दुई दिने प्रतियोगिताको फाइनलमा रोशनले विष्णुदेवी डोजोका सुनिल ठगुन्ना र बद्धले एनएसकेका धनबहादुर सुनुवारलाई पराजित गरेका थिए । 

यसैगरी पुरुष एकल काँतामा नरहरिपुरका स्वर्णिम मानन्धरले स्वर्ण पदक जित्दा चन्द्रागिरीका सन्दीप राईले रजत पदक जिते । महिला एकल काँतामा पनि नरहरिपुर डोजोले नै स्वर्ण पदक जित्यो । नरहरिपुरकी सञ्जु देसारले स्वर्ण पदक जित्दा प्रयागपोखरीकी सुभद्रा थापाले रजत पदक जितिन् ।

पुरुष ३० केजी तौल समूहको फाइनलमा बौद्धका प्रभात मगरले विष्णुदेवीका सोनम लामालाई हराउँदै स्वर्ण पदक जित्दा ४० केजीमा विष्णुदेवीका राजेश मानन्धरले चागुनारायणका सेभेन श्रेष्ठलाई पराजित गर्दै स्वर्ण पदक हात पारे ।

यसैगरी पुरुष ३५ केजीमा विष्णुदेवीका सन्देश लामाले नरहरिपुरका ओम ठाकुरलाई पराजित गर्दै स्वर्ण पदक हात पार्दा महिला ३० केजीको फाइनलमा मानसिंह डोजोकी अनु मोक्तानले लुभुकी प्रमिला पाख्रिनलाई हराउँदै च्याम्पियन बनिन । 

मध्यपुर थिमी नगरपालिका र शिव शिखर बहुउद्देश्शीय सहकारी संस्था लिमिटेडको प्रायोजनमा जारी प्रतियोगितामा ४ सय ७४ खेलाडीले विभिन्न २० स्पर्धामा प्रतिस्पर्धा गरिरहेका छन् । 

१३औं दक्षिण एसियाली खेलकुद (साग) मा दोहोरो स्वर्ण पदक जितेका स्टार मण्डेकाजी श्रेष्ठको संयोजकत्वमा जारी प्रतियोगितामा च्याम्पियन हुने टिमले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछ । यसैगरी उपविजेता टिमले १० हजार तथा तेस्रो हुनेले ५ हजार रुपैयाँ पाउनेछन् । कराँते र किक बक्सिङमा उत्कृष्ट हुने महिला र पुरुष गरी चार खेलाडीले माउन्टेन बाइक प्राप्त गर्ने प्रतियोगिताका संयोजक श्रेष्ठले खेलाडीलाई जानकारी गराए । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।