चैत्र १२, २०८२ बिहीबार | २१:२३:०६
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

वरिष्ठ कराँतेकर्मी महर्जनको प्रदेश सांसदमा उम्मेदवारी सिफारिस

तस्बिरः महर्जनको फेसबुकबाट

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप)का पूर्व कोषाध्यक्ष एवं नेपाल कराते महासंघका वरिष्ठ उपाध्यक्ष मिनकृष्ण महर्जनलाई नेपाली काग्रेसले ललितपुरबाट प्रदेश सांसदको निर्वाचनमा उम्मेदवारीका लागि सिफारिस गरेको छ ।

काग्रेसको ललितपुर क्षेत्र नम्बर एकअन्तर्गत प्रदेश कमिटी र क्षेत्रीय कमिटीले आगामी मंसिर चार गते हुने निर्वाचनमा प्रदेश (ख)बाट सांसद उम्मेदवार बनाउन महर्जनको नाम पहिलो नम्बरमा सिफारिस गरेको छ ।

नेपाली खेलकुदको सर्वोच्च निकाय राखेपका पूर्व कोषाध्यक्ष महर्जन कराँतेका अन्तर्राष्ट्रिय रेफ्री तथा वरिष्ठ प्रशिक्षक हुन् । उनकै प्रशिक्षणमा दीपक श्रेष्ठ र रवि महर्जनलगायतका खेलाडीले दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण पदक जितेका थिए ।

लामो समयदेखि नेपाली काग्रेसको राजनीतिमा सक्रिय महर्जन पाँच वर्षअघिको निर्वाचनमा पनि ललितपुर क्षेत्र नम्बर एकअन्तर्गत प्रदेश (ख)बाट प्रतिस्पर्धामा उत्रिएका थिए । तर त्यतिबेला उनी झिनो मतअन्तरमा पराजित भएका थिए ।

यसपाली उम्मेदवारी पक्का भएमा आफूले जित्नेमा महर्जन विश्वस्त छन् । युवा र खेलकुदको क्षेत्रमा आफूले धेरै काम गरेको बताउँदै टिकट पाए जित्ने र जनमतको भावनाअनुसार काम गर्ने उनले बताए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो