चैत्र १४, २०८२ शनिबार | ११:०८:४४
धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित

सितोरियो कराते खेलाडी सम्मानित

काठमाडौं ।  नेपाल सितोरियो कराते डो संघ, देउराली डोजोले आफ्ना खेलाडीलाई सम्मान गरेको छ ।

डोजोले अन्तर्राष्ट्रिय प्रतियोगिता, नवौं राष्ट्रिय खेलकुद र एनआरएनए करातेका पदक विजेता तथा १९ औं एसियाली खेलकुदको करातेका लागि प्रारम्भिक छनोटमा परेका खेलाडीलाई सोमबार होलीको अवसरमा गरेको हो ।

दुबमा भएको सोरिनकाइ अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा स्वर्ण जितेका अमिर राणा, नवौं राष्ट्रिय खेलकुदअन्तर्गत करातेमा स्वर्ण जितेका आशिष थापा र कांस्य विजेता रिकेश भण्डारी तथा एनआरएनए करातेका स्वर्ण विजेता करण चौधरी पाँच हजार रुपैयाँसहित सम्मानित भए ।

१९ औं एसियाली खेलकुदका लागि प्रारम्भिक छनोटमा परेका आशिका राई, महिमा राई र रिकेश भण्डारी पनि सम्मानित भएका थिए ।

सोही अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का करातेका मुख्य प्रशिक्षक तुलसीकुमार महर्जन तथा राखेप कर्मचारी संघका नवनिर्वाचित महासचिव कुमार बस्नेतलाई पनि सम्मान गरियो । त्यसै अवसरमा देउराली डोजोका अध्यक्ष राजेश जोशीलाई श्री भीमसेनगोला मावि व्यवस्थापन समितिको अध्यक्षमा तेश्रो कार्यकालका लागि चयन भएको सम्मान गरिएको थियो ।

उनीहरुलाई काठमाडौं महानगरपालिका वडा ३१ का अध्यक्ष सरोज ढकाल, राखेपका सदस्य जनक बर्तौला, नेपाल कराते महासंघका उपमहासचिव ओमकृष्ण प्रसाईं, देउराली डोजोका प्रमुख प्रशिक्षक समेत रहेका १० औं दक्षिण एसियाली खेलकुदका स्वर्ण विजेता कुशल श्रेष्ठलगायतले नगद र प्रशंसा पत्र प्रदान गरी सम्मान गरे ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो