माघ १८, २०८२ आइतबार | १०:३९:०२
फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग

सितोरियो कराते खेलाडी सम्मानित

काठमाडौं ।  नेपाल सितोरियो कराते डो संघ, देउराली डोजोले आफ्ना खेलाडीलाई सम्मान गरेको छ ।

डोजोले अन्तर्राष्ट्रिय प्रतियोगिता, नवौं राष्ट्रिय खेलकुद र एनआरएनए करातेका पदक विजेता तथा १९ औं एसियाली खेलकुदको करातेका लागि प्रारम्भिक छनोटमा परेका खेलाडीलाई सोमबार होलीको अवसरमा गरेको हो ।

दुबमा भएको सोरिनकाइ अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा स्वर्ण जितेका अमिर राणा, नवौं राष्ट्रिय खेलकुदअन्तर्गत करातेमा स्वर्ण जितेका आशिष थापा र कांस्य विजेता रिकेश भण्डारी तथा एनआरएनए करातेका स्वर्ण विजेता करण चौधरी पाँच हजार रुपैयाँसहित सम्मानित भए ।

१९ औं एसियाली खेलकुदका लागि प्रारम्भिक छनोटमा परेका आशिका राई, महिमा राई र रिकेश भण्डारी पनि सम्मानित भएका थिए ।

सोही अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का करातेका मुख्य प्रशिक्षक तुलसीकुमार महर्जन तथा राखेप कर्मचारी संघका नवनिर्वाचित महासचिव कुमार बस्नेतलाई पनि सम्मान गरियो । त्यसै अवसरमा देउराली डोजोका अध्यक्ष राजेश जोशीलाई श्री भीमसेनगोला मावि व्यवस्थापन समितिको अध्यक्षमा तेश्रो कार्यकालका लागि चयन भएको सम्मान गरिएको थियो ।

उनीहरुलाई काठमाडौं महानगरपालिका वडा ३१ का अध्यक्ष सरोज ढकाल, राखेपका सदस्य जनक बर्तौला, नेपाल कराते महासंघका उपमहासचिव ओमकृष्ण प्रसाईं, देउराली डोजोका प्रमुख प्रशिक्षक समेत रहेका १० औं दक्षिण एसियाली खेलकुदका स्वर्ण विजेता कुशल श्रेष्ठलगायतले नगद र प्रशंसा पत्र प्रदान गरी सम्मान गरे ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।