माघ ४, २०८२ आइतबार | १२:५८:३०
पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित थाइल्यान्डसामू नेपालको सामान्य लक्ष्य नेपालविरुद्ध थाइल्यान्ड टस जितेर बलिङ गर्दै रियाल र बार्सिलोनाको दूरी एक अंकमा झर्यो पहिलो पटक थाइल्यान्डलाई हराउने दाउमा नेपाल प्लानिङले पुलिसलाई हरायो भारतसँग नेपालको फराकिलो हार एन्फा निर्वाचनमा दुई समूह भिड्ने पक्का मनाङविरुद्ध आर्मीको पाँच गोल, चित्लाङको विजयी सुरुआत कोशी प्राइड लिगको अक्सन आज हुँदै पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित थाइल्यान्डसामू नेपालको सामान्य लक्ष्य नेपालविरुद्ध थाइल्यान्ड टस जितेर बलिङ गर्दै रियाल र बार्सिलोनाको दूरी एक अंकमा झर्यो पहिलो पटक थाइल्यान्डलाई हराउने दाउमा नेपाल प्लानिङले पुलिसलाई हरायो भारतसँग नेपालको फराकिलो हार एन्फा निर्वाचनमा दुई समूह भिड्ने पक्का मनाङविरुद्ध आर्मीको पाँच गोल, चित्लाङको विजयी सुरुआत कोशी प्राइड लिगको अक्सन आज हुँदै

गल्फ टोली बन्द प्रशिक्षणका लागि भारत जाने

काठमाडौं । चीनमा हुने एसियाली खेलकुदको १९औं संस्करणका लागि छनोट भएका ६ गल्फ खेलाडी बन्द प्रशिक्षणका लागि शनिबार भारत प्रस्थान गर्ने भएका छन् ।

राष्ट्रिय खेलकुद परिषद(राखेप)बाट अनुमति प्राप्त भएसँगै नेपाल गल्फ संघ(एनजीए)ले गल्फ टोलीलाई बन्द प्रशिक्षणका लागि कोहलर बैंङ्लोरमा रहेको ‘तरुण सार्देसाइ गल्फ एकेडेमी’मा पठाउन लागेको हो ।

भारत जाने टोलीलाई शुक्रबार राखेपका सदस्यसचिव टंकलाल घिसिङ, नेपाल गल्फ संघका अध्यक्ष टासी घले, नेपाल प्रोफेसनल गल्फ संघका महासचिव दीपक आचार्य लगायतले बिदाइ गरे ।

सदस्यसचिव घिसिङले खेलाडीलाई वैदेसिक प्रशिक्षणको व्यवस्था मिलाएकोमा संघलाई धन्यवाद दिए । उनले राम्रो तयारीका लागि खेलाडलीलाई शुभकामना दिए ।

गल्फतर्फ एसियाडमा छनोट हुनेमा चार पुरुष र दुई महिला खेलाडी छन् । पुरुषतर्फ शुक्रबहादुर राई, सुबास तामाङ, सद्भव आचार्य र युवराज भुजेल तथा महिलातर्फ कश्मिरा शाह र शुष्मा सिग्देलले एसियाली खेलकुदमा स्थान सुरक्षित गरेका थिए ।

टोलीका ६ मध्ये पाँच खेलाडी शनिबार बेङ्गलोर प्रस्थान गर्नेछन् । यीमध्ये जर्मनीको ड्रेस्डेनमा प्रशिक्षण गरिरहेका शुक्र भने एक महिनापछि टिमसँग जोडिनेछ ।

अध्यक्ष घलेले बेङ्लोरको प्रशिक्षण र सिंगापुरको प्रतियोगिताले एसियाली खेलकुदमा राम्रो प्रदर्शन गर्न सहज हुने विश्वास व्यक्त गरे ।

तरुण सार्देसाइमा टोली २० सेप्टेम्बरसम्म बन्द प्रशिक्षणमा रहनेछ । यसबीच सुबास र सद्भवले अर्किद कन्ट्री क्लबको आयोजनामा जुलाई १५ देखि १९ सम्म संचालन हुने सिंगापुर एमेच्योर ओपनमा पनि सहभागिता जनाउनेछन् ।

त्यस्तै खेलाडीले एकेडेमी प्रशिक्षणमा रहँदा पनि हप्तामा एकचोटी विभिन्न प्रतियोगिताहरुमा भाग लिनेछन् ।

महासचिव आचार्यले बेङ्लोरमा खेलाडीले विश्वस्तरीय सुविधा र प्रशिक्षण प्राप्त गर्ने जानकारी गराए । खेलाडीले प्रशिक्षण दौरान बेङलोरमा प्रत्येक बुधबार १८ होलको प्रतियोगिता पनि खेल्ने भएकाले कमजोरीहरु सुधार्न यो फलदायी हुने विश्वास व्यक्त गरे ।

 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate