चैत्र ६, २०८२ शुक्रबार | ०४:३४:४४
राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित

गल्फ टोली बन्द प्रशिक्षणका लागि भारत जाने

काठमाडौं । चीनमा हुने एसियाली खेलकुदको १९औं संस्करणका लागि छनोट भएका ६ गल्फ खेलाडी बन्द प्रशिक्षणका लागि शनिबार भारत प्रस्थान गर्ने भएका छन् ।

राष्ट्रिय खेलकुद परिषद(राखेप)बाट अनुमति प्राप्त भएसँगै नेपाल गल्फ संघ(एनजीए)ले गल्फ टोलीलाई बन्द प्रशिक्षणका लागि कोहलर बैंङ्लोरमा रहेको ‘तरुण सार्देसाइ गल्फ एकेडेमी’मा पठाउन लागेको हो ।

भारत जाने टोलीलाई शुक्रबार राखेपका सदस्यसचिव टंकलाल घिसिङ, नेपाल गल्फ संघका अध्यक्ष टासी घले, नेपाल प्रोफेसनल गल्फ संघका महासचिव दीपक आचार्य लगायतले बिदाइ गरे ।

सदस्यसचिव घिसिङले खेलाडीलाई वैदेसिक प्रशिक्षणको व्यवस्था मिलाएकोमा संघलाई धन्यवाद दिए । उनले राम्रो तयारीका लागि खेलाडलीलाई शुभकामना दिए ।

गल्फतर्फ एसियाडमा छनोट हुनेमा चार पुरुष र दुई महिला खेलाडी छन् । पुरुषतर्फ शुक्रबहादुर राई, सुबास तामाङ, सद्भव आचार्य र युवराज भुजेल तथा महिलातर्फ कश्मिरा शाह र शुष्मा सिग्देलले एसियाली खेलकुदमा स्थान सुरक्षित गरेका थिए ।

टोलीका ६ मध्ये पाँच खेलाडी शनिबार बेङ्गलोर प्रस्थान गर्नेछन् । यीमध्ये जर्मनीको ड्रेस्डेनमा प्रशिक्षण गरिरहेका शुक्र भने एक महिनापछि टिमसँग जोडिनेछ ।

अध्यक्ष घलेले बेङ्लोरको प्रशिक्षण र सिंगापुरको प्रतियोगिताले एसियाली खेलकुदमा राम्रो प्रदर्शन गर्न सहज हुने विश्वास व्यक्त गरे ।

तरुण सार्देसाइमा टोली २० सेप्टेम्बरसम्म बन्द प्रशिक्षणमा रहनेछ । यसबीच सुबास र सद्भवले अर्किद कन्ट्री क्लबको आयोजनामा जुलाई १५ देखि १९ सम्म संचालन हुने सिंगापुर एमेच्योर ओपनमा पनि सहभागिता जनाउनेछन् ।

त्यस्तै खेलाडीले एकेडेमी प्रशिक्षणमा रहँदा पनि हप्तामा एकचोटी विभिन्न प्रतियोगिताहरुमा भाग लिनेछन् ।

महासचिव आचार्यले बेङ्लोरमा खेलाडीले विश्वस्तरीय सुविधा र प्रशिक्षण प्राप्त गर्ने जानकारी गराए । खेलाडीले प्रशिक्षण दौरान बेङलोरमा प्रत्येक बुधबार १८ होलको प्रतियोगिता पनि खेल्ने भएकाले कमजोरीहरु सुधार्न यो फलदायी हुने विश्वास व्यक्त गरे ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो