फाल्गुन २८, २०८२ बिहीबार | २०:००:४१
काठमाडौं, चितवन र मकवानपुर विजयी नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा एरिना कृष्णको निर्णायक गोलमा संकटाले श्री भगवतीलाई हरायो हिमालयन क्वीन्स ग्याम्बिटको दोस्रो संस्करण आइतबार सहिद स्मारक महिला लिगको खेलतालिका सार्वजनिक, सबै खेल च्यासल रंगशालामा विश्वकप विजेता हार्दिकविरुद्ध प्रहरीमा उजुरी काँक्रे बिहारलाई हराउँदै शीर्ष स्थानमा उक्लियो चर्च ब्वाइज उपाधी अभियानमा रहेको पञ्जाबको पहिलो खेल गुजरातसँग कीर्तिपुर र सोलो विजयी चेल्सीविरुद्ध पिएसजी हाबी काठमाडौं, चितवन र मकवानपुर विजयी नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा एरिना कृष्णको निर्णायक गोलमा संकटाले श्री भगवतीलाई हरायो हिमालयन क्वीन्स ग्याम्बिटको दोस्रो संस्करण आइतबार सहिद स्मारक महिला लिगको खेलतालिका सार्वजनिक, सबै खेल च्यासल रंगशालामा विश्वकप विजेता हार्दिकविरुद्ध प्रहरीमा उजुरी काँक्रे बिहारलाई हराउँदै शीर्ष स्थानमा उक्लियो चर्च ब्वाइज उपाधी अभियानमा रहेको पञ्जाबको पहिलो खेल गुजरातसँग कीर्तिपुर र सोलो विजयी चेल्सीविरुद्ध पिएसजी हाबी

सञ्जय एनसेल बाह्रखरी गल्फको च्याम्पियन

काठमाडौं । सञ्जय पौडेलले शनिबारसम्पन्न ‘एनसेल बाह्रखरी गल्फ’ छैटौँ संस्करणको उपाधि जितेका छन् । बाह्रखरी मिडियाले वार्षिकरुपमा आयोजना गर्दै आएको यस प्रतियोगिताको विजेता बनेसँगै सञ्जयले सुनको बल पुरस्कार जितेका छन् ।

काठमाडौंको गोकर्ण गल्फ क्लब सम्पन्न प्रतियोगिताको प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले ‘टी–अफ’ गरेर उद्घाटन गरेका थिए । १८ होलमा ‘स्टेबल फोर्ड’ पद्धतिमा खेलाइएको यस प्रतियोगिताका विजेता सञ्जयले ४० अंक जोडेका थिए । १२ ह्याण्डीक्यापमा खेलेका सञ्जयले फ्रान्ट नाइन १९ अंक जोडेका थिए भने ब्याक नाइनमा २१ अंक जोडेका थिए ।

उपाधि जित्ने सञ्जय र टासी छिरिङले समान ४० अंक जोडेका थिए । जसमा सञ्जयले ब्याक नाइनमा जोडेको २१ अंकले टासिलाई उपाधिबाट पन्छाउन सफल भए । टासी छिरिङले ब्याक नाइनमा १८ अंकमात्र जोड्न सफल भएका थिए ।

यससँगै जिरो ह्याण्डीक्यापमा खेल्ने टासी छिरिङ ४० ग्रस अंक जोड्दै बेष्ट ग्रसको उपाधि जिते । टासीले मोष्ट बर्डीको उपाधि पनि जितेका छन् । टासीले ६ बर्डी प्रहार गरेका थिए ।

पुरुषतर्फ बाबु शेर्पाले दोस्रो स्थान हासिल गरे । बाबुले ३८ अंक जोडेका थिए । प्रतियोगितामा डा. भगवान कोइरालाले ३७ अंक जोडेर सिनियर (६० वर्षमाथि)तर्फको उपाधि जिते ।

महिलातर्फको उपाधि तारा कार्की चित्रकारले जितिन् । उनले ३६ अंक जोडेकी थिइन् । कश्मिरा शाह दोस्रो भइन् । कश्मिराले ३३ अंक जोडेकी थिइन् ।

क्लोजेष्ट टु द पिनको उपाधि राज प्रधानले जिते । दशौँ होलमा राखिएको ‘होल इन वन’ को पुरस्कारमा ‘हुन्डे’ को ‘भेन्यू’ गाडी जित्न राज दुई इन्चले चुकेका थिए । लङ्गेष्ट ड्राइभको उपाधि दोर्जे होजाङसाङले जिते । उनले ३१० यार्डको ड्राइभ प्रहार गरेका थिए ।

प्रतियोगितामा काठमाडौं, धरान, विराटनगर, पोखरा, बुटवल, नेपालगन्ज र केही विदेशीसहित एक सय १४ ‘कर्पोरेट’ गल्फरले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा ७ महिला र एक सय ७ पुरुष गल्फरले प्रतिस्पर्धा गरेका थिए ।

गल्फ खेल र यसका खेलाडीलाई देशको आर्थिक मुद्दामा सम्मिलित गराउने उद्देश्यसहित बाह्रखरी मिडियाले विगत ६ वर्षदेखी यस प्रतियोगिता आयोजना गर्दै आएको छ ।

यो वर्ष बाह्रखरी गल्फसँगै आर्थिक परिसंवाद कार्यक्रम पनि आयोजना गरिएको थियो । गोकर्ण फरेस्ट रिसोर्टमै सम्पन्न यस कार्यक्रमको पनि प्रधानमन्त्री दाहालले उद्घाटन थिए । कार्यक्रममा अर्थविद अच्युत वाग्लेले वर्तमान आर्थिक अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

‘एनसेल बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद’ कार्यक्रम गर्नका लागि बाह्रखरीले नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल बैंकर्स एसोसिएसन र नेपाल टुरिजम बोर्डसँग सहकार्य गरेका छन् ।

त्यसैगरी, ग्लोबल आईएमई बैंक, सिभास रिगल, भाटभटेनी सुपरमार्केट, माछापुच्छ्रे बैंक, शिखर इन्स्योरेन्स, सिटी एक्सप्रेस, बीएमडब्लू, प्रभु बैंक र फलानो लुगा (नेपालमै बन्या) प्रायोजक रहेका छन् ।

गत वर्ष तत्कालिन प्रदेश १( हाल कोशी प्रदेश )को आर्थिक उत्थानमा केन्द्रित भई विराटनगरमा आर्थिक सम्मेलन, इटहरीमा युवा उद्यमी सम्मेलन तथा धरानमा गल्फ प्रतियोगिताको आयोजना गरिएको थियो ।

वि.सं २०७७ सालमा कोरोनाले आहत पारेको पोखराको पर्यटनको विकासका लागि गल्फ तथा पर्यटन थिम अन्तर्गत पोखरामा कार्यक्रम आयोजना गरिएको थियो ।

त्यस अघिको वर्ष नेपालको नाम विश्वको पर्यटन नक्सामा प्रचार र प्रसार गर्ने उद्देश्यसहित सर्वोच्च शिखर सगरमाथासँगै रहेको कोङ्दे हिमालको कोङ्दे रि मा ४२५० मिटरको उचाईमा गल्फ आयोजना गरिएको थियो । विश्व रेकर्ड राख्ने उद्देश्यसहित गरिएको यस गल्फ प्रतियोगितालाई विश्वभरका मिडियाले ठूलो महत्वका साथ समाचार बनाएका थिए । त्यसअघि पहिलो र दोस्रो संस्करण पनि गोकर्ण गल्फ क्लबमै आयोजना भएको थियो ।

 


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||