चैत्र ११, २०८२ बुधबार | ०२:०३:०२
नेपालका ६ क्रिकेटर बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य नेपालका ६ क्रिकेटर बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य

वसन्तपुरमा बक्सिङको बहार

काठमाडौं । राजधानी काठमाडौंका सीमित विशेष र ऐतिहासिक ठाउँमध्ये एक हो वसन्तपुर डबली । विश्व सम्पदा सूचीमा समेटिएको र पर्यटकीय गन्तव्य पनि हो वसन्तपुर । काठमाडौंमै जन्मिएका र यसैलाई कर्मथलो बनाएका साथीसंगी भेटेर चिया पिउँदै गफिने स्थानको रूपमा पनि वसन्तपुरले आफ्नो पहिचान बनाएको छ ।

पछिल्लो एक साता विभिन्न कारणले वसन्तपुर पुगेका आमसर्वसाधारणले ‘वीर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिता’को चार्म लिन पाए । गणेशमान सिंह फाउन्डेसनको स्पोर्ट्स कमिटीले आयोजना गरेको यो प्रतियोगिताको प्रमुख लक्ष्य पनि त्यही थियो, मानिसहरूको धेरै चहलपहल हुने ठाउँमा प्रतियोगिता गर्ने । त्यसो हुँदा बक्सिङ प्रवर्द्धन हुने अनि खेलाडीलाई दर्शकको साथ मिल्ने ।

खेलकुदमा दर्शकको महत्त्व कति हुन्छ । प्रस्ट्याइरहनु पर्दैन । कोभिड–१९ ले सिर्जित परिस्थितिमा बन्द रंगशालामा भएका खेलहरूले पनि दर्शकविनाको खेल ‘नीरस’ हुने प्रमाणित भएको थियो । त्यसैले दर्शकको उपस्थितिमै बक्सिङ गराउने निर्णय गरेको वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिताका संयोजक राजीव श्रेष्ठ बताउँछन् ।

‘हरेक खेलाडीको इच्छा भरिभराउ रंगशालामा खेल्ने हुन्छ । तर, कभर्डहलमा गर्दा फुटबल, क्रिकेटमा जस्तो धेरै दर्शक आउँदैनन्,’ संयोजक श्रेष्ठ भन्छन्, ‘त्यसैले हामीले मास जम्मा हुने ठाउँ र विश्व सम्पदा सूचीमा समावेश भएको स्थान वसन्तपुर रोजेका हौं ।’

वसन्तपुरकै स्थानीय तथा नेपाल बक्सिङ संघका उपाध्यक्षसमेत रहेका किरण श्रेष्ठ त्यो क्षेत्रमा बक्सिङले छुट्टै माहोल बनाउने बताउँछन् ।

‘वसन्तपुर आफैंमा एकदमै विशेष ठाउँ हो, झनै त्यहाँ बक्सिङ प्रतियोगिता हुने भनेपछि स्थानीयहरू पनि उत्साहित हुने गरेका छन् । भोलिदेखि पर्सिदेखि वसन्तपुरमा बक्सिङ हुँदै छ रे भनेर योजना नै बनाएर बालबालिकादेखि वृद्धवृद्धासमेत हेर्न आउने गरेका छन्,’ उनी सुनाउँछन्, ‘प्रतियोगिता चलिरहँदा अस्ति पनि देख्नुभयो होला, एकदमै पाको उमेरका व्यक्तिहरू पनि उत्साहित भएर हेरिरहनुभएको थियो ।’

त्यति मात्रै नभएर विदेशी पयर्टकको समेत निरन्तर उपस्थिति हुने भएकाले वसन्तुपरमै बक्सिङ प्रतियोगिता गर्नुको विशेष महत्त्व रहेको संयोजक श्रेष्ठको तर्क छ ।

‘नेपालीहरू त हुन्छन् नै, थप विश्वका विभिन्न देशका पर्यटक पनि वसन्तपुर क्षेत्रमा घुमिरहेका हुन्छन्, उनीहरू पनि आनन्द लिएर बक्सिङ हेर्दै र फोटो खिच्दै गरेको हामीले देख्ने गरेका छौं,’ संयोजक श्रेष्ठ भन्छन्, ‘पहिले यही प्रतियोगिता मरुटोलमा हुने गरेको थियो, तर त्यहाँ साँघुरो भएपछि वसन्तपुर डबलीमा हुन थालेको हो । डबलीमा बक्सिङ गर्ने हाम्रो निर्णय अहिले एकदमै अर्थपूर्ण बनेको छ ।’

वीर गणेशमान सिंह फाउन्डेसन आफैंले बक्सिङ प्रतियोगिता गर्न थालेको धेरै भएको छैन । फाउन्डेसनकै सहयोगमा योङ स्टार स्पोर्ट्स क्लबले प्रतियोगिता आह्वान गर्दै आएको थियो । तर, गणेशमान सिंह जस्तो व्यक्तित्वको नामसँग जोडिएको प्रतियोगिता भएकाले थप व्यवस्थित र भव्य तरिकाले आयोजना गर्न संस्थाले नै सुरु गरेको श्रेष्ठ सुनाउँछन् ।

‘पहिला स्थानीय क्लबको आयोजनामा प्रतियोगिता हुने गरेको थियो,’ उनी भन्छन्, ‘केही वर्षयता हामी आफैंले आयोजना गर्न लागेका छौं । फाउन्डेसनले बक्सिङमात्रै नभएर एथलेटिक्स, फेन्सिङलगायतका प्रतियोगिता पनि गर्दै आएको छ । र, प्रत्येक वर्ष फरक तरिकाले अझ भव्य रूपमा प्रतियोगिता गर्ने हाम्रो लक्ष्य छ ।’

वैशाख ६ मा बसन्तपुर डबलीमा सुरु भएको प्रतियोगिता शनिबार सकिएको छ । प्रतियोगितामा तीन विभागीय टिम र सात प्रदेश गरी १० टिमका १ सय २ खेलाडी सहभागी थिए । त्यसमध्ये पुरुष ६५ र महिला ३७ खेलाडी थिए ।

प्रतियोगितामा पुरुषतर्फ ४८ केजी, ५७ केजी, ६३ केजी, ६९ केजी, ७५ केजी, ८१ केजी र ९१ केजी गरी सात तौल समूहमा प्रतिस्पर्धा भयो । महिलातर्फ ४८ केजी, ५४–५७ केजी, ६० केजी, ६४–६९ केजी र ६९–७५ केजी गरी ५ तौल समूहमा खेलाडीले प्रतिस्पर्धा भएको थियो ।

प्रतियोगितामा हरेक तौलका विजेताले २५ हजार, उपविजेताले १५ हजार र तेस्रो हुनेले ७ हजार ५ सय रुपैयाँ प्राप्त गरे । उत्कृष्ट पुरुष र महिला खेलाडीले क्रमशः मोटरसाइकल र स्कुटर पुरस्कार पाएका थिए ।

शनिबार सम्पन्न प्रतियोगितामा पुरुषमा ५ स्वर्ण र २ रजत र महिलामा ३ स्वर्ण र २ रजत पदकसहित आर्मी क्लब च्याम्पियन बन्यो ।

कस्ले कुनमा जिते स्वर्ण ?

पुरुषमा आर्मीका इन्द्र सुनार तथा महिलामा नेपाल एपिएफ क्लबकी सरस्वती राना उत्कृष्ट खेलाडी घोषित भएका थिए । इन्द्रले ५७ केजी फाइनलमा एपिएफका पूरन राईलाई पराजित गरेका थिए । इन्द्रले टीभीएस मोटरसाइकल पाए । यो तौलमा पुलिसका शम्भु राजवंशी र गण्डकी प्रदेशका सौगात कुमाल तेस्रो भए ।

सरस्वतीले ७५ केजीमा फाइनलमा आर्मीकी निरु गुरुङलाई हराइन् । सरस्वतीले टीभीएसकै स्कुटर पुरस्कार प्राप्त गरिन् । प्रदेश १ की त्रिशा जबेगु लिम्बू र मधेस प्रदेशकी पूजा गुप्ताले कांस्य पदक जिते ।

पुरुष ५२ केजीमा आर्मीका प्रेम चौधरीले फाइनलमा एपिएफका प्रदीप महर्जनलाई पाखा लगाउँदै पहिलो स्थान हासिल गर्दा प्रहरीका चन्द्रबहादुर थापा र मधेस प्रदेशका मदनकृष्ण डंगोल तेस्रो बने । ६३ केजीमा १३ औं दक्षिण एसियाली खेलकुद (साग)का स्वर्णधारी प्रहरीका भूपेन्द्र थापा मगरले बाजी मारे । उनले फाइनलमा आर्मीका पूरन सुनुवारलाई पन्छाए । एपिएफका सोनाम सार्की र लुम्बिनी प्रदेशका अनिल पुनमगरले तेस्रो स्थानमा हासिल गरे ।

पुरुष ६९ केजीमा १३औं सागका स्वर्ण विजेता प्रहरीका सनिल शाहीले फाइनलमा आर्मीका दानबहादुर दर्लामीमाथि जित दर्ता गरे । वाग्मती प्रदेशका शिरीष खनाल र सुदूरपश्चिम प्रदेशका भरत चन्द तेस्रो भए ।

पुरुष ७५ केजीमा आर्मीका दीपेश लामा पहिलो भए । उनले फाइनलमा प्रदेश १ का सनम गुरुङलाई हराए । मधेसका कोसिस श्रेष्ठ र कर्णाली प्रदेशका दिलराज भण्डारी तेस्रो स्थानमा रहे ।

पुरुष ८१ केजीमा आर्मीका दीपक श्रेष्ठले फाइनलमा सुदूरपश्चिमका श्यामबहादुर महताको चुनौती समाप्त पार्दै स्वर्ण जिते । प्रदेश १ का प्रसाङ लिम्बू इजाम र वाग्मतीका रोशन स्याङ्तानले कांस्यमा चित्त बुझाए ।

पुरुष ९१ केजीमा आर्मीका गणेश प्रदानले स्वर्ण जिते । उनले फाइनल भिडन्तमा एपिएफका रविन नेपाललाई पन्छाए । प्रदेश १ का प्रसिस रुचाल र गण्डकीका किरण बिक तेस्रो भए ।

महिला ५१ केजीमा आर्मीकी मीनु गुरुङले शीर्ष स्थान हासिल गरिन् । १३औं सागकी स्वर्णधारी मीनुले फाइनलमा प्रहरीकी दिवाना शेर्मालाई पराजित गरिन् । एपिएफकी सन्जुमाया थिङ र लुम्बिनीकी माया खत्री केसी तेस्रो भए ।

महिला ५७ केजीमा आर्मीकी चन्द्रकला थापाले फाइनलमा प्रहरीकी निशा तामाङलाई हराउँदै पहिलो भइन् । एपीएफकी नाङजा बूढामगर र प्रदेश १ की सुस्मिता राई कांस्य पदकमा सीमित भए ।

महिला ६० केजीमा आर्मीकी संगीता सुनारले फाइनलमा एपिएफकी संगीता डंगोललाई पाखा लगाउँदै स्वर्ण पदक हात पारिन् । प्रदेश १ की नारिका राई र वाग्मतीकी शशिकला राई तेस्रो बने ।

आर्मीकी पुनम रावलले एपिएफकी विनिता थापामगरलाई पन्छाउँदै महिला ६९ केजीको उपाधि जितिन् । मधेसकी अपराजिता गोतानी र लुम्बिनीकी जुनमाया थारु तेस्रो भए ।

विजेतालाई कांग्रेसकी नेतृ सिर्जना सिंह, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का बोर्ड एवं कार्यकारी समितिका सदस्यद्वय एकेन्द्र कुँवर र नन्दा बस्याल, राखेपका पूर्व कोषाध्यक्ष शैलेश कर्माचार्य, आयोजक कमिटीका संयोजक सन्जिव तुलाधर, प्रतियोगिता संयोजक राजीव श्रेष्ठलगायतले पुरस्कृत गरेका थिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो