माघ १८, २०८२ आइतबार | २१:३५:३१
त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत

रेडिअन्ट कपः जेनिथ, रेडिअन्ट र जेसिस च्याम्पियन

काठमाडौं । जेनिथ, आयोजक रेडिअन्ट पब्लिक र जेसिस नवौं रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको च्याम्पियन बनेका छन् । जेनिथ सिनियर ब्वाइज, रेडिअन्ट जुनियर ब्वाइज र जेसिस सिनियर गर्ल्समा च्याम्पियन बने ।

सिनियर ब्वाइजको फाइनलमा जेनिथले आयोजक रेडिअन्टलाई ५८-४५ ले पराजित गर्याे । जेनिथको जितमा प्रज्ज्वल बस्नेतले २३ अंक योगदान गरे । जुनियर ब्वाइजको फाइनलमा विधान कार्कीको १२ अंक सहयोगमा रेडिअन्टले ग्रिनफिल्डलाई २०-१९ को साँघुरो अन्तरले हरायो ।

स्युचाटारस्थित आयोजक रेडिअन्टको कोर्टमा भएको गर्ल्सको उपाधि भिडन्तमा जेसिसले रिब्समाथि १८-१३ को जित दर्ता गर्यो । जेसिसकी कृति मोक्तानले सात स्कोर गरिन् ।

फाइनलका सर्वाधिक स्कोरकर्ता प्रज्ज्वल, विधान र कृति आ-आफ्नो विधामा सर्वोकृष्ट खेलाडी घोषित भए । सिनियर ब्वाइजमा एनआइसी एकेडेमी, जुनियर ब्वाइजमा ओरेकल रे र सिनियर गर्ल्समा काठमाडौं भ्याली स्कुल अनुशासित टोली चुनिए ।

विजेतालाई काठमाडौं प्याब्सनका अध्यक्ष प्रेमकुमार राई, रेडियन्टका प्रिन्सिपल सूर्यबहादुर केसी, कार्यक्रम संयोजक दिलिप कार्कीलगायतले  पुरस्कृत गरे । 

मंसिर ८ गतेदेखि सुरु भएको प्रतियोगिताको सिनियर ब्वाइजमा २४ तथा जुनियर ब्वाइज र सिनियर गर्ल्समा समान १२ गरी ४८ टोली सहभागी थिए ।

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।