चैत्र ४, २०८२ बुधबार | २३:३९:५३
चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै ललित जय ट्रफीमा ५० विकेट पूरा गर्ने पहिलो बलर सुजनको कप्तानीमा कोशीको टोली घोषणा भिटोरियन इन्स्टिच्युट गण्डकीको मुख्य प्रयायोजक संकटाको सानदार सुरुआत, एनआरटी पराजित चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै ललित जय ट्रफीमा ५० विकेट पूरा गर्ने पहिलो बलर सुजनको कप्तानीमा कोशीको टोली घोषणा भिटोरियन इन्स्टिच्युट गण्डकीको मुख्य प्रयायोजक संकटाको सानदार सुरुआत, एनआरटी पराजित

रेडिअन्ट कपः जेनिथ, रेडिअन्ट र जेसिस च्याम्पियन

काठमाडौं । जेनिथ, आयोजक रेडिअन्ट पब्लिक र जेसिस नवौं रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको च्याम्पियन बनेका छन् । जेनिथ सिनियर ब्वाइज, रेडिअन्ट जुनियर ब्वाइज र जेसिस सिनियर गर्ल्समा च्याम्पियन बने ।

सिनियर ब्वाइजको फाइनलमा जेनिथले आयोजक रेडिअन्टलाई ५८-४५ ले पराजित गर्याे । जेनिथको जितमा प्रज्ज्वल बस्नेतले २३ अंक योगदान गरे । जुनियर ब्वाइजको फाइनलमा विधान कार्कीको १२ अंक सहयोगमा रेडिअन्टले ग्रिनफिल्डलाई २०-१९ को साँघुरो अन्तरले हरायो ।

स्युचाटारस्थित आयोजक रेडिअन्टको कोर्टमा भएको गर्ल्सको उपाधि भिडन्तमा जेसिसले रिब्समाथि १८-१३ को जित दर्ता गर्यो । जेसिसकी कृति मोक्तानले सात स्कोर गरिन् ।

फाइनलका सर्वाधिक स्कोरकर्ता प्रज्ज्वल, विधान र कृति आ-आफ्नो विधामा सर्वोकृष्ट खेलाडी घोषित भए । सिनियर ब्वाइजमा एनआइसी एकेडेमी, जुनियर ब्वाइजमा ओरेकल रे र सिनियर गर्ल्समा काठमाडौं भ्याली स्कुल अनुशासित टोली चुनिए ।

विजेतालाई काठमाडौं प्याब्सनका अध्यक्ष प्रेमकुमार राई, रेडियन्टका प्रिन्सिपल सूर्यबहादुर केसी, कार्यक्रम संयोजक दिलिप कार्कीलगायतले  पुरस्कृत गरे । 

मंसिर ८ गतेदेखि सुरु भएको प्रतियोगिताको सिनियर ब्वाइजमा २४ तथा जुनियर ब्वाइज र सिनियर गर्ल्समा समान १२ गरी ४८ टोली सहभागी थिए ।

 


भिडियो
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं