माघ १८, २०८२ आइतबार | ०३:४२:३३
रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ?

ग्रिनल्यान्ड, भ्याली पब्लिक र गोल्डेनपिक च्याम्पियन

काठमाडौं । ग्रिनल्यान्ड, भ्याली पब्लिक र गोल्डेनपिकले छैटौं बिएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको च्याम्पियन बनेका छन् ।

ग्रिनल्यान्ड सिनियर ब्वाइज, भ्याली पब्लिक सिनियर गर्ल्स र गोल्डेनपिक जुनियर ब्वाइजमा च्याम्पियन बनेका हुन् ।

बसुन्धरास्थित आयोजक बसुन्धरा नेसनल एकेडेमी (बिएनए) को कोर्टमा मंगलबार सिनियर ब्वइजको थ्री बाइ थ्री फाइनलमा ग्रिनल्यान्डले भ्याली पब्लिकलाई १७-१२ ले पराजित गरेको हो । ग्रिनल्यान्डका सुरेश बिसीले नौ अंक जोडे ।

सिनियर गरल्सको उपाधि भिडन्तमा भ्याली पब्लिकले पृथ्वीलाई ३०-२१ ले हरायो । भ्याली पब्लिककी मुस्कान गुरुङले १७ स्कोर गरिन् ।

जुनियर ब्वाइजमा च्याम्पियन बन्ने क्रममा गोल्डेनपिकले एन्जल्स हार्टलाई २४-१७ ले हरायो । गोल्डेनपिकका अमन गुरुङले सात अंक बटुले ।

सिनियर ब्वाइजमा ग्रिनल्यान्डका प्रवीण गुरुङ, सिनियर गर्ल्समा भ्याली पब्लिककी लोरिशा गौचन र जुनियर ब्वाइजमा गोल्डेनपिकका अमन गुरुङ सोर्वोत्कृष्ट खेलाडी घोषित भए ।

सिनियर ब्वाइजमा ग्रिनल्यान्डका सुरेश बिसी तथा सिनियर गर्ल्स पृथ्वीकी दावा ल्हामो गुरुङ उत्कृष्ट ‘थ्री प्वाइन्टर’ चुनिए । सिनियर ब्वाइजमा भ्याली पब्लिकका अनमोल गुरुङ (६७ अंक) , सिनियर गर्ल्समा भ्याली पब्लिककी मुस्कान गुरुङ (४२ अंक) र जुनियर ब्वाइजमा एन्जल्स हार्टकी रुपेश पौडेल (२२ अंक) सर्वाधिक स्कोरकर्ता बने ।

विजेतालाई प्याब्सनका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद अधिकारी र थकिनकुमार गुरुङ, टोखा नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख बाबुराम गौतम, आयोजक बिएनएका प्रिन्सिपल टंककुमार चापागाईंलगायतले पुरस्कृत गरेका थिए ।

एक सातासम्म सञ्चालन भएको प्रतियोगिताको सिनियर ब्वाइजमा २४, सिनियर गर्ल्स र जुनियर ब्वाइजमा समान १२ गरी ४८ टोलले प्रतिस्पर्धा गरेका थिए । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।