चैत्र ८, २०८२ आइतबार | ०५:२१:४७
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

ग्रिनल्यान्ड, भ्याली पब्लिक र गोल्डेनपिक च्याम्पियन

काठमाडौं । ग्रिनल्यान्ड, भ्याली पब्लिक र गोल्डेनपिकले छैटौं बिएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको च्याम्पियन बनेका छन् ।

ग्रिनल्यान्ड सिनियर ब्वाइज, भ्याली पब्लिक सिनियर गर्ल्स र गोल्डेनपिक जुनियर ब्वाइजमा च्याम्पियन बनेका हुन् ।

बसुन्धरास्थित आयोजक बसुन्धरा नेसनल एकेडेमी (बिएनए) को कोर्टमा मंगलबार सिनियर ब्वइजको थ्री बाइ थ्री फाइनलमा ग्रिनल्यान्डले भ्याली पब्लिकलाई १७-१२ ले पराजित गरेको हो । ग्रिनल्यान्डका सुरेश बिसीले नौ अंक जोडे ।

सिनियर गरल्सको उपाधि भिडन्तमा भ्याली पब्लिकले पृथ्वीलाई ३०-२१ ले हरायो । भ्याली पब्लिककी मुस्कान गुरुङले १७ स्कोर गरिन् ।

जुनियर ब्वाइजमा च्याम्पियन बन्ने क्रममा गोल्डेनपिकले एन्जल्स हार्टलाई २४-१७ ले हरायो । गोल्डेनपिकका अमन गुरुङले सात अंक बटुले ।

सिनियर ब्वाइजमा ग्रिनल्यान्डका प्रवीण गुरुङ, सिनियर गर्ल्समा भ्याली पब्लिककी लोरिशा गौचन र जुनियर ब्वाइजमा गोल्डेनपिकका अमन गुरुङ सोर्वोत्कृष्ट खेलाडी घोषित भए ।

सिनियर ब्वाइजमा ग्रिनल्यान्डका सुरेश बिसी तथा सिनियर गर्ल्स पृथ्वीकी दावा ल्हामो गुरुङ उत्कृष्ट ‘थ्री प्वाइन्टर’ चुनिए । सिनियर ब्वाइजमा भ्याली पब्लिकका अनमोल गुरुङ (६७ अंक) , सिनियर गर्ल्समा भ्याली पब्लिककी मुस्कान गुरुङ (४२ अंक) र जुनियर ब्वाइजमा एन्जल्स हार्टकी रुपेश पौडेल (२२ अंक) सर्वाधिक स्कोरकर्ता बने ।

विजेतालाई प्याब्सनका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद अधिकारी र थकिनकुमार गुरुङ, टोखा नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख बाबुराम गौतम, आयोजक बिएनएका प्रिन्सिपल टंककुमार चापागाईंलगायतले पुरस्कृत गरेका थिए ।

एक सातासम्म सञ्चालन भएको प्रतियोगिताको सिनियर ब्वाइजमा २४, सिनियर गर्ल्स र जुनियर ब्वाइजमा समान १२ गरी ४८ टोलले प्रतिस्पर्धा गरेका थिए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो