चैत्र ७, २०८२ शनिबार | २१:०८:५२
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

रहेनन् ब्याड्मिन्टनका धुरन्धर खेलाडी एवं राखेपका पूर्व सदस्यसचिव शिंह

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप)का पूर्व सदस्यसचिव एवं ब्याड्मिन्टनका पूर्व राष्टिरय च्याम्पियन किशोरबहादुर शिंहको बिहीबार निधन भएको छ ।

२०५९ सालदेखि नेपाली खेलकुदको सर्वोच्च कार्यकारी पदमा रहेर २०६३ बैशाखसम्म परिषदलाई नेतृत्व प्रदान गरेका शिंहको बिहीबार दिउसो थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

२०२९ देखि २०३४ साल सम्म राष्ट्रिय ब्याड्मिन्टनमा लगातार ६ पटक एकलतर्फको उपाधि जितेका शिंहको ह्रदयघातका कारण निधन भएको नेपाल ब्याड्मिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले खेलाडीलाई जानकारी गराए ।

‘हिजो साँझसम्म पनि उहाँ पूर्ण रुपमा तन्दुरुस्त हुनुहुन्थ्यो । राति पेटमा दुखाई महशुष भएपछि उपचारका लागि परिवारले अस्पताल पुर्याएको थियो । आज बिहानदेखि एक्कासी उहाँको स्वास्थ्यस्थिती जटिल भन्ने भयो । दिउसो अकल्पनीय रुपमा उहाँको निधन भयो,’ श्रेष्ठले भने, ‘नेपाली ब्याड्मिन्टनको लागि उहाँको निधनले ठूलो क्षति पुर्याएको छ । ब्याड्मिन्टनमात्र होइन सम्पूर्ण नेपाली खेलकुदकै लागि यो अपुरणीय क्षति हो ।’

शाही कालको समयमा परिषदमा नेतृत्व लिएका शिंहलाई नेपाली खेलकुदलाई अनुशासनमा फर्काउने, आर्थिक रुपमा पारदर्शी भएर काम गर्ने तथा तदर्थबादमा रुमल्लिएको खेलकुदलाई प्रजातान्त्रिक बाटोमा हिडाउँने नेतृत्वका रुपमा चिनिन्छ ।

सरल र सादगीपूर्ण स्वभावका शिंहकै पालामा तदर्थ हैसियतमा रहेका राष्ट्रिय संघहरुले साधारणसभामार्फत नेतृत्व चयन गर्ने परम्पराको थालनी भएको थियो । नउकै पालामा तदर्थ समितिको हैसियतमा रहेका १५ वटा राष्ट्रिय खेल संघको निर्वाचन भएको थियो । तर २०६२–२०६३ को दोस्रो जनआन्दोलन पश्चात जीवनराम श्रेष्ठको नेतृत्वमा आएको परिषदले ती निर्वाचित संघलाई राजाको पालामा भएको भन्दै तदर्थ समितिको हैसियतमा झारेको थियो ।

‘किशोर दाई नेपाली खेलकुदको सबभन्दा शक्तिशाली पदमा रहँदा पनि एउटा पूर्व खेलाडीको हैसियतमा बढि रमाउनुहुन्थ्यो । उहाँलाई परिषदको सदस्यसचिवभन्दा पूर्व खेलाडी भन्दा खुसी हुनुहुन्थ्यो,’ ब्याड्मिन्टन संघका अध्यक्ष श्रेष्ठ सम्झन्छन्, ‘उहाँजस्तो सरल स्वभावको मानिस निक्कै कम पाइन्छ । उहाँ सधै खेलाडी र खेलकुदलाई केन्द्रमा राखेर सोच्नुहुन्थ्यो ।’ 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो