माघ १४, २०८२ बुधबार | १८:३५:२२
समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा के पाकिस्तानले ट्वान्टी २० विश्वकप बहिस्कार गर्नेछ ? लालिगुराँस र आर्मीले खेले बराबरी श्रीलंका र इङ्ल्यान्डको निर्णायक एकदिवसीय आज समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा के पाकिस्तानले ट्वान्टी २० विश्वकप बहिस्कार गर्नेछ ? लालिगुराँस र आर्मीले खेले बराबरी श्रीलंका र इङ्ल्यान्डको निर्णायक एकदिवसीय आज

रहेनन् ब्याड्मिन्टनका धुरन्धर खेलाडी एवं राखेपका पूर्व सदस्यसचिव शिंह

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप)का पूर्व सदस्यसचिव एवं ब्याड्मिन्टनका पूर्व राष्टिरय च्याम्पियन किशोरबहादुर शिंहको बिहीबार निधन भएको छ ।

२०५९ सालदेखि नेपाली खेलकुदको सर्वोच्च कार्यकारी पदमा रहेर २०६३ बैशाखसम्म परिषदलाई नेतृत्व प्रदान गरेका शिंहको बिहीबार दिउसो थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

२०२९ देखि २०३४ साल सम्म राष्ट्रिय ब्याड्मिन्टनमा लगातार ६ पटक एकलतर्फको उपाधि जितेका शिंहको ह्रदयघातका कारण निधन भएको नेपाल ब्याड्मिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले खेलाडीलाई जानकारी गराए ।

‘हिजो साँझसम्म पनि उहाँ पूर्ण रुपमा तन्दुरुस्त हुनुहुन्थ्यो । राति पेटमा दुखाई महशुष भएपछि उपचारका लागि परिवारले अस्पताल पुर्याएको थियो । आज बिहानदेखि एक्कासी उहाँको स्वास्थ्यस्थिती जटिल भन्ने भयो । दिउसो अकल्पनीय रुपमा उहाँको निधन भयो,’ श्रेष्ठले भने, ‘नेपाली ब्याड्मिन्टनको लागि उहाँको निधनले ठूलो क्षति पुर्याएको छ । ब्याड्मिन्टनमात्र होइन सम्पूर्ण नेपाली खेलकुदकै लागि यो अपुरणीय क्षति हो ।’

शाही कालको समयमा परिषदमा नेतृत्व लिएका शिंहलाई नेपाली खेलकुदलाई अनुशासनमा फर्काउने, आर्थिक रुपमा पारदर्शी भएर काम गर्ने तथा तदर्थबादमा रुमल्लिएको खेलकुदलाई प्रजातान्त्रिक बाटोमा हिडाउँने नेतृत्वका रुपमा चिनिन्छ ।

सरल र सादगीपूर्ण स्वभावका शिंहकै पालामा तदर्थ हैसियतमा रहेका राष्ट्रिय संघहरुले साधारणसभामार्फत नेतृत्व चयन गर्ने परम्पराको थालनी भएको थियो । नउकै पालामा तदर्थ समितिको हैसियतमा रहेका १५ वटा राष्ट्रिय खेल संघको निर्वाचन भएको थियो । तर २०६२–२०६३ को दोस्रो जनआन्दोलन पश्चात जीवनराम श्रेष्ठको नेतृत्वमा आएको परिषदले ती निर्वाचित संघलाई राजाको पालामा भएको भन्दै तदर्थ समितिको हैसियतमा झारेको थियो ।

‘किशोर दाई नेपाली खेलकुदको सबभन्दा शक्तिशाली पदमा रहँदा पनि एउटा पूर्व खेलाडीको हैसियतमा बढि रमाउनुहुन्थ्यो । उहाँलाई परिषदको सदस्यसचिवभन्दा पूर्व खेलाडी भन्दा खुसी हुनुहुन्थ्यो,’ ब्याड्मिन्टन संघका अध्यक्ष श्रेष्ठ सम्झन्छन्, ‘उहाँजस्तो सरल स्वभावको मानिस निक्कै कम पाइन्छ । उहाँ सधै खेलाडी र खेलकुदलाई केन्द्रमा राखेर सोच्नुहुन्थ्यो ।’ 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।