चैत्र ७, २०८२ शनिबार | २२:२०:५५
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

व्यवस्थापनको दबाबमा गुमेको सुनौलो अवसर

बेजिङ । चीनकी पूर्व ब्याडमिन्टन च्याम्पियन यी जाओइङले  टोलीले नै आफूलाई सन् २००० को सिड्नी ओलम्पिकको सेमिफाइनल खेल हार्न निर्देशन दिएको खुलासा गरेकी छिन् ।

जाओइङले आफ्नै चीनिया सहकर्मीको स्वर्ण सम्भावना कायम राख्न आफूलाई हार्न निर्देशन दिएको दाबी गरेकी हुन् ।

सो ओलम्पिकको २२ वर्षपछि एक टेभिभिजनलाई दिएको अन्तरवार्ताको क्रममा पूर्वविश्व नम्बर एक जिओइङले आफूले सेमिफाइनलमा गोङ जिन्चाओसँग हार्नु परेको बताइन । जिओइङले सिड्नी ओलम्पिकमा कास्य पदक जितेकी थिइन ।

‘सिड्नी ओलम्पिकको महिला एकलमा फाइनलमा चीनको प्रतिद्धन्द्धी डेनिस च्याम्पियन कामिल्ला मार्टिन थिइन,’ उनले भनिन्, टोलीले नै मलाई जिन्चाओसँगको सेमिफाइल खेल हार्न निर्देशन दिएको थियो । मलाई बाहिर नियतवश हारेका भान हुन नदिनु भनेका थिए । साथै मलाई जिन्चाओलाई कडा चुनौती नदिनु समेत भनिएको थियो । उनीहरु म दुई सेटमा हारेको हेर्न चाहन्थे, तीन सेटमा होइन । जसका कारण उनले थकान महसुस गर्नु पर्दैनथ्यो । तपाईहरु अहिले पनि त्यो खेलको भिडियो हेर्न सक्नुहुन्छ । '

जिन्चाओले मार्टिनलाई हराउँदै स्वर्ण पदक जितेकी थिइन ।


यद्धपी उनले प्रशिक्षक वा टोली व्यवस्थापकमध्ये कसले खेल हार्न निर्देशन दिएको भन्नेबारे भने केही खुलाइनन् ।

‘मसँग कुनै विकल्प पनि थिएन,जिओइङले भनिन्, ’म निरिह थिए किनभने म त्यो निर्देशन टार्न सक्ने अवस्थामा थिइन । कुनेै पनि खेलाडीका लागि ओलम्पिक भनेको खेलजीवनलाई स्वर्णिम बनाउने एउटा अवसर हो । त्यसैले जुन तरिकाबाट मलाई वञ्चित गरियो,त्यसप्रति दुख लाग्छ । तर म व्यत्तिगत रुपमा व्यवस्थाको विरुद्धमा जान सक्दिन ।'

जिन्चाओले मार्टिनलाई हराउँदै स्वर्ण पदक जितेकी थिइन ।

उनीहरुले चीन फर्कने कुनै सम्भावना नरहेको बताएका छन् ।

विश्व व्याडमिन्टन महासंघ(बिएफडब्लु) ले  विगतको घटनाको बारेमा तुरुन्तै केही गर्न नसकिने भए पनि त्यसबारे अन्ययन भने गर्ने जनाएको छ ।

‘यो ठूलो आरोप हो र  हामी यसप्रति गम्भिर छौ,’ बिडब्लुएफका अध्यक्ष थोमस लुन्डले भने, ‘खेल मिलेमतोको घटना क्षम्य छैन । हामीले यो खेलको गरिमा जोगाइ राख्नुपर्छ । यो घटनाले यहाँ संस्थागत रुपमै मिलेमतो हुन्छ भन्ने प्रमाणित गरेको छ ।’ 

जिओइङ हाल आफ्ना श्रीमान पूर्व फुटबल स्टार हाओ हाइडोङसँग स्पेनको मालागामा निर्वासनमा छिन् । उनीहरुले चीन फर्कने कुनै सम्भावना नरहेको बताएका छन् ।

हाइडोङले पनि सन् २०२० जुनमा चीनिया अधिकारीको आलोचना गरेका थिए । त्यलगत्तै चीनले उनीहरुका बारेको सम्पूर्ण जानकारी चीनिया सामाजिक संजाल वाइडु, वेबो र विच्याटबाट हटाइदिएको थियो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो