माघ १६, २०८२ शुक्रबार | ०७:३६:३६
मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि

व्यवस्थापनको दबाबमा गुमेको सुनौलो अवसर

बेजिङ । चीनकी पूर्व ब्याडमिन्टन च्याम्पियन यी जाओइङले  टोलीले नै आफूलाई सन् २००० को सिड्नी ओलम्पिकको सेमिफाइनल खेल हार्न निर्देशन दिएको खुलासा गरेकी छिन् ।

जाओइङले आफ्नै चीनिया सहकर्मीको स्वर्ण सम्भावना कायम राख्न आफूलाई हार्न निर्देशन दिएको दाबी गरेकी हुन् ।

सो ओलम्पिकको २२ वर्षपछि एक टेभिभिजनलाई दिएको अन्तरवार्ताको क्रममा पूर्वविश्व नम्बर एक जिओइङले आफूले सेमिफाइनलमा गोङ जिन्चाओसँग हार्नु परेको बताइन । जिओइङले सिड्नी ओलम्पिकमा कास्य पदक जितेकी थिइन ।

‘सिड्नी ओलम्पिकको महिला एकलमा फाइनलमा चीनको प्रतिद्धन्द्धी डेनिस च्याम्पियन कामिल्ला मार्टिन थिइन,’ उनले भनिन्, टोलीले नै मलाई जिन्चाओसँगको सेमिफाइल खेल हार्न निर्देशन दिएको थियो । मलाई बाहिर नियतवश हारेका भान हुन नदिनु भनेका थिए । साथै मलाई जिन्चाओलाई कडा चुनौती नदिनु समेत भनिएको थियो । उनीहरु म दुई सेटमा हारेको हेर्न चाहन्थे, तीन सेटमा होइन । जसका कारण उनले थकान महसुस गर्नु पर्दैनथ्यो । तपाईहरु अहिले पनि त्यो खेलको भिडियो हेर्न सक्नुहुन्छ । '

जिन्चाओले मार्टिनलाई हराउँदै स्वर्ण पदक जितेकी थिइन ।


यद्धपी उनले प्रशिक्षक वा टोली व्यवस्थापकमध्ये कसले खेल हार्न निर्देशन दिएको भन्नेबारे भने केही खुलाइनन् ।

‘मसँग कुनै विकल्प पनि थिएन,जिओइङले भनिन्, ’म निरिह थिए किनभने म त्यो निर्देशन टार्न सक्ने अवस्थामा थिइन । कुनेै पनि खेलाडीका लागि ओलम्पिक भनेको खेलजीवनलाई स्वर्णिम बनाउने एउटा अवसर हो । त्यसैले जुन तरिकाबाट मलाई वञ्चित गरियो,त्यसप्रति दुख लाग्छ । तर म व्यत्तिगत रुपमा व्यवस्थाको विरुद्धमा जान सक्दिन ।'

जिन्चाओले मार्टिनलाई हराउँदै स्वर्ण पदक जितेकी थिइन ।

उनीहरुले चीन फर्कने कुनै सम्भावना नरहेको बताएका छन् ।

विश्व व्याडमिन्टन महासंघ(बिएफडब्लु) ले  विगतको घटनाको बारेमा तुरुन्तै केही गर्न नसकिने भए पनि त्यसबारे अन्ययन भने गर्ने जनाएको छ ।

‘यो ठूलो आरोप हो र  हामी यसप्रति गम्भिर छौ,’ बिडब्लुएफका अध्यक्ष थोमस लुन्डले भने, ‘खेल मिलेमतोको घटना क्षम्य छैन । हामीले यो खेलको गरिमा जोगाइ राख्नुपर्छ । यो घटनाले यहाँ संस्थागत रुपमै मिलेमतो हुन्छ भन्ने प्रमाणित गरेको छ ।’ 

जिओइङ हाल आफ्ना श्रीमान पूर्व फुटबल स्टार हाओ हाइडोङसँग स्पेनको मालागामा निर्वासनमा छिन् । उनीहरुले चीन फर्कने कुनै सम्भावना नरहेको बताएका छन् ।

हाइडोङले पनि सन् २०२० जुनमा चीनिया अधिकारीको आलोचना गरेका थिए । त्यलगत्तै चीनले उनीहरुका बारेको सम्पूर्ण जानकारी चीनिया सामाजिक संजाल वाइडु, वेबो र विच्याटबाट हटाइदिएको थियो ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।