काठमाडौं । अन्तर्राष्ट्रिय ब्याड्मिन्टन विकास केन्द्रको आयोजना र भक्तपुर जिल्ला ब्याड्मिन्टन संघको तत्वावधानमा भक्तपुर जिल्लाव्यापी अन्तर वडा ब्याड्मिन्टन प्रतियोगिता २०७९ भाद्र १८ गते देखि हुने भएको छ ।
प्रतियोगितामा पुरुष एकल, पुरुष युगल, महिला एकल र भेट्रान्स युगल ४५ माथि गरी ४ विधामा प्रतिस्पर्धा हुने आयोजकले जनाएका छन् ।
प्रतियोगिताको विजयी शिर्ष तीन स्थान प्राप्त गर्ने खेलाडीहरुले ट्रफी, मेडल र प्रमाण पत्रका साथ नगद २० हजार, १० हजार र ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै, पदक प्राप्त गरेको आधारमा टिम च्याम्पियन घोषणा गरिनुका साथै प्रथम, द्वितीय र तृतीय हुने वडालाई ट्रफी प्रदान गरिने छ ।
दुई सयभन्दा धेरै खेलाडीको सहभागिता रहने प्रतियोगिता दुवाकोट सिटी ब्याडमिन्टन सोसाइटी र मनोहरा इन्डोर ब्याड्मिन्टन हलमा खेलाइने आयोजकले जनाएका छन् ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
