चैत्र १४, २०८२ शनिबार | २३:४२:१९
सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ?

विश्व ब्याड्मिन्टन दिवसमा राष्ट्रपति भण्डारीसँग साक्षात्कार

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व ब्याड्मिन्टन दिवसको अवसरमा बधाई तथा शुभकामना व्यक्त गरेकी छिन् । नेपाल ब्याड्मिन्टन संघ, काठमाडौं जिल्ला ब्याड्मिन्टन संघ र काठमाडौं ब्याड्मिन्टन एकेडेमीका पदाधिकारी र खेलाडीसँग मंगलबार राष्ट्रपति कार्यलयमा साक्षात्कार गर्दै राष्ट्रपति भण्डारीले ब्याड्मिन्टन खेलमा नेपाली खेलाडीले प्राप्त गरेको उपलब्धिको प्रशंसा पनि गरिन्।

राष्ट्रपति भण्डारीले एकेडेमीका साना बालबालिकालाई भेट्न पाउँदा खुशी लागेको बताउँदै बालबालिकालाई भविष्यमा ब्याड्मिन्टन खेलमा राम्रो गरेर देशको प्रतिष्ठा उचो बनाउन प्रेरणा समेत दिइन् । कार्यक्रममा काठमाडौं जिल्ला ब्याड्मिन्टन संघका अध्यक्ष दीपक थापाले नेपालमा ब्याड्मिन्टन खेलको अवस्था र हालसम्मका उपलब्धिबारे जानकारी गराएका थिए । उनले देशको अभिभावक राष्ट्रपतिसँग विश्व ब्याड्मिन्टन दिवस मनाउन पाउनु ऐतिहासिक क्षण भएको बताए ।

राष्ट्रपति भण्डारीले ब्याड्मिन्टन खेलको भौतिक पूर्वाधार निर्माण र विद्यालय स्तरमा लैजान आफूले सहजीकरण गर्ने बताइन् । कार्यक्रममा राष्ट्रपति भण्डारीलाई संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ, एकेडेमीकी अध्यक्ष रिता विष्टलगायत पदाधिकारीले मायाको चिनो प्रदान गरेका थिए ।

नेपालमा वि. सं. २००४ सालदेखि ब्याड्मिन्टन खेल्न थालिए पनि संघको विधिवत स्थापना भने २००८ सालमा भएको थियो । हरेक वर्ष जुलाई ५ तारिखलाई विश्व ब्याड्मिन्टन दिवसको रुपमा मनाइन्छ । विश्व ब्याड्मिन्टन महासंघमा आवद्ध विश्वका एक सय ९८ देशमा मंगलबार ब्याड्मिन्टन दिवस मनाइएको ब्याड्मिन्टन संघले जनाएको छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो