माघ ५, २०८२ सोमबार | १६:००:५३
साफ महिला फुटसलः बंगलादेशसँग नेपालको हार बागमती प्रदेशस्तरीय महांकाल भलिबल च्याम्पियनसिप फागुन पहिलो साता हुने चित्लाङ र प्रभु महालक्ष्मी लाइफ इन्स्युरेन्स प्रालिबीच सम्झौता भारतमा न्युजिल्यान्डले पहिलो पटक जित्यो एकदिवसीय शृंखला बार्सिलोना १२ खेलपछि पराजित सेनेगल च्याम्पियन एन्फा राष्ट्रिय लिगः संकटा, एपिएफ र जावलाखेल विजयी साफ फुटसल च्याम्पियनसिपः पाकिस्तान र बंगलादेशको जित तेस्रो पक्षको हस्तक्षेप भए नेपाली फुटबल निलम्बनमा पर्नेछः महासचिव राई एन्फा निर्वाचन रोक्न उच्च अदालतको अन्तरिम आदेश साफ महिला फुटसलः बंगलादेशसँग नेपालको हार बागमती प्रदेशस्तरीय महांकाल भलिबल च्याम्पियनसिप फागुन पहिलो साता हुने चित्लाङ र प्रभु महालक्ष्मी लाइफ इन्स्युरेन्स प्रालिबीच सम्झौता भारतमा न्युजिल्यान्डले पहिलो पटक जित्यो एकदिवसीय शृंखला बार्सिलोना १२ खेलपछि पराजित सेनेगल च्याम्पियन एन्फा राष्ट्रिय लिगः संकटा, एपिएफ र जावलाखेल विजयी साफ फुटसल च्याम्पियनसिपः पाकिस्तान र बंगलादेशको जित तेस्रो पक्षको हस्तक्षेप भए नेपाली फुटबल निलम्बनमा पर्नेछः महासचिव राई एन्फा निर्वाचन रोक्न उच्च अदालतको अन्तरिम आदेश

विश्व ब्याड्मिन्टन दिवसमा राष्ट्रपति भण्डारीसँग साक्षात्कार

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व ब्याड्मिन्टन दिवसको अवसरमा बधाई तथा शुभकामना व्यक्त गरेकी छिन् । नेपाल ब्याड्मिन्टन संघ, काठमाडौं जिल्ला ब्याड्मिन्टन संघ र काठमाडौं ब्याड्मिन्टन एकेडेमीका पदाधिकारी र खेलाडीसँग मंगलबार राष्ट्रपति कार्यलयमा साक्षात्कार गर्दै राष्ट्रपति भण्डारीले ब्याड्मिन्टन खेलमा नेपाली खेलाडीले प्राप्त गरेको उपलब्धिको प्रशंसा पनि गरिन्।

राष्ट्रपति भण्डारीले एकेडेमीका साना बालबालिकालाई भेट्न पाउँदा खुशी लागेको बताउँदै बालबालिकालाई भविष्यमा ब्याड्मिन्टन खेलमा राम्रो गरेर देशको प्रतिष्ठा उचो बनाउन प्रेरणा समेत दिइन् । कार्यक्रममा काठमाडौं जिल्ला ब्याड्मिन्टन संघका अध्यक्ष दीपक थापाले नेपालमा ब्याड्मिन्टन खेलको अवस्था र हालसम्मका उपलब्धिबारे जानकारी गराएका थिए । उनले देशको अभिभावक राष्ट्रपतिसँग विश्व ब्याड्मिन्टन दिवस मनाउन पाउनु ऐतिहासिक क्षण भएको बताए ।

राष्ट्रपति भण्डारीले ब्याड्मिन्टन खेलको भौतिक पूर्वाधार निर्माण र विद्यालय स्तरमा लैजान आफूले सहजीकरण गर्ने बताइन् । कार्यक्रममा राष्ट्रपति भण्डारीलाई संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ, एकेडेमीकी अध्यक्ष रिता विष्टलगायत पदाधिकारीले मायाको चिनो प्रदान गरेका थिए ।

नेपालमा वि. सं. २००४ सालदेखि ब्याड्मिन्टन खेल्न थालिए पनि संघको विधिवत स्थापना भने २००८ सालमा भएको थियो । हरेक वर्ष जुलाई ५ तारिखलाई विश्व ब्याड्मिन्टन दिवसको रुपमा मनाइन्छ । विश्व ब्याड्मिन्टन महासंघमा आवद्ध विश्वका एक सय ९८ देशमा मंगलबार ब्याड्मिन्टन दिवस मनाइएको ब्याड्मिन्टन संघले जनाएको छ ।


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate